NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

थापाले भने केन्द्रको रोग प्रदेशमा सर्यो

नेपालवाच । कांग्रेसका युवा नेता गगन थापाले केन्द्रको कार्यपालिकाले निर्देशन दिने शैली प्रदेशमा पनि सरेको टिप्पणी गरेका छन् । प्रदेश ५ (लुम्बिनी) प्रदेशसभामा सोमबार भएको झडपतर्फ इंगित गर्दै थापाले बुटवलमा कुर्सी हान्नेसम्ममा अशोभनीय आचरण देखाएको आरोप पनि लगाएका छन् । ‘व्यवस्थापिकालाई कार्यपालिकाले निर्देशित र नियन्त्रित गर्ने काम संघबाट प्रदेश मा पनि सर्यो ।प्रदेश नं. ५ को प्रदेश सभा बैठकमा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यहरूले आवेगमा संयम गुमाउँदा भएको अशोभनीय घटनाका सन्दर्भमा पार्टीले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।यस किसिमका घटनाहरू नदोहोराउन र संसदमा संसदीय मर्यादा विपरीतको आचरण प्रस्तुत नगर्ने तर्फ कांग्रेस निरन्तर सचेत रहनेछ’ थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘तर हिजोको बैठकमा कानुन मन्त्रीको उच्छृङ्खलता र दादागिरीलाई आज सिंगो नेकपा पंक्ति बाट अति सामान्यीकरण गर्ने जुन काम भयो यो गम्भीर बिषय हो । नेकपाको मौन सहमतिले बताउँछ( नेकपा, संसद कार्यपालिकाको वशीभूत हुने कुरा संघमा जस्तै प्रदेशमा पनि स्थापना गर्न चाहन्छ । आचरण बदल्न सकिन्छ, तर नियत नै खराब भएपछि त्यति सजिलै बदलिँदैन, मिहेनत गर्नुपर्छ । यसलाई गम्भीरता पूर्वक लिऔं ।’ सोमबार प्रदेश ५ को राजधानी दाङ सार्ने विषयमा कांग्रेसका सांसदहरुले कुर्सी तोडफोड गरेका थिए । तर, मंगलबार प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी कायम गरेको छ ।