NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सरकारको कार्यक्षेत्रमा प्रभाव पार्ने तत्वहरु के हुन् ? सरकारको विस्तारकारी भूमिकाको औचित्य प्रष्ट पार्नुहोस् ।

सरकार र कार्यक्षेत्र कानूनी शासनको अभ्यास, सार्वजनिक मामिलाको नियमन, राजनीतिक छनोटको आधारमा नीति निर्माण र यी कार्यको लागि नेतृत्व प्रदान गरी राज्यको व्यवस्थापन गर्ने र समाज कल्याणको लागि सामूहिक र संगठित कार्य गर्ने संस्थागत संरचना सरकार हो । सरकारको परिभाषा र कार्यक्षेत्र वृहद विषयवस्तु हुनुका साथै अनेक चरहरुले प्रभाव पार्ने राजनीतिक कला र विज्ञान हो । सामान्य र परम्परागत अर्थमा शान्ति सुरक्षा. राजश्व संकलन मौद्रिक र वित्तीय प्रशासन र वाह्य सुरक्षा गर्ने भूमिक भएको वैध संयन्त्र सरकार हो । सरकारको महत्व र भूमिका सदैव महत्वपूर्ण हुने भए तापिन संसारमा सरकारको कार्यक्षेत्रको हिसावले विस्तारित र संकुचित हुने गरेको पाइन्छ । सरकारको कार्यक्षेत्रमा देहायका तत्वहरुले प्रभाव पार्दछन । राजनीतिक व्यवस्था : राजनीतिक प्रणालीका आधारमा सरकार कस्तो र कत्रो हुने भन्ने निर्धारण हुन्छ । लोककल्याणकारी राज्य, प्रजातान्त्रिक वा निरकुंश राजनीतिक प्रणालीको आधारमा सरकारको कार्यक्षेत्रको आँकलन गर्न सकिन्छ ।आर्थिक नीति र कार्यप्रणाली: अर्थ व्यवस्थालाई पनि राजनीतिले नै प्रभाव पार्ने भए तापनि पूँजीवाद वा समाजवाद वा मिश्रित कस्तो अर्थराजनीति वहाल छ सोही बमोजिम राज्यको आकार र व्यवहार फरक हुन सक्दछ ।सामाजिक आवश्यकता: सरकार जनताको कुन तहसम्मको आवश्यकतामा प्रत्यक्ष संलग्न हुनुपर्दछ भन्ने कुरा सामाजिक अवस्था र आवश्यकतामा आधारित हुन्छ ।अन्तरराष्ट्रिय प्रभाव: २० औ शताब्दि पछि त संसारका सरकारको स्वरुप, शासन र संरचनामा अन्तरराष्ट्रिय प्रभाव बढदो छ । विकास सहायता सहितको विकास नीतिको सिफारिस विश्वजगतबाट हुने गरेको पाइन्छ । समयको माग परिवेश र घटनाक्रम : राजनीतिक घटनाक्रम नेतृत्व परिवर्तन विश्व वजारको गतिशिलिता र भूमण्डिकरणको प्रभावक सरकारको कार्यक्षेत्रमा परेको पाइन्छ । सरकारको विस्तारकारी भूमिका जनताको सार्वभौमसत्ता र नैसर्गिक स्वतन्त्रतालाई वैधानिक तवरले सीमित पारी राज्य सञ्चालन गर्ने अर्थात शासकीय अधिकार र स्रोतसाधनमाथिको व्यवस्थापकीय अख्तियारी प्राप्त गर्ने सरकार जनता र समाजको बृहत्तर हित र उन्नतिमा क्रियाशील हुनु पर्दछ भन्ने मान्यता रहेको छ । सरकार स्वभावैले जनकेन्द्रित र उत्तरदायी हुनुपर्ने भएकाले सरकार जनताको गर्भ देखि चिहानसम्मका आवश्यकता पूरा गर्नु पर्ने अवधारणा म्याक्सिमालिष्ट अवधारणाले लिएको पाइन्छ । देहायको आवश्यकता र औचित्यका लागि सरकारको विस्तारित भूमिका आवश्यक पर्दछ । राष्ट्र र जनताको बृहत्तर हितगाँस वास र कपासको ग्यारेण्टिकानून राज र मानवअधिकारको प्रत्याभूतिसमन्याय सामाजिक न्याय र समावेशीकरण सुनिश्चितनागरिक शिक्षा मार्फत स्वस्थ जनमत निर्माणआर्थिक साधन स्रोत प्राकृतिक र सार्वजनिक साधनस्रोतको कुशल व्यवस्थापनवातावरण संरक्षणलैगिंक न्याय र सशक्तिरणपछाडि परेको वर्गको उत्थानसन्तुलित विकास र दुर्गम क्षेत्रको विकासमा जोडजनताको लोकतान्त्रिक अधिकारको उपभोग सुनिश्चितसामाजिक सद्भाव ऐक्यवद्धता र सामञ्जस्यता कायम गरी राष्ट्रिय एकता सुदृढउन्नतिशील र समृद्ध अर्थतन्त्रको विकास गर्नवाह्य हस्तक्षेप र संकटबाट जोगाउनसार्वजनिक सेवामा समानुपातिक र समतामूलक पहुँच सुनिश्चित गर्नसुशासन प्रत्याभूत गर्न यसरी विशिष्ट र वृहत आवश्यकता पूरा गर्न सरकारको कार्यक्षेत्र र भूमिका विस्तारित हुनुपर्दछ भन्ने मान्यता रहेको छ । तथापी सरकारको रुप, सार र कार्यक्षेत्र तथा भूमिका अर्थराजनीतिक पर्यावरणले निर्धारित गरेको हुन्छ । यो आवश्यकताको सिद्धान्तमा आधारित हुन्छ । जति नै विकसित मूलुक भए पनि संरक्षण र संवर्द्धनकारी कार्यक्षेत्र र भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । नेपाल जस्तो गरिबी, अशिक्षा र असमानता रहनुको साथै राजनीतिक द्वन्द्व र संक्रमणको लामो श्रृंखला बेहोरेको मुलुकमा सरकारको विस्तारित भूमिका र कार्यक्षेत्र अपेक्षित हुन्छ ।‍ औद्योगिक, व्यापारिक एवं वित्तीय र अर्थराजनीतिक क्षेत्रको गतिशिलतासँगै सरकारको सार्थक उपस्थितिका साथ शासनका सवै अंग र कर्ताहरुवीच उचित सन्तुलन कायम गर्नु श्रेयस्कर हुन्छ । ***

ताजा अपडेट

नेपालवाच विशेष