NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चिनियाँहरुले सीमामा एकलाैटी पिलर बनाउनु शंकास्पद

दक्षिणी छिमेकी मुलुक भारतबाट मात्रै नेपाली भूमि अतिक्रमण हुने गरेको समाचार आउँथ्यो । तर, पछिल्लो केही समययता उत्तरी छिमेकी मुलुक चीनले हुम्लामा नेपालको भूमि मिचेको भन्ने समाचारहरु आइरहेका छन् । यसै सन्दर्भमा कांग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँग नेपालवाचका लागि रमेश सापकोटाले गरेको कुराकानी । भारतले नेपालको भूमि मिचेको विषय मात्र बाहिर आउथ्यो तर पछिल्लो केही समययता चीनले पनि नेपाली भूमि मिचेको विषय आइरहेको छ । तपाईं हुम्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ । तपाईंलाई चाँहि चीनले नेपाली भूमि मिचेकोबारे कहिलेदेखि जानकारीमा थियो ? चीनले सीमा मिचेको भन्ने कुरा २०७२ सालदेखि नै आएको थियो । त्यतिखेर उनीहरुले लिमी लाप्चाको लुरुङजुङ भन्ने ठाउँमा ३ कोठे भवन बनाए । त्यो भवन बनाउँदा हाम्रा स्थानीयहरुले हाम्रो भूमि भन्ने दावी गरे । तर, चिनियाँ पक्षले यो पशुको क्वारेन्टिन हो । तपाईं हामी दुवै देशको लागि हो भनेपछि हामी पनि चुप लागेर बस्यौं । त्यसपछाडि २०७७ जेठसम्म उनीहरुले तीन कोठे भवन मात्र हैन नौ कोठे त्यो पनि पक्की बनाएछन् । नेपाली भूमिमा यसरी भवन बनाएपछि हामीलाई चासो हुनु स्वभाविक नै भयो । कोरोना महामारीका बेला चीनले सेनिटाइजर र मास्क दिने भनेपछि भदौको अन्तिमतिर सहायक सिडियो र पालिकाका प्रतिनिधिहरु हिल्सामा पुग्नुभएको थियो । सीमामा पनि समस्या भएको गुनासो भइरहेकोले त्यहीबेला उनीहरु लिमी लाप्चा पुगे । लिमीलाप्चाको नेपाली भूमिबाट मानसरोवर कैलाश राम्रोसँग देखिन्छ । लिमी लाप्चाका जनप्रतिनिधि र स्थानीयले चीनले नेपाली भूमिमा पक्की घरहरु बनाएको जानकारी टोलीलाई गराए । लोलुङजोङभन्दा पश्चिम अलिकति उत्तर ज्याकुदोचा भन्ने एउटा सानो खोला छ । त्यहाँदेखि नेपाली भूमि हो । लोलुङजोङमा चिनियाँहरुले घर बनाएपछि करिब करिब २३ कि.मि. बाटो पनि उतै प¥यो । भनेपछि अहिले तत्काल मात्रै आएर भन्दा पनि केही वर्षदेखि नै चिनियाँहरुले नेपालतिर घर बनाउन थालेका थिए ? २०६६ सालमा हामीले चीनबाटै डोजर ल्याएर बाटो खन्दा चिनियाँहरुले नै सीमाना ज्याकुदोचा खोला हो भनेर देखाएका थिए । पहिला उहाँहरुको बस्ती, चौकी सबै ज्याकुदोचा भन्दा पारिपट्टि थियो । भूगोलको अवस्था हेर्दा चिनियाँ पक्षबाट नेपाली भूमि अलिकति मिचिएको रहेछ भनेर सहायक प्रजिअ फर्किनुभयो । फर्किएपछि पनि सहायक सिडियोले सीमा मिचिएको बताउनुभयो । हामीले अनुगमन टोली पठाएका छौ, रिपोर्ट लिएर टोली फर्केपछि हामी भन्नुपर्ने कुरा भन्छौं । तर, परराष्ट्रमन्त्रीले नै सीमा मिचिएको छैन भन्दिनुभयो । त्यस्तो भनेपछि एउटा निरिह सिडिओले कसरी सीमा मिचिएको छ भनेर भन्न सक्छ त्यसपछि केन्द्रीय सरकारले सिडिओलाई अवस्था के हो बुझेर आउ भनेको रहेछ । सिडिओ चिरञ्जीवी गिरीको टोली असोज ४ मा स्थलगत अनुगमनका लागि गयो । अनि त्यो हेर्न गएको टोली नफर्किंदै असोज ७ मा परराष्ट्र मन्त्रीले हाम्रो भूमि मिचिएको छैन भन्दिनुभयो । त्यही दिन चाइनिज दुतावासले हामीले सीमा मिचेका छैनौँ भनेर विज्ञप्ति निकाल्यो । चीनले विज्ञप्ति निकालेपछि हुबहु कोट गरेर सीमा नमिचिएको दाबी हाम्रै सरकारले गर्यो । बरु सहायक प्रजिअ लाई २४ घण्टाको स्पष्टीकरण देउ भनि माफी माग्न लगाए । त्यसपछि सिडिओ ९्१० असोजमा फर्के । तर, सिडियोको टोली नफर्किंदै यता सरकार बोलिसकेको थियो । सरकारले त भन्नुपथ्र्यो की–हामीले अनुगमन टोली पठाएका छौ, रिपोर्ट लिएर टोली फर्केपछि हामी भन्नुपर्ने कुरा भन्छौं । तर, परराष्ट्रमन्त्रीले नै सीमा मिचिएको छैन भन्दिनुभयो । त्यस्तो भनेपछि एउटा निरिह सिडिओले कसरी सीमा मिचिएको छ भनेर भन्न सक्छ । प्रजिअ गिरीको टोली ९१० असोजमा फर्किएपछि मैले उहाँसँग भने – तपाईं सीमाना हेरेर आउँनुभयो । अब सर्वदलीय बैठक राखौँ । त्यहाँ के के भयो ? स्थानीय अवस्था के छ ? हामी स्थानीय सरकारवाला हौं भनें । तर, सिडियोले गृहले अहिले केही नबोल्नु भनेको छ भन्नुभयो । यसो भनेपछि म व्यक्तिगत ढंगले केही सशंकित भएँ । उहाँहरुले फोटो खिचेर ल्याएको केही तस्विरहरु पनि थियो । त्यो मिडियामा पनि आयो । सीमा मिचिएको छैन । बरु ११ नम्बर पिलरचाँहि भेटायौँ भनेको सुनियो । तर, ११ नम्बर पिलर न कहिल्यै हराएको थियो न यिनले कहिल्यै भेटेका हुन् । यो हराएको पनि हैन र भेटेको पनि हैन । त्यो ठाउँमा मान्छे नगइकन कहाँबाट भेट्ने ? त्यो भनिसकेपछि मेरो आत्माले मानेन । मेरो प्रदेशको निर्वाचन क्षेत्र यही पर्यो, निर्वाचित जनप्रतिनिधि र पार्टीको केन्द्रीय सदस्य पनि भएकोले म १९्२० जनाको टोली लिएर सीमा क्षेत्रमा अनुगमनका लागि गएको हुँ । तपाईंले अनुगमन टोली बनाउँदा पार्टीको बनाउनुभयो की सर्वपक्षीय ? सरकारका मान्छेहरु सिडियो, डिएसपी, मेजर गएर आइसकेपछि मैले जाउँ भन्ने कुरा आएन । त्यो भन्दा अगाडि छलफल सर्वदलीय बैठक राख्न लगाउँदा पनि मानेनन् । त्यसपछि नेताहरु चक्रबहादुर लामा, नाम्खा, सिमकोट, थाकुलाप्चा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र पार्टीका प्रतिनिधिहरुलाई