NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

पहाडीको योगदानप्रति कम्युनिष्ट आन्दोलन र मुलुक अनुग्रहित : नेपाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् । पहाडीको निष्ठा र योगदानप्रति नेपालको कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत भएको पूर्वप्रधानमन्त्री नेपालले प्रेस विज्ञप्तिमा जनाएका छन् । सांसद पहाडीले नेपाली समाजको रुपान्तरण र नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो । लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौंंँ मेडिकल कलेजमा निधन भएको हो । उनी २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट सङ्घीय संसद्को प्रतिनिधिसभामा निर्वाचित भएकी हुन् । रासस