NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मुख्यमन्त्री पोखरेलले भने–कसैले मन दुखाउन पर्दैन

नेपाल वाच प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले प्रादेशिक राजधानी दाङ हुँदा कसैले पनि मन दुखाउन नपर्ने बताएका छन् । मुख्यमन्त्री पोखरेलले संसदमा दुई तिहाईको मतमा नभई संसदीय सुझाव समिति र विज्ञहरुको सुझावमा आधारित रहेर राजधानी दाङलाई प्रस्ताव गरिएको बताए । विज्ञ र समितिले प्रदेश राजधानीका लागि पहिलोमा दाङ र त्यसपछि बुटवल र कपिलवस्तुलाई प्राथमिकतमा राखेको बताए । दाङले लुम्बिनी र राप्ती अञ्चलको मनोविज्ञान बोकेको पनि बताए । नेताहरुको सुविधा र स्वार्थले मात्रै राजधानीको विषय अघि नबढाइएको भन्दै पोखरेलले अब प्रदेशको विकासमा फड्को मार्नेगरी काम हुने जानकारी दिए । दुई वर्षभित्रै दाङ व्यवस्थित र नमूना सहर बन्ने उनको भनाई थियो । लुम्बिनी नामले भावनात्मक रुपमा सबैलाई जोड्ने भन्दै लुम्बिनी, कपिलवस्तु, नवलपरासी पर्यटकीय, सांस्कृतिक र औद्योगिक राजधानीका रुपमा अगाडि बढ्ने बताए । लुम्बिनी क्षेत्र प्रदेशका १२ जिल्लामा फैलिएको भन्दै उनले सबै बसोबास, आर्थिक गतिविधि सबै हिसाबले कसैले पनि मन दुखाउन नपर्ने बताए ।

ताजा अपडेट

नेपालवाच विशेष