लिएर गयौं । बुद्धिनारायण श्रेष्ठसँग मैंले नक्सा ल्याएको थिएँ त्यो पनि लिएर गयौं । यहाँ देशको कुरो भन्दा पनि पार्टीगत कुरा भयो । नेकपाले त्यस्तो भनेपछि उहाँहरुलाई मैैले जाउँ भन्ने कुरा भएन । म भन्दा अगाडि नेकपाकै नेता छक्क बहादुरजी पनि जानुभएको हो । छक्कबहादुर जीले पनि १२ नम्बर पिलरसम्म हेरर आउनुभयो होला । मेरो टोलीमा कांग्रेस जिल्ला सभापति उपसभापति, सीमकोट गाउँपालिका अध्यक्ष, नाम्खाको उपाध्यक्ष गोरखापत्रका समाचारदाता, महिलासंघको जिल्ला अध्यक्ष, संविधान सभाको सदस्य र सुरक्षाकर्मीसहितका गरी १९ जनाको टोली गयाैं । यो अवलोकनमा चीनसँगको सीमातिर अवस्था कस्तो पाउनुभयो ? हामी पहिला विवादित लिमी लाप्चाको लोलुङजोङ भन्ने ठाउँमा गयौँ । यो नाम्खा गाउँपालिकाको वडा नं. ६ साविकको लिमी गाविस हो । यो सीमा सम्बन्धी विवाद उठेको यही एउटा गाविसमा हो । अहिलेको नाम्खा गाउँपालिका नेपालका काठमाडौं, ललितपुर, भक्तपुर, पर्वत, नवलपुर र पश्चिम रुकुम गरी ६ वटा जिल्ला बराबरको क्षेत्रफलमा फैलिएको छ । यो गा.पा.२४४९ वर्ग कि.मि.मा फैलिएको छ । हामीले जिपिएस लगेका थियौं । २००६्०७ पछि अहिलेसम्म संयुक्त रुपमा सीमा स्तम्भको मर्मत भएको छैन । १४१५ वर्ष भएको पिलर पुरानो हुनुपर्ने हो । तर, पिलर हेर्दा यिनीहरुले नयाँ बनाएको प्रष्टै देखिन्छ । पुरानो भत्काएको छ । त्यो नयाँ लोलुङजोङमा पहिले बनाएको ठाउँमा नै बनाएको देखिन्छ । तर, चिनियाँहरुले हमाीलाई थाहा नै नदिई एकलौटी रुपमा बनाएका रहेछन् । नापीमा अलिकति ओरेन्टेसन घुमाउँने बित्तिकै पनि त नक्सामा ठूलो हेरफेर हुन्छ । तर, नेपाली पक्षलाई थाहा नै नदिई चीनले कसरी बनायो भन्ने हाम्रो प्रश्न हो । पिलरमा भएको नयाँ सिमेन्ट र कलरले पिलर नयाँ नै भएको देखिन्छ । हिउँ पर्ने ठाउँमा एकपटक लगाएको कलर खाइहाल्छ । तर, पिलर नयाँ छ । अन्तर्राष्ट्रिय बोर्डर प्रोटोकल अनुसार दुईवटा देशको प्रतिनिधित्व नहुँदासम्म त्यो पिलर कसैले चलाउँन पाउँदैन । तर, चिनियाँ पक्षले एकलौटी रुपमा आफैं पिलर बनाएको छ । सीमामा त्यस्ता नयाँ पिलर कति वटा बनाएका रहेछन् ? त्यही १२ नम्बरको एउटा हो । पुरानो ठाउँ जहाँ छ त्यही बनाएको छ । तर, पुरानोलाई भत्काएका टुक्राहरु पनि त्यहीं छन् । नापीमा अलिकति ओरेन्टेसन घुमाउँने बित्तिकै पनि त नक्सामा ठूलो हेरफेर हुन्छ । तर, नेपाली पक्षलाई थाहा नै नदिई चीनले कसरी बनायो भन्ने हाम्रो प्रश्न हो ।अर्काे कुरा ज्याकुदोचाबाट जहाँ भवन बनेको त्यसको पश्चिम, उत्तरतिर करिब करिब २३ किमि सडक हामीले खनेको हो । की त चीनले नेपाल धेरै धनी देश थियो हामीले उसलाई सहयोग मागेर २३ किमि बाटो खन्न लगाएको भन्नुपर्यो की त नेपालीहरुले हाम्रो भूमि मिचेर बाटो बनायो भन्नुप¥यो । त्यतिबेला २०६६ सालतिर बाटो खन्दाखेरी उनीहरुले नै तिमीहरुको सीमाना यै हो भनेर ज्याकुदोचाभन्दा उता चौरीहरु गयो भने जरिवाना गर्दथे । अहिले पनि ४०५० वर्ष पुगेका ती भन्दा पनि बुढा बुढा मान्छेहरु हाम्रै नेपालीहरु हुन् । त्यसैले मेरो दाबी के हो भने यो हाम्रै भूमि हो । हामीले त्यसको नक्सा पनि लिएका थियौ । नक्साको बाउन्ड्री हेर्दा पनि त्यो लोलुङजोङमा बनाएको भवन हाम्रै पर्छ भन्ने हाम्रो दाबी हो । त्यो एउटा पिलरभन्दा अन्त निरीक्षणमा जानुभएन ? हामीले त्यत्तिमात्र नहेरी लिमीबाट हिल्सातिर गयौं । त्यता गैसकेपछि ११ नम्बरतिर पिलर ५ हजार १८ मिटर उचाईमा छ । १२ नम्बर पिलरचाँहि ५ हजार दुई दुई मिटर उचाईमा छ । अब त्यो ५ हजार दुई सय दुई मिटर भनेको १६ १७ हजार फिट भयो । त्यहाँ गएर हेर्दाखेरी यथास्थानमा पुरानै ठाउँमा नयाँ पिलर बनाएको देखिन्छ । तर, त्यो ११ नम्बर पिलरमा लेखिएको र १२ नम्बर पिलरमा लेखिएको अक्षरहरु पनि फरक छन् । विज्ञ टोली बनाएर त्यहाँका मान्छेलाई एउटा निश्चितता गराइदिने काम भएन । अहिले पनि १० गजामा बार नलागोस्, पिलरमा एकलौटी नहोस्, प्रायःजसो पिलरहरुमा सबै अक्षरहरु एकै प्रकारको हुन्छ । कसैले भत्काएर नयाँ लेख्न नसकोस भनेर एउटै लिपीकोे अक्षरमा लेख्ने चलन हुन्छ । ११ को चाँहि पुरानै हो । १२ मा चाँहि अक्षरको प्रकृति नै फरक छ । त्यसपछि हामी झरेर सेरा भन्ने गाउँमा पुग्यौं । त्यहाँको १० नम्बर पिलर छ यथास्थानमा छ ठिकै छ । पहिलाको पिल्लर नेपालतिरै सारेर नयाँ बनाइएको चाँहि पाइयो कि पाइएन ? त्यस्तो छैन । त्यो नयाँ देखिएको चाहिँ १२ नं. हो । नापीमा अलिकति घुमाउँने बित्तिकै त नक्साको स्वरुप धेरै परिवर्तन हुन्छ । उहाँहरुले राखेको नयाँ पिलर एक्लै बनाउँनु भनेको त शंकास्पद छ । त्यसको ओरेन्टेशन घुमाउँने बित्तिकै नक्सामा ठूलो परिवर्तन हुन्छ । एक्लै त बनाउनै पाइदैन । भारतको बोर्डरमा कस्तो छ भने मैले उदाहरणको लागि भने १्१ को नेपालमा छ १२ को भारतमा छ भने नेपालको भूमिमा भएको मर्मत गर्ने काम नेपालको हुन्छ । तर मर्मत गर्दा उसलाई बोलाउँनुपर्ने हुन्छ । हाम्रोमा पनि त्यस्तै हो । एक्लै चिनियाँहरुले कसरी बनाए ? अक्षर र लिपिहरु फरकफरक कसरी भए ? बोर्डर प्रोटोकल अनुसार सबै ठाउँको अक्षर एकै खालको हुनुपर्ने हो । १२ नं. को पिलर बनाउँने काम कहिले भयो रेकर्ड खोज्नुपर्छ । उनीहरुले एक्लै मर्मत गरे यो प्रोटोकल अनुसार मिल्दैन भन्नुभयो । यति लामो समयसम्म पनि तपाईंहरुलाई स्थानीय, पार्टी पंक्तिले जानकारी दिएका थिएनन् ? अहिलेसम्म त्यहाँको स्थानीयलाई सोध्दा पहिले पहिले यसरी एकलौटी नभई दुई देशका प्रतिनिधिको उपस्थितिमा मात्र पिलरको काम भएको कुरा थाहा हुन्छ । तर अहिलेसम्म त्यो एकलौटी भएको छ । प्रायःजसो मान्छे पिलर हेर्न जाँदैनन् । अहिले त यो परेर गएको हो । भर्खर पेन्टिङ गरेको छ अवस्था छ । नापी विभागले झन्डै १५१६ वर्ष भयो संयुक्त निरीक्षण भएको छैन भनिरहेको छ । ७३ सालमा गडबडीको कुरा गर्दा नक्सा मात्रै हेर्ने काम भयो तर, विज्ञ टोली बनाएर त्यहाँका मान्छेलाई एउटा निश्चितता गराइदिने काम भएन । अहिले पनि १० गजामा बार नलागोस्, पिलरमा एकलौटी नहोस्, नेपाली भूमिमा संरचना नबनुन्, सीमा क्षेत्रमा उनीहरुको एकलौटी नचलोस् भन्ने हाम्रो अपेक्षा हो । यस्ता सीमा पिल्लरको दुरीचाँहि कति दुरीमा हुने रहेछन् ? १२ नम्बर पिलरबाट ११ नम्बर पिलरको दुरी करीब करीब ७० किमि छ । बीचमा सहायक पिलरचाँहि हुन्छन् कि हुँदैनन् ? छैनन् बीचमा कुनै पिलरहरु छैनन् । ११ बाट १० नम्बरको पिलर करिब २० किमिमा होला । १० बाट ९ २ छ करिब १ किमीमा होला । लोलुङजुङको कुरा मात्रै छैन । ९२ को पिलर भनेको जुन हामी १० गजा भन्छौँ त्यो पिलर राखिसकेपछि त्यो बीचमा संरचनाहरु केही पनि बनाउँन पाइन्न । अन्तर्राष्ट्रिय बोर्डर प्रोटोकलले त्यही भन्छ । चिनियाँँहरुले ९२ को पिलरमा ठिक्क बीचमा बार लगाएर आफ्नो गेट बनाएका छन् । त्यो पनि एक खालको मिचाइ, अतिक्रमण र हेपाइ हो । त्यस्तो गर्न पाइन्न तर चिनियाँ पक्षले गरिरहेको छ । म पुग्नुभन्दा २ दिन अगाडि सशस्त्रका जवानहरु सइ साबको कमाण्डमा ६१ को पिलर हेर्न जानुभएको रहेछ । आफ्नो पिलर हो भनेर हेर्न जाँदाखेरी चिनियाँ सुरक्षाकर्मीले ढुंगा हानेर लखेटेछन् । कर्णाली नदी बगेर आएको छ त्यो आधा उहाँहरुको र आधा हाम्रो हो । हाम्रो हिल्सा साइडको ९१ को पिलर, ८१ का पिलर छ त्यो सबै हाम्रो भूमिभित्र पर्यो । ८२ पिलर उहाँहरुको भूमिभित्र पर्यो । त्यसपछि हिल्साबाट पश्चिमतिर जाँदा चिसौ भन्ने ठाउँ छ त्यहाँ ७१ को पिलर छ त्यो हाम्रोतिर पर्यो । उहाँहरुको ७२ को पिलर छ त्यो माटो बगाएको कारणले धेरै खोज्यौ देखेनौं । त्यसपछि ६१ को पिलर छ । हाम्रो भूमिभित्रको ६१ पिलरलाई उहाँहरुले बार हालेर आफ्नो भूभागाभित्र राख्नु भएको छ । त्यसभन्दा माथि ५१ को पिलर छ । त्योचाँहि हाम्रै भूमिमा छ । त्यसलाई मिचेर उहाँहरुले बार हाल्नुभएको छैन । फेरि माथि जाँदा ५२ को पिलर छ । त्यो आधा नेपालको हो आधा चीनको हो । त्यो ५२ को पिलरलाई पनि उहाँहरुले बारेर आफ्नोभित्र राख्नुभएको छ । त्यो चाँहि ४५ सालमा बनेको भनेर लेखेको छ त्यहाँ । त्यसको अक्षरहरु पनि फरक छन् । त्यो भन्दा अगाडिको जंगे पिलर पनि ढलेर बसेको छ । यी सबै प्रमाणहरुका रुपमा फोटो भिडियो, स्थानीयबासीसागको कुराकानी हामीले ल्याएका छौं । अर्काे कुरा जहाँ ७१ को पिलर छ ७२ को पारिपटि छ त्यसको अलिकति अगाडि १ र ७ १ को बीचमा सानो झोलुङ्गे पुल छ त्यो पूल भनेको आधा हाम्रो र आधा चीनको हो । हाम्रो त्यहाँ आवादी जग्गाहरु छन् । अहिले त्यहाँ खेतिपाती नगरेपनि भेडा चराउँने चौरी चराउँने हाम्रो ठाउँ हो । तर त्यो ठाउँमा पनि हाम्रा मान्छेहरुलाई चाइनिजहरुले जान दिइरहेका छैनन् । म पुग्नुभन्दा २ दिन अगाडि सशस्त्रका जवानहरु सइ साबको कमाण्डमा ६१ को पिलर हेर्न जानुभएको रहेछ । आफ्नो पिलर हो भनेर हेर्न जाँदाखेरी चिनियाँ सुरक्षाकर्मीले ढुंगा हानेर लखेटेछन् । अनुगमनमा जाँदा सीमा पिलर नै सारेकाचाँहि देख्नुभयो की भएन ? ६१ को स्तम्भ हाम्रो तिरको हो उहाँहरुले बार बारेर आफ्नोतिर बनाउँनु भएको छ । यो बार लगाएको दुरीचाँहि सीमाबाट कति छ ? स्तम्भनै जोडेर सँगै बार लगाएर आफ्नोमा पारेका छन् । अब स्तम्भ यतापटि बार लगायो भने त भोलि त हाम्रो कोही जाँदैन । त्यसलाई फुटाएर त्यसकै उतापटि बनाइदिए भैगो । पिलरबाट नेपालतिरै सर्ने मौका उनीहरुलाई हुन्छ । त्यो नौ वटा भवन बनाएको भूगोल सबै नेपालतिरको हो ? सीमास्तम्भचाँहि माथि चुचुरोमा छ । अनि लुरुङ भञ्याङ छ त्यो भन्दा तल लोलोङ भन्ने छ । उनीहरुले भवन बनाएको समथर ठाउँमा हो । हाम्रोबाट अलि अलि ओरालो झर्नुपर्छ । त्यो भवनहरु बनाएको करिब ४७० मिटरमा होला । पिलरचाँहि ५ हजार दुई १८ मिटरमाथि पर्छ । त्यहाँ पद्युम्न भन्ने लेक पनि छ । त्याचाँहि ५३ सय मिटरमा छ । त्यसको पछाडिबाट बाउन्ड्री गएको देखिन्छ । लोलोङजोङ पनि हाम्रोमैं देखिन्छ । मेरो अर्काे तर्क जुन घर बनाएको भन्दा उता पश्चिमपट्टि उनीहरुको भए हामीलाई त्यतिबेला बाटो खन्न दिन्थे ? सीमामा हाम्रो उपस्थित छैन । उनीहरुको त ज्याकुदोचा उतापट्टि चौकी बसेको थियो । चौकीमा उनीहरुको स्थानीय तहका प्रतिनिधिहरुले नक्सा, जिपिएस ल्याएर यो नेपाली भूमि हो भन्थे । तर, अहिले त्यही भूमिलाई यिनीहरु नेपालको होइन भनिरहेका छन् । यस्तोमा अब नेपालले पनि हाम्रो सीमाना जमिन मिचिएको हो भनेर प्रष्ट भन्नुपर्छ । यस्तो भन्न सकेमात्रै हामी बहादुर रहेछौं भन्ने देखिन्छ । त्यो दुरी कति छ त्यो अन्दाज गर्न सकिन्छ सीमा स्तम्भबाट नयाँ भवन बनाउँदा कति जति नेपाल तिर आएका छन् ? ज्याकुदोचा जहाँबाट बाटो बनाइयो त्यहाँबाट अन्दाजी २ देखि ३ किलोमिटर होला तर अहिले त बिल्डिङमा मान्छेहरु जाँनै नदिने, माइकिङ गरेर हपार्ने जस्ता कामहरु गर्छन् । यस्तो दुरी कति किमी भयो भन्ने कुरा त सर्वे गर्नेले हेर्ने कुरा हो । यहाँ त कति मिचियो भन्दा पनि चीन सरकारले एक इन्चपनि मिचिएको छैन भनेको छ । नेपालीहरुले ल्याउन लागेको ४ ५ ट्रक लोड गरेका सावेलहरु ज्यावलहरु सीमा विवाद छ भनेर झिक्न लगाए । उहाँहरुले निशुल्क दिएको होइन तर, किनेर ल्याउन पनि नदिने काम भएको छ । हामीमाथि अलिकति पशुको जस्तो व्यवहार गर्ने काम भइरहेको छ । यस्तोमा कति भूमि गयो भन्ने कुरा नै भएन । चीन नेपालभन्दा ६५ गुणा र भारत २५ गुणा ठूलो छ । उनीहरुले यस्तो ठाउँमा पनि जहाँ जहाँ बोर्डर लाइन छन् त्यहाँ चौकी स्थापना गरेका छन् । हाम्रो त अब हिल्सामा चौकी राखेको छ । सुनखानीमा छ । सुनखानीबाट लिपीलाप्चा पुग्नुपर्दा २ दिन लाग्छ । तपाईंहरुलाई चाँहि केही गरेनन् ? त्यहाँ उनीहरु सुरक्षा क्याम्प बनाएर बसेका छन् । पछि हामी जाँदा ढुंगा चाहिँ हानेनन् ।भूमिको एउटा विषय हो तर, चिनियाँ पक्षले नेपालीहरुलाई दुःख दियो भन्ने तपाईंको कुरा हो ?हामीले मित्र राष्ट्रलाई चिढ्याउन खोजेको हैन । त्यहाँका स्थानीय सरकारले बोर्डर नजिकका हाम्रा मान्छेहरुलाई आतंकित पार्न भएन । अन्तर्राष्ट्रिय कानुन त चीनलाई पनि लागु हुने होला, हामीलाई पनि लागु हुने होला । नेपालीहरुले ल्याउन लागेको ४ ५ ट्रक लोड गरेका सावेलहरु ज्यावलहरु सीमा विवाद छ भनेर झिक्न लगाए । उहाँहरुले निशुल्क दिएको होइन तर, किनेर ल्याउन पनि नदिने काम भएको छ । हामीमाथि अलिकति पशुको जस्तो व्यवहार गर्ने काम भइरहेको छ । यस्तो व्यवहार भइरहेको छ भन्ने कुरा त बारम्बार मैले पनि उठाउँदै आएको छु । म मन्त्री हुँदा पनि चिनियाँँ राजदुतसँग भेटेरै बोर्डर प्रोटोकलमा यस्तो छ भनेर कुरा गरेको थिएँ । यो हामीले कुनै भावावेश र लहडमा आएर कुरा गरेको हैन होइन । तथ्यगत कुराहरु हामीले ल्याएका छौँ । अहिले मान्छेहरु त्यही लोलुङजोङ जंगलको मात्रै कुरा गरिरहेका छन् । तर, हामीले पिलहरु १२ नं. ११ नं. १० नं. ९२, ९१, ८१, ७१, ६१, ५१, ७२ को सम्पूर्ण जानकारी हामीले सुक्ष्म ढंगले ल्याएका छौं । फोटाहरु, पिल्लरमा लेखिएका अक्षरहरुका विषयमा सबै कुराहरु ल्याएर प्रतिवेदन जिल्लामा सार्वजनिक गर्यौं । यी सबै डकुमेन्टहरुलाई केन्द्रीय सरकार र प्रदेश सरकार बुझाएर ध्यानाकर्षण गर्ने तयारी छ की छैन ? हुम्ला जिल्लाकै सिडियोमार्फत् सरकारलाई ज्ञापनपत्र बुझएका छौं । कांग्रेस केन्द्रलाई पनि जानकारी गराएका छौं । सीमा क्षेत्रमा भएका समस्याको समाधान यथासक्य गर्नुस् भनेका छौं । सरकारलाई दबाब पुगोस् संचारमाध्यमलाई पनि हाम्रो अध्ययन प्रतिवेदन उपलब्ध गराएका छौं । तपाईंहरुले गरेको अनुगमन बारेको जानकारी केन्द्र सरकारलाई कसरी गराउनुहुन्छ ? म जनप्रतिनिधि र पार्टीको केन्द्रीय सदस्य भएको नाताले केन्द्रीय कार्यालय पठाइसके । समाधानको लागि आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र दिन्छौ । हामीले कुनै विरोध कार्यक्रम ल्याएका होइनौँ । एउटा विज्ञ टोली पठाएर भविष्यमा कहिल्यै त्यस्तो नहुने किसिमले कुटनीतिक पहल गर भनेर हामीले भन्ने भनेको हो । अब सीमा र भूमिको विषयमा हाम्रो नेपाल सरकारले लिनुपर्ने अग्रसरता के हो त ? हामी त्यहाँ गएर हेर्यौ । त्यो खालको अवस्था देख्दा सरकारलाई एउटा विज्ञ टोली पठाइदिन हाम्रो सुझाव हो । ती भूमि नेपालकै हुन् । चिनियाँहरुले विस्तारै हाम्रो भूमिमा भवन बनाउन थालेपछि विज्ञ पठाउ भन्ने हाम्रो कुरा हो । नापी, गृह, परराष्ट्र र स्थानीय जनप्रतिनिधिहरु, स्थानीयहरुलाई पनि राखेर कुरा गर भन्ने हाम्रो माग हो । सीमाङ्कनका विषयमा भोलिका दिनमा २ देशको बीचमा केही कुटनीतिक असर नपरोस भनेर हामीले यस्तो आग्रह गरेका हौं । हामीले आग्रह गर्दा सरकार कुनै कुरा नसुनेर एकैचोटी अन्धो तरिकाले मिचेकै छैन भनिरहेको छ । तर, हामीले उनीहरुको मनोमानीको फोटोहरु खिचेर ल्याएपछि त विश्वास गर्नुपर्ने हो नी । अनुगमनमा जाँदा चिनियाँँ पक्षबाट यहाँहरुलाई कुनै अवरोध भयो कि भएन ? प्रत्यक्ष उनीहरुसँग अवरोध भन्ने भएन । हामी आफ्नै भूमिमा गयौ हेर्यौ । ६१ को पिलर किट भन्ने ठाउँमा हो । त्यहाँबाट हामी फर्किदाखेरी नाम्खा गा.पा.का. उपाध्यक्ष पेमा लामाले पारीबाट अश्रुग्यास हाने मेरो आँखा पोल्यो भन्दै हुनुहुन्थ्यो । हामीहरुबीच अलि ग्याप भएकोले त्यो मैले चाहिँ अनुभूति गर्न पाइन । हामी ६१ र ५२ को पिलरमा जाँदाखेरी चिनियाँ पुलिसहरु माथिबाट आए हामी अगाडि बढ्दै गयौ उनीहरु पछाडि हट्दै गए । अब हामीलाई चाइनिज केही नआउने हुनाले बोलचाल भएन । उनीहरु माथिबाट चारैतिरबाट बाइनाकुलरबाट हेर्ने, फोटा खिच्ने भने गर्दै थिए । तर, हामी फर्कियौं । तर, हामीभन्दा अगाडि जाने सुरक्षाकर्मीहरुलाई त्यस्तो नराम्रो गरेनन् तर हामी भन्दा अगाडी ६१ को पिलरमा जाँदाखेरी हाम्रो पुलिसहरुलाई चाँहि ढुङगा हाने । शाही कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता एवं कांग्रेस केन्द्रीय सदस्य हुन् ।