NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विजनेस धान्न प्राइभेट अस्पताललाई कोभिडका बिरामी चाहिएको छ

नेपालमा कोरोना (काेभिड-१९) रोगको संक्रमण भयावह अवस्थामा पुगेकाे छ । ११ चैत देखि गरिएकाे चार महिना लामाे लकडाउनमा राेगकाे प्रकाेप त्यत्ति धेरै देखिएकाे थिएन । तर, पछिल्लाे दुई महिनायता कोराना संक्रमणका कारण देश नै आतंकित बन्नुपर्ने अवस्था उत्पन्न भएकाे छ । विश्वका दुईसयभन्दा बढी मुलुकमा नेपाल संक्रमित धेरै हुनेमा ३७ औं नम्बरमा छ । संक्रमित एक लाख २१ हजार नाघ्दा सात सय बढीले ज्यान गुमाइसकेका छन् । सक्रिय संक्रमित ३६ हजारभन्दा धेरै भइसकेका छन् । रोगको याे जाेखिमकाबीच स्वास्थ्य मन्त्रालयले नियन्त्रणमा के कस्तो भूमिका खेलेको छ ? कस्ता किसिमका तयारी गरेको छ भन्ने विषयमा नेपालवाच संवाददाता ऋचा अर्यालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग गरेको कुराकानी : कोरोना महामारी नियान्त्रणका लागि स्वास्थ्य मन्त्रालयले अहिलेसम्म के–के काम गरिरहेको छ ? कोरोना महामारी सुरु भएदेखि नै हामीले तयारी थाल्यौं । सुरुमैं चीनको वुहानमा अड्किएका विद्यार्थीहरुलाई नेपाल ल्यायौं । उनीहरुलाई भक्तपुरमा क्वारेन्टिनमा राखेर आ–आफ्नो घर पठायौं । भारत र अरु देशबाट आएकालाई क्वारेन्टिनमा राख्यौं । भलै क्वारेन्टिनको राम्रो व्यवस्थापन भएन होला, उनीहरुले क्वारेन्टिनभित्रै एक आपसमा सारे होलान् तर यिनीहरुले गएर आफ्नो घर परिवारलाई सार्न पाएनन् । डा. जागेश्वर गौतमप्रवक्ता, स्वास्थ्य मन्त्रालय माघ फागुनतिर डाक्टर, नर्स र अरु स्वास्थ्यकर्मीहरु बिरामी छुन नपरोस् भनेर टाढा टाढा भाग्न कोशिश गर्थे । तर उनीहरुलाई विस्तारै तालिम दियौं, सरकारले सम्झायो, परिस्थितिअनुसार उनीहरुले पनि बुझ्दै गए । अहिलेचाँहि देशभरि कोरोनाका बिरामी छन् र उनीहरुले उपचार पाइराखेको छन् । पहिला जस्तो डाक्टर नर्सहरु डराएका छैनन् । नीतिगत र आवश्यक पूर्वाधार उपकरणको तयारी त धेरै सुस्त बनेको थियो त्यसबाट तपाईंहरुले कति सिक्नुभयो ? हामीले निर्देशिका, कार्यविधि र गाइडलाइन बनायौँ । कोभिड–१९ को म्यानेज कसरी गर्ने, टेष्ट कसरी गर्ने, उपचार कसरी गर्ने भन्ने कुराहरु ग¥यौँ । ल्याबको क्षमतालाई ‘अपग्रेड’ गर्यौ । पहिले स्याम्पल हङकङ लगेर रोगको डाइग्नोसिस गर्नुपथ्र्यो । अहिले हामीसँग २२२५ हजार टेष्ट गर्ने क्षमता छ । १२१४ हजारको हामीले दैनिक पिसिआर टेस्ट गरेका छौं । अस्पताल बेडसँगै सुविधाहरु थप्यौँ । ६४९ पालिकातहमा ५ बेडको अस्पतालको व्यवस्था गर्यौ । त्यस्ता ठाउँमा १ जना डाक्टर र २ जना नर्स पठाएका छौँ । पहिलेका अञ्चलगत अस्पताललाई प्रादेशिक अस्पतालमा अपग्रेड गर्यौ । जिल्ला अस्पतालहरुलाई पनि अपग्रेड गरिरहेका छौं । संघीय अस्पताललाई पाँच सय बेड क्षमताको बनायौँ । यसरी क्षमता बढाइएका अस्पतालहरुमा आइसियु, भेन्टिलेटरहरुको व्यवस्था गर्यौं । संसारका विकसित देशहरुले पनि फ्रिमा टेस्ट गर्न सकेका छैनन् । नेपालमा सबै जनताहरुको लागि फ्रि मा टेस्ट र उपचार गरेका छौं हामीले सिक्दै गयौं । नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई पनि सिकायौँ । कोभिड–१९ को उपचार र इन्भेष्टिगेसन स्वास्थ्य मन्त्रालयले मात्र गर्न सक्दैन । यसमा धेरै पक्षकोसहयोग चाहिन्छ भनेर अरु मन्त्रालयहरुलाई पनि संलग्न गराएर काम अगाडि बढायौँ । प्रदेश र स्थानीय सरकारहरुलाई जिम्मेवार बनायौँ । स्वास्थ्यकर्मीहरुको व्यवस्थापनको काम अहिले पनि गरिराखेका छौँ । तपाईंले भनेको जति मात्रै काम कोभिड नियन्त्रणको लागि पर्याप्त हो त ? यिनै कामहरुलाई अलि उन्नत स्तरमा गरिरहेका छौँ । टेष्ट गरेर पोजेटिभ आउनेलाई आइसोलेसनमा राखेका छौ । बिरामीलाई अस्पतालमा भर्ना गरेका छौं । आइसोलेसमा घरमा बस्न नसक्ने संक्रिमितहरुलाई आइसोलेसन सेन्टरमा राखेका छौँ । बिरामीको अवस्था हेरेर आइसियु र भेन्टिलेटरको व्यवस्था गरेका छौं । स्वास्थ्यकर्मीलाई जोखिमभत्ताको व्यवस्था गरेका छौं । कोभिडले मृत्यु हुने नेपाल सरकारका स्वास्थ्यकर्मीको परिवारलाई २५ लाख रुपैयाँको व्यवस्था गरेका छौं ।लामो समय लकडाउनका बेला कोभिड संक्रमितको चाप थिएन । त्यो बेला पर्याप्त तयारी गर्नुपर्नेमा हुन सकेन । प्रवक्ताको रुपमा तपाईलाई स्वास्थ्य मन्त्रालयले कोभिडको नियन्त्रणमा के काम चाहीँ गज्जब गरेजस्तो लाग्छ ? प्रजातन्त्रमा अधिकार धेरै खोज्ने तर, कर्तव्य पूरा नगर्ने प्रवृत्तिले समाजमा कोरोना नियन्त्रण गर्नलाई अलि गाह्रो पर्यो प्रवक्ताको रुपमा भन्नुपर्दा नेपालले एकदमै राम्रो गरेको कामचाँहि टेस्टिङ हो । संसारका विकसित देशहरुले पनि फ्रिमा टेस्ट गर्न सकेका छैनन् । नेपालमा सबै जनताहरुको लागि फ्रि मा टेस्ट र उपचार गरेका छौं । योचाँहि नेपालको लागि धेरै राम्रो कुरा हो र कोभिड म्यानेजमेन्टको लागि यो ‘गेम चेञ्जर’ हो । नेपाल जस्तो गरिब देशले यसरी गरेको व्यवस्थापनबाट संसारका अरु देशले सिक्न सक्छन् । भर्खरै संघीयतामा गएको देशमा पालिकाहरुले जुन दुःखका साथ क्वारेन्टिनको व्यवस्था गरे राम्रो व्यवस्थापन नभए पनि यो सकारात्मक पक्ष हो । सिङ्गो विश्व कोरोना भाइरससँग लडिरहेको छ हरेक देशले केही भिन्न गर्ने प्रयासहरु गरिरहेका छन्, जस्तो ताइवानले सुरुमै कोभिडलाई नियन्त्रणमा लियो । नेपालले चार महिना लामो लकडाउन ग¥यो त्यसपछि निषेधाज्ञा पनि ग¥यो तर पनि संक्रमणको दर त भन् बढेर गयो नी ? तपाईंले ताइवानको नाम लिनुभयो । भियतनाम, थाइल्याण्ड, श्रीलंका, न्यूजिल्याण्ड, अष्ट्रेलियाको कुरा लिन सक्नुहुन्छ । हाम्रो जस्तो भूपरिवेष्ठित नभई जलपरिवेष्ठित हुँदा मान्छेहरु हिंडेर बोर्डर क्रस गर्न पाएनन् । श्रीलंका, हङकङ, अष्ट्रेलिया र न्यूजिल्याण्डमा विदेशबाट हिँडेरै मान्छे आउन सक्ने अवस्था थिएन । विमान र पानीजहाजमा जति मान्छे आए संख्या खुल्दा नियन्त्रण गर्न सहज भयो । कतिपय देशले बोर्डरमै क्वारेन्टिन राखे । स्पेनमा, इटालीमा, न्यूयोर्कमा ५० हजार मान्छे संक्रमित हुँदा ४५ हजारको ज्यान गयो । नेपालमा एक लाख हाराहारी संक्रमित हुँदा ६ सय हाराहारीको मृत्यु भएको छ । एकजना मात्रै मर्नु नराम्रो हो तर, तुलनात्मक रुपमा हाम्रो अनुपात धेरै कम छ जति मान्छे आए क्वारेन्टिनमा १४ दिन राख्दिए १४ दिन पछि त मान्छे पोजेटिभ भए पनि नेगेटिभ हुन्छ । नेगेटिभ नभएपनि रोग सार्दैन यदि नेगेटिभ रैछ भने नेगेटिभ नै रहिरहन्छ । भूपरिवेष्ठित देश र खुल्ला सीमा भएकोले नेपालमा जताबाट पनि मान्छे छिर्न सक्छन् । उत्तरतिर हिमाल भएकोले छिर्न अलि गाह्रो हो । रोजगारीका लागि भारत गएका नेपालीहरु फर्केर आउँदा रोग पनि सँगै लिएर आए । अर्काेचाँहि प्रजातन्त्रमा अधिकार धेरै खोज्ने तर, कर्तव्य पूरा नगर्ने प्रवृत्तिले समाजमा कोरोना नियन्त्रण गर्नलाई अलि गाह्रो पर्यो । ४ महिना लकडाउन भयो तर नियन्त्रण भएन भन्नेमात्र होइन । नेपालले महामारीविरुद्ध राम्रै काम गरेको छ । स्पेनमा, इटालीमा, न्यूयोर्कमा ५० हजार मान्छे संक्रमित हुँदा ४५ हजारको ज्यान गयो । नेपालमा एक लाख २५ हजार हाराहारी संक्रमित हुँदा ७ सय हाराहारीको मृत्यु भएको छ । एकजना मात्रै मर्नु नराम्रो हो तर, तुलनात्मक रुपमा हाम्रो अनुपात धेरै कम छ । लकडाउन सुरु हुँदा म कुनै अस्पतालको निर्देशक थिएँ । त्यो समय डाक्टरलाई कामै गराउँन गाह्रो थियो । एउटा बिरामीको म्यानेज गर्न पनि गाह्रो थियो । निर्देशकै गएर उपचार गर्नुपर्ला जस्तो थियो । पाँच ६ महिना बितिसक्दा सबैले अवस्था बुझेका छन् । स्वास्थ्यकर्मी, डाक्टर, नर्सहरुले फ्रन्टमा उभिएर काम गरिरहनुभएको छ । लकडाउन सुरुवात ताकाको जस्तो मानसिकता भएको भए अहिले संक्रमितहरुको उपचार हुन सक्ने थिएन । स्वास्थ्यकर्मीमा त्यस्तो मानसिकता नहुनु ठूलो उपलब्धि हो । नेपालको स्रोत, आर्थिक, शैक्षिक सामाजिक अवस्था हेर्दाेखेरी नेपालले गर्न सकेन भन्ने कुरा म मान्दिन । राम्रै गरेको छ तर यो भन्दा राम्रो गर्न सक्थ्यो की भनेर प्रश्न गर्न सकिन्छ । कोरोनासँग लड्नु एकातिर छँदैछ, अर्कोतिर हामी नै आपसमा लडिरहेका छौं । नेपालका खेलाडीहरु (सरकार, प्रतिपक्ष, नागरिक समाज, मिडिया सबै मिलेर लड्नुपर्छ । तर नेपालमा सरकारको विरोध गर्ने मसलाको रुपमा कोरोनापछिको सन्दर्भलाई व्याख्या गरियो । जुलुस, गाली, नारा र आलोचना गर्दा मज्जा मान्नेहरु पनि होलान् । तर, यस्ता कामले सरकारलाई कतिपय ठाउँमा काम गर्नलाई अप्ठेरो प¥यो । अप्ठ्योमा परेका बेलामा अनावश्यक दबाब दिन थाल्यो भने झन् काम गर्न सकिंदैन । भनेपछि विरोध भएपछि सरकारले काम गर्न सकेन भन्ने तपाईंको कुरा हो ? त्यसो भनेर सरकारको सधैं समर्थन गर्देउ भनेको होइन । अहिले त कोरोनको विरुद्धमा लडिएको थियो सबै मिलेर लड्नुपर्ने हो । मिडियाले लेख्ने र देखाउनुपर्ने हो । विपक्षी, नागरिक समाजमा पनि आ–आफ्ना दायित्व समाजप्रति हुन्छ नी होइन ? राज्यलाई सरकारलाई अरु विषयमा दबाब दिने कोरोनाको नियन्त्रण भएपछि हो । अहिले विजनेस धान्नका लागि प्राइभेट अस्पतालहरुलाई कोभिड पोजेटिभ बिरामी चाहिएको छ ।नन् कोभिडले मात्र अस्पताल चलाउँछु भनेर कुनै प्राइभेट अस्पतालले सोच्यो भने डेढ दुई वर्षभित्र या त त्यो अस्पताल बन्द हुन्छ या आफ्नै कारणले त्यो अस्पताल कोभिडका बिरामी लिन बाध्य हुन्छ तर, संकटको यो अवस्थामा सरकारलाई अनावश्यक दबाब दिने भूल भइरहेको छ । तर, यसको सजायँ विरोधीहरुलाई सरकारले भोग्ने भन्ने लाग्ला तर, यसबाट जनता र तपाईं हामीले सजायँ भोग्नुपरेको छ । निजी अस्पताललाई कोभिड उपचारमा सघाउँने काममा मन्त्रालयको कमान्ड चाँहि निकै कमजोर देखियो हाम्रो मन्त्रालयको क्षमता यो स्तरको थिएन की के भयो ? त्यो त म मान्दिन । कोभिड–१९ को पिसिआर टेष्ट मध्ये सरकारले ९० प्रतिशत र प्राइभेटको हिस्सा १० प्रतिशत छ । उपचार सरकारले ९५ प्रतिशत गर्दा प्राइभेटले ५ प्रतिशत गरेको छ । अब यो १० र ५ प्रतिशतको कुरालाई धेरै महत्व दिने की ९०, ९५ प्रतिशत भएको कुरालाई महत्व दिने ?यो महामारीका बेला प्राइभेट अस्पतालले सघाउँनुपर्छ । यस्ता अस्पतालहरुलाई बेड छुट्टयाउनेसहितका व्यवस्थापनका लागि आग्रह गर्दै आएका छौं । मैंले यस्तो आग्रह गर्दा केही मान्छेहरु रिसाएर आक्रामक पनि भए । मन्त्रालयमा बैठक हुँदा चर्काे चर्काे स्वरले बोल्ने पनि थिए । हाम्रो आग्रहमा उहाँहरु आक्रामक हुनुभयो । तर, अहिले विजनेस धान्नका लागि प्राइभेट अस्पतालहरुलाई कोभिड पोजेटिभ बिरामी चाहिएको छ । नन् कोभिडले मात्र अस्पताल चलाउँछु भनेर कुनै प्राइभेट अस्पतालले सोच्यो भने डेढ दुई वर्षभित्र या त त्यो अस्पताल बन्द हुन्छ या आफ्नै कारणले त्यो अस्पताल कोभिडका बिरामी लिन बाध्य हुन्छ । त्यसोभएर कोभिड विनाको अस्पताल अहिलेचाँहि कल्पना गर्न सकिँदैन । अनि औषधि खरिदको विषयमा पनि त सरकारको कमजोरी प्रष्टै देखियो नी होइन ? औषधि खरिदको बारेमा समस्या छैन । राम्रोसँग खरिद गरिराखेका छौँ । जस्तो ‘रेम डिसी विर’ औषधी अहिले ट्रायल मैं छ । यो फाइनल भएको मेडिसिन हैन । तर कोही बिरामी ट्रायलमा सहभागी हुन चाहने र डाक्टरले सिफारिस गर्छन् भने नेपाल सरकारले निशुल्क दिइराखेको छ । संसारमा अरु देशले यो औषधी निशुल्क दिएका छैनन् । तर, नेपालले त निशुल्क दिइराखेको छ । जनताको लागि त त्यो राम्रो कुरा हो । र अन्य औषधिहरु पनि नेपाल सरकारले राम्रोसँग किनिराखेको छ । स्वास्थ्य सामग्री मगाउँदा केही समस्या आए तर, त्यस्ता समस्या नियतभन्दा व्यवस्थापनमा कमजोरी हुनाले भएका थिए । औषधिजन्य सामग्री नभएर बिरामीहरु मर्ने अवस्था छैन । पहिले यस्ता सामग्रीको संकट भएको भनिएको बेलामा कसैको मृत्यु भएन । सरकारले तदारुकताका साथ काम ग¥यो, सरसामानहरु मगायो । स्वास्थ्य सामग्री मगाउँदा केही समस्या आए तर, त्यस्ता समस्या नियतभन्दा व्यवस्थापनमा कमजोरी हुनाले भएका थिए । जुन संस्था सामान किन्नको लागि खडा भएको छ उसैले किनिरहेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले यो सबै काम गरेको छ । यो कुरा मन्त्रालय आइपुग्दैन तलबाटै हुन्छ । कतिपय मान्छेहरुले चाहीँ यस्तो विषयमा मन्त्रालयको क्षमता नभएको भनेर आरोप पनि लाउने गरेका छन् नी ? कोभिड–१९ का बारेमा मान्छेहरुलाई थाहा नहुँदा यस्तो भन्नेहरु थिए । संसारभरि सामानको अभाव थियो । जर्मनी लाने भनेर राखेको सामान बैङ्कको एरपोर्टबाट उठाएर अमेरिका लगिएको थियो । रोग विश्वभर फैलंदा यस्ता सामग्रीका अभाव संसारभर थियो । व्यवस्थापनमा अलिकति अनुभवको कमी भयो होला । म मन्त्रालय आएको नै अहिले चार महिना पूरा भयो । त्यसपछिका अहिलेसम्म औषधी र स्वास्थ्य सामग्री किनेर ल्याउनमा समस्या भएको छैन । स्वास्थ्य मन्त्रालयसँग क्षमता नभएको भए यो काम कसरी हुन्थ्यो र ? तर, संक्रमितको संख्या हजारौका दरले बढ्दा स्वास्थ्य मन्त्रालयको क्षमता धान्दैन र काम गर्न पनि सक्दैनन् भन्ने आरोप छ नी ? अहिलेसम्म कसले व्यवस्थापन गरेको छ ? स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गरेको छ । यो आरोप हो आरोपमा म दुखी छैन । किनकी पहिला नेपालमा बोल्न पाउँने व्यवस्था थिएन । अहिले मिडियाले बोल्न पाएका छन् । अरु विचार राख्ने मान्छेले बोल्न पाएका छन् । यो प्रजातन्त्रको मिठास हो । प्रजातन्त्र ल्याउन हामी सबै लडेका थियौ । अहिले मान्छेहरुले विरोध गर्दा, बोल्दा मलाईचाँहि धेरै खुशी लाग्छ । बोल्न पाउनुपर्ने अधिकारका लागि लड्ने मान्छेहरुमध्ये म पनि एक हो । त्यसोभएर म यो आरोपमा खुसी नै छु यसमा सत्यता नभएपनि म दुखी छैन । कतिपय मन्त्रालयले गरेको काममा जस्तो सि.सि.एम.सि.को भूमिकाले पनि तपाईलाई स्वतन्त्र रुपमा काम गर्न नपाएको हो कि भन्ने आशंका पनि उत्पन्न हुन्छ यसबारे केही भन्नुहुन्छ ? यो रोगको प्रकृति अनुसार बुभ्mनुपर्ने हुन्छ । यो हैजाको व्यवस्थापन गरेको हैन । यो कोभिड–१९ को व्यवस्थापन गरिएको हो । यसमा धेरै क्षेत्रको समन्वय चाहिन्छ । बोर्डर कन्ट्रोल गर्ने कुरा गृहले गर्दछ । यातायातको कुरा यातायात मन्त्रालयले गर्छ । हवाइको पर्यटन मन्त्रालयले गर्दछ, पैसाको व्यवस्थापन अर्थ मन्त्रालयले गर्दछ । त्यसैले धेरैवटा मन्त्रालयहरु सहभागी नभइकन यो स्वास्थ्य मन्त्रालयले मात्र गर्न सक्ने काम होइन । यस्ता काममा अरु मन्त्रालयहरुलाई पनि संलग्न गराउँदा स्वास्थ्य मन्त्रालय कतै छायामा परेको हो की भनेर मानिसहरुलाई लाग्न सक्छ । तर, हामीले काम नगरेको भन्नेमा सत्यता छैन । कोभिडले संकट पार्दै लाँदा सरकार अप्ठ्यारोमा पनि प¥यो निजी अस्पतालहरु