बार्सा रोकिंदा रियललाई सहज

स्पेनिश ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा बार्सिलोना सेभिल्लासँग १/१ गोलको बराबरीमा रोकिएको हो । खेल सुरु भएको ८ औं मिनेटमा सेभिल्लाका लागि लुकडे जोङले गोल गरे । दुई मिनेट लगत्तै बार्साका लागि काउटिन्होले बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीबाट गोलका लागि प्रयास भए पनि गोल हुन सकेन । जसका कारण तेस्रो खेलबाट खेलिरहेका बार्सा र सेभिल्लाले एकएक अंक बाँडे । तीनतीन खेलेका दुवै टिमको सातसात अंक भएको छ । बार्सा पाँचौं र सेभिल्ला छैटौं स्थानामा छन् । चार खेल खेलेको रियल म्याड्रिड १० अंकसहित शीर्ष स्थानमा छ । रियलले पनि चार खेल खेल्दा तीनमा जित र एकमा बराबरी खेलेको छ । एक खेल कम खेलेको बार्साले दुई जित र एक बराबरी खेलेको छ ।
ताजा अपडेट
-
सरकारको नीति तथा कार्यक्रमबारे आयो मिश्रित प्रतिक्रिया, कसले के भने ?
-
किरणलाई हटाएर नवयुगलाई कप्तान बनाइयो
-
बालेनबारे लाउरेको प्रतिक्रिया : मेरा मितज्यूले बबालै गरे
-
ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु, मतगणना नसकिँदै दिए व्यञ्जनकारले बधाई
-
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रतिक्रिया