NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

७ कात्तिकदेखि विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाइने

काठमाडौं । सरकारले नेपालमा विज्ञापनरहित च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ । सरकारले कात्तिक ७ गतेदेखि विदेशी टिभी च्यानलमा विज्ञापन प्रसारण गरे च्यानल नै बन्द गर्नेसम्मको चेतावनी दिएको हो । सरकाले मिति नै तोकेपछि अब विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न पाइने छैन । विज्ञापन ऐन २०७६ का अनुसार ७ कात्तिकदेखि नेपालमा क्लिनफिड लागू हुने संचार मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक वर्ष अघि नै क्लिन फिड लागू गर्नेसम्बन्धी सुचना जारी गरेको थियो । तर, टिभी प्रसारक संस्थाहरुले पटकपटक म्याद थपको लागि सरकारसँग आग्रह गर्दै आएका छन् ।