नयाँ होइन पुरानो सफा नोट वितरण

मकवानपुर । वडादशैँ र तिहारका लागि भन्दै मकवानपुरको हेटौँडालगायत विभिन्न ठाउँमा आजदेखि पुरानो नोट वितरण शुरु गरिएको छ । सरकारी स्वामित्वको र निजी क्षेत्रबाट सञ्चालित बैँकले सर्वसाधारण र कर्मचारीलाई आवश्यकता अनुसार विभिन्न दरको पुरानो नोट आजदेखि वितरण शुरु गरिएको नेपाल राष्ट्र बैँक हेटौँडाले जनाएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैँकले सदाझैँ यस वर्षको बडादशैँ र तिहारमा नयाँ नोट वितरण नगर्ने भनी विज्ञप्ति प्रकाशित गरिएकोले सर्वसाधारणलाई नयाँ नोटको अभाव खड्किएको छ । यहाँका उद्यमी, शिक्षक निजामति कर्मचारी, प्रहरी, नेपाली सेना र सर्वसाधारण सेवाग्राहीलाई उहाँहरुको माग बमोजिम नच्यातिएको पुरानो नोट वितरण शुरु गरिएको राष्ट्रिय वाणिज्य बैँक हेटौँडा शाखाका प्रबन्धक हेमराज मरहठ्ठाले जानकारी दिए ।उनका अनुसार बैंकले सेवाग्राहीको माग बमोजिम रु एक हजार, पाँच सय, एक सय, ५०, २०, १०, पाँच र रु दुई दरका पुरानो नोट वितरण गरिरहेको छ । मकवानपुरमा नेपाल बैँक लिमिटेड, कृषि विकास बैँक, राष्ट्रिय वाणिज्य बैँक र निजी क्षेत्रबाट सञ्चालित विभिन्न बैँक गरी २८ वटा बैँकले अहिले दिनहुँ रु २५ करोड बराबरको दैनिक रकम सर्वसाधारण र कर्मचारीले भुक्तानी लिने गरेको नेपाल बैँक सिटी आफिस हेटौँडाका प्रबन्धक सुरेश लामिछानेले बताए । पुराना च्यातिएका नोटलाई अलग राखी नच्यातिएका सफा नोटलाई प्याकिङ गरी वितरण गरिएको र ती नोट वितरण गर्न लाइनबद्ध गरी भीडभाड नगरिने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सर्वसाधारणलाई वितरण गर्ने कार्यलाई तीव्रता दिइएको पनि नेपाल बैँकका प्रबन्ध लामिछानेले बताए ।
ताजा अपडेट
-
के छ माधव नेपालको प्रतिवेदनमा ?
-
जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…
-
रविको दलमा धादिङबाट मात्रै चार केन्द्रीय सदस्य, तीन डाक्टर
-
यस्ता छन् रवि लामिछानेको स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य
-
ताइवानको वायुरक्षा क्षेत्रमा चीनले पठायो २९ लडाकु विमान
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया