NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

केन्द्रीय नेतालाई कोराना लागेपछि कांग्रेस बैठक सरेको सर्यै

काठमाडौं । महाधिवेशनको कार्यतालिका सार्नका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक पटकपटक सर्दै आएको छ । १५ असोजमा केन्द्रीय कार्यालय सानेपामा गरिएको कोरोनाको पिसिआर परीक्षणमा केही नेताहरुको रिपोर्ट पोजेटिभ आएपछि दुईपटकसम्म बैठक सरेको हो । केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापासहितलाई कोरोना देखिएपछि १८ असोजदेखि डाकिएको केन्द्रीय समितिको बैठक स्थगित भएको थियो । पुनः २५ असोजदेखि बैठक बस्ने भनिए पनि कांग्रेसले बीचमैं बैठक पुनः स्थगित गरेको घोषणा गरेको छ । तर, अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन । कांग्रेसमा १४ औं महाधिवेशन समयमा हुन नसेकेको भन्दै पौडेल र सिटौला पक्षको संस्थापनप्रति असन्तुष्ट रहँदै आएको छ । सयम हुँदा अधिवेशनको तयारीमा नलागेर समयावधि मात्रै बढाउन सभापति शेरबहादुर देउवा लागेको आरोप उनीहरुको छ । सभापति देउवाले तल्लो तहका अधिवेशनमा केही हेरफेर गरेर महाधिवेशनको मुख्य मिति फागुन ७ बाट नसार्ने मनस्थिति बनाएका छन् । तर, आन्तरिक संरचनाको समायोजन, क्रियाशील सदस्यता वितरणसकिएपछि मात्रै तल्लो तहको अधिवेशन हुने भएकोले यी काम गर्न नै समय लाग्ने देखिएको छ । यस्तो हुँदा तललो तहको अधिवेशन सर्दा केन्द्रीय अधिवेशन पनि फागुनबाट सर्ने प्रष्टै देखिन्छ ।नियमित चार वर्र्षे कार्यकालमा महाधिवेशन गर्न नसकेपछि सभापति देउवाले केन्द्रीय समितिबाट एक वर्षको म्याद थपेका थिए । योसँगै उनको कार्यकाल चारबाट पाँच पुगेको छ । एक वर्ष थप विशेष कारण भए मात्रै थप्न पाइने हो । तर, चार वर्षसम्म संगठनको लागि काम नगरी हचुवामा थपिएको आरोप इतर पक्षको छ । अब फागुनमा पनि महाधिवेशन नभए संविधानले दिएको ६ महिनाको अवधिलाई उपयोग गर्ने रणनीतिमा सभापति देउवा छन् । यस्तो हुँदा कांग्रेसको महाधिवेशन २०७८ को भदौसम्म धकेलिने भएको छ ।