NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित

नेपाल वाच । कोराना भाइरस (कोभिड–१९) कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा तीन हजार चार सय ३९ नयाँ संक्रमित थपिएका हुन् । २४ घण्टामा यत्तिधेरै संक्रमित थपिएको नेपालमा पहिलोपटक हो । संख्या बढेसँगै नेपालमा संक्रमित ९४ हजार दुई सय ५३ जना पुगेका छन् । पछिल्लो समय संक्रमित धेरै बढ्दा बुधबारबाट नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार सात पुगेको छ । स्वास्थ्य मन्त्रालयले यस अघि सक्रिय संक्रमितको संख्या २५ हजार लकडाउन गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो । थप १५ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म मृत्यु हुनेको संख्या पाँच सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार एक सय २६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।