एस्टन भिल्लासँग लिभरपुलको लज्जास्पद पराजय

साविक विजेता लिभरपुलले इङलिस प्रिमियर लिगमा लज्जास्पद पराजय बेहोरेको छ । गएराती भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ७–२ गोल अन्तरले पराजित हुन पुगेको छ । गत सिजनको विजेतालाई हराउने क्रममा भिल्लाका लागि ओलिए वाटकिन्स ह्याट्रिक गरे । उनले ४, २२ र ३९ मिनेटमा गोल गरे । भिल्लाका लागि जोन म्याकजिनले ३५ औं, रोज बर्केलीले ५५ औं र ज्याक ग्रेयलिसले ६६ र ७५ औं मिनेटमा गोल गर्दै साविक विजेतलाई लज्जास्पद पराजय चखाए । ७७ औं प्रतिशत बल नियन्त्रण गरे पनि लिभरपुलको केही लागेन । लिभरपुलका लागि मोहम्मद सलाहले ३३ र ६० औं मिनेटमा गोल गरे । भिल्लाले २८२ पास खेल्दा लिभरपुलले ६५० पास खेलेको थियो ।इपिएलमा चार खेलमा चारवटै जितेर इभर्टन १२ अंकसहित पहिलो स्थानमा छ । तीनमा तीनवटै खेल जितेको भिल्ला दोस्रो स्थानमा छ । लेस्टरसिटी तेस्रो, आर्सनल चौंथो र लिभरपुल पाँचौ स्थानमा छ । गएराती नै भएको अर्को खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई पनि लज्जापद हार चखाएको छ । टोटनहम खेलमा ६–१ गोल अन्तरले पराजित भएको थियो । गएराती नै लेस्टर सिटी पनि वेस्ट ह्यामसँग ३–० गोल अन्तरले पराजित हुन पुगेको थियो ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया