NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

३२० वर्ष बढी कैद भुक्तानी गर्न बाँकी

रासस/जिल्ला प्रहरी कार्यालय लमजुङले फरार अपराधी पक्राउ गर्न सक्रियता देखाए पनि ३२० वर्ष ३ महिना १५ दिन कैद भुक्तानी गर्न बाँकी रहेको छ । जिल्ला अदालत लमजुङका अनुसार २०७७ भदौ महिनासम्म कैदतर्फ ३५६ वर्ष ११ महिना लगतमा उक्त कैद भुक्तानी गर्न बाँकी रहेको हो । जम्मा लगतमध्ये ३६ वर्ष ३ महिना १९ दिनको फछ्र्योट भएको अदातलतका स्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो । उक्त अवधिमा जरिवानाको लगत रु पाँच करोड ९९ लाख २० हजार ७७९ मध्ये पाँच करोड ९३ लाख ५० हजार ७२६ असुली गर्न बाँकी रहेको उनकोे भनाइ छ । त्यस्तै, उक्त जरिवाना लगतमध्ये जम्मा रु पाँच लाख ७० हजार ५३ असुली भएको छ । पर्याप्त स्रोत, साधन, लकडाउनलगायत कारण कारण फरार व्यक्तिलाई पक्राउ गर्न असफल भएको जिल्ला अदालतले जनाएको छ । त्यस्तै, गत चैतदेखि अदालतको काममा प्रभाव परेका कारण लक्ष्य अनुसारको काम अदालतले गर्न नसकेको स्रेस्तेदार काफ्लेको भनाइ छ । केही दिनबाट मुद्दाका कामहरु अघि बढ्न थालेको र पहिलाको जस्तैगरी सम्पूर्ण काम अघि बढिरहेको अदालतले जनाएको छ ।