कोरोनाबाट मंगलबार १५५१ संक्रमित २३४० डिस्चार्ज

नेपाल वाच/ मंगलबार कोरोना भाइरस (कोभिड–१९)बाट देशभर एकहजार पाँच सय ५१ जना व्यक्ति संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङ गर्दै देशभरबाट एकैदिन दुई हजार तीन सय ४० जना डिस्चार्ज भएको जनाएको छ । मंगलबार संक्रमितभन्दा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या धेरै देखिएको छ । नेपालामा अहिलेसम्म संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । काठमाडौंमा मात्र पछिल्लो २४ घण्टामा एक हजार १७ जना संक्रमित थपिएका छन् । विश्वभरमा फैलिएको कोभिडको सूचीमा नेपाल ४४ औं स्थानमा छ । कुनै समय कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको चीनलाई समेत नेपालले उछिनेको छ । चीनमा अहिलेसम्मका संक्रमितको संख्या ८५ हजार चार सय ८२ जना छ । नेपालमा अहिलेसम्म यो रोगबाट मृत्यु हुनेको संख्या पाँच सय ६३ पुगेको छ । मंगलबार थप ९ जनाको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया