कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाकै सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता

नेपाल वाच । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उनी आवद्ध दल नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । कर्णाली प्रदेशमा नेकपाबाट ३३ जना सांसद रहेकोमा पूर्व एमालेका १३ र पूर्व माओवादीका ५ जना गरी १८ जनाले प्रस्ताव नेकपाको संसदीय दलमा दर्ता गराएका हुन् । शाही तत्कालीन माओवादी पक्षबाट मुख्यमन्त्री बनेका थिए । संसदीय दल र सरकारलाई प्रभावकारी रुपमा संचालन गर्न नसकेको निष्कर्ष निकाल्दै सांसदहरुले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतकलाई पत्र बुझाएका हुन् । सरकार बनेयता शाहीको काम प्रभावकारी नभएको भन्दै दलको नेताबाट शाहीलाई हटाउन माग गरिएको छ । यसरी माग सांसदहरुमा यमलाल कँडेल, चक्रबहादुर शाही, करविर शाही, कुर्मराज शाही, अम्मरबहादुर थापा, सुशीलकुमार थापासहितका छन् ।
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया