NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सुरक्षित प्रसूति सेवा लिने बढे

लमजुङ । जिल्लाका तीन हजारभन्दा बढी महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् । बेँसीशहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालमा आर्थिक वर्ष २०७४२०७५ देखी २०७६२०७७सम्म तीन हजार ४५६ जनाले सो सेवा लिएका हुन् । यीमध्ये सामान्य प्रसूति सेवा २ हजार ७४७, शल्यक्रिया गर्नुपर्ने ४६१ र जटिल किसिमको प्रसूति सेवा २४८ जनाले लिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उहाँका अनुसार अस्पतालबाट आर्थिक वर्ष २०७६ २०७७ मा एक हजार १२३ जनाले प्रसूति सेवा लिएकामा यीमध्ये ८६६ सामान्य, १६८ शल्यक्रिया र ८९ जनाले जटिल किसिमको प्रसूति सेवा लिएका थिए । आर्थिक वर्ष २०७५२०७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११ रहेकामा ८२९सामान्य, १२४ शल्यक्रिया र ५८ जनाले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार आर्थिक वर्ष २०७४२०७५ मा एक हजार ३२२ जनाले प्रसूति सेवा लिएकामा एकहजार ५२ सामान्य, १६९शल्यक्रिया र १०१ जनाले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । विंस २०५८ देखि अस्पतालले सुरक्षित प्रसूतिसेवा प्रवाह गर्दै आएको छ । प्रसूति गृहमा १५ शैया छ । अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवाका साथै दक्ष चिकित्सकद्धारा भरपर्दो र सुरक्षित प्रसूति सेवा प्रवाह भइरहेको अस्पतालका प्रमुख श्रेष्ठको जिकिर थियो । यस अस्पतालमा ग्रामिण भेगका महिलासमेत सुरक्षित प्रसूति सेवाका लागि आउन थालेको अस्पतालले जनाएको छ ।