प्रदेशको ५ को राजधानी दाङ सार्ने प्रस्ताव दुई तिहाईले पास

नेपाल वाच/प्रदेश ५ को राजधानी बुटवलबाट दाङको भालुवाङ सार्न गरिएको प्रस्ताव दुई तिहाईले पास भएको छ । सोमबारको रस्साकस्सीपछि मंगलबार प्रदेशसभामा भोटिङ हुँदा भालुवाङले दुई तिहाई मत पाएको हो । प्रदेशसभामा भालुवाङको पक्षमा दुई तिहाई अर्थात् ६९ मत परेको छ । विपक्षमा १३ मत मात्रै पर्यो । नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाएको थियो । प्रदेशको राजधानी सार्ने विपक्षमा नदेखिएको कांग्रेसले भने प्रस्तावको विपक्षमा मत हाल्न सांसदहरुलाई आग्रह गरेको थियो । तर, दाङ पश्चिमका सांसदहरुले पार्टीको आदेश नमानी राजधानी सार्ने प्रस्तावमा भोट हाल्ने अडान लिएका थिए ।कांग्रेसका १९ मध्ये ६ सांसदले दाङको पक्षमा भोट हालेका छन् । प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । प्रदेशसभाका ८७ मध्ये ८२ जना भोटिङमा उपस्थित थिए । सोमबार प्रदेश राजधानी सार्ने विषयमा प्रदेशसभामा कुर्सी फुटाउनेसम्मका कार्य भएका थिए । विरोध बढेपछि मंगलबार प्रदेश सरकारले बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको थियो । राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी राख्ने गरी प्रक्रिया अघि बढेको थियो ।
ताजा अपडेट
-
राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन
-
नागरिकता विवाद : रविको सांसद, मन्त्री र पार्टीको पद गुम्यो, तर कँडेललाई हाइसञ्चो
-
विश्वमै पहिलो पटक २४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी
-
जापानकाे हिमपहिरोमा परी दुई पर्यटकको मृत्यु
-
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक
प्रतिक्रिया