ढोकामा ताल्चा लगाएर बसे । यस्तो परिस्थितिमा निजी अस्पतालप्रति तपाईंको बुझाई आग्रह वा पूर्वाग्रह के छ ? सबै होइन केही निजी अस्पताल सधैं सहयोगी थिए र आज पनि छन् । केही अस्पतालहरु अप्ठेरोमा परेका होलान् । उनीहरुको पनि विजनेस घटेको छ । मान्छेहरु भन्छन् अहिले औषतमा २०२५ प्रतिशतमात्र व्यापार भएकोले उहाँहरुलाई तलब खुवाउन र दैनिक प्रशासन चलाउन केही गाह्रो परेको होला । तर, यस्तो गाह्रो नेपाल सरकारको कारणले परेको होइन । कोभिडले संसारभरि यस्तो समस्या सिर्जना गरेको छ । निजी अस्पतालहरुले केही समय सहयोग गर्नुभएन । सहयोग नगरेपनि सरकारले आफ्नो काम गरिराख्यो । कोभिडको प्रकोपले निजीभन्दा सरकारी स्वास्थ्य संस्था नै नेपालमा बढी सान्दर्भिक र आवश्यक छ भन्ने प्रमाणित भएको छ । अहिलेचाँहि सरकारले भनेर मात्र होइन अन्तर्राष्ट्रिय परिस्थिति पनि बुझ्नुभयो । कोभिड विना अब हाम्रो विजनेस चल्दैन भन्ने महसुुुस प्राइभेट अस्प्तालहरुले गरेका छन् । कतिपयले त कोभिड वार्ड सञ्चालन गर्नुभएको छ । आइसियुमा बिरामी राख्नुभएको छ । त्यसको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय धन्यवाद दिन्छ । तर उनीहरुको सेवा एकदमै महंगो भयो भन्ने कुरा उठेको छ । नेपालीहरुको क्षमताले नधान्ने गरी महंगोमा उपचार गरिरहेको भन्ने आएको छ । हाम्रो गुणस्तर मापन तथा नियमन महाशाखाले अनुसन्धान गर्दैछ यसको प्रतिवेदनपछि मन्त्रालयले कारवाहीको प्रक्रिया अघि बढाउँछ । स्वास्थ्य संकटकालको अवस्था सिर्जना हुँदा काम नगर्ने र सरकारलाई साथ नदिने निजी क्षेत्रका हस्पिटलहरुलाई मन्त्रालयले किन कारवाही गर्न सकेन ? ती अस्पताल चलाउने हाम्रै नेपाली दाजुभाई दिदीबहिनी हुन् । उपचारका लागि त्यहाँ पनि बिरामीको एक हिस्सा गैरहेको छ । उहाँहरुसँग हाम्रा कतिपय विषयमा फरकमत छन् विमतिहरु छन् । उहाँहरुले नेपाल सरकारको स्वीकृति लिएरै अस्पताल चलाएको हो । उहाँहरुले गर्ने काममा कहीँ चुकेको भन्ने कुरा पनि छ । तर, कोभिड महामारीका बेला हाम्रो ध्यान नेपालीको ज्यान बचाउनमा धेरै केन्द्रित भएको छ । हाम्रो लकडाउनको तरिकाले राम्रो नतिजा ल्यायो । धेरै संक्रमित हुँदा थोरैको मात्रै मृत्यु हुनुले यही पुष्टि गर्छ कसले कहाँ गल्ती र कमजोरी गरेका छन् उनीहरुको मूल्याङ्कन निरन्तर गर्दै जान्छौं । तर राज्य मुकदर्शक भएर बस्दैन । कोभिडको प्रकोपले निजीभन्दा सरकारी स्वास्थ्य संस्था नै नेपालमा बढी सान्दर्भिक र आवश्यक छ भन्ने प्रमाणित भएको छ । प्रभावकारी रुपमा स्वास्थ्य संस्था चलाउने वातावरणको लागि के काम हुँदैछ ? स्वास्थ्य मन्त्रालयले एउटा स्वास्थ्य प्रात्यायन प्राधिकरण हेल्थ ऐग्रिडिटेसन बोर्ड बनाउने तयारीलाई अघि बढाएको छ । नेपाल सरकारबाट स्वीकृतिको चरणमा छ । त्यसपछि संसदमा यो विधेयक अघि बढ्छ । नेपालमा प्राइभेट हुन या सरकारी हुन् सबैले मानवउचित स्वास्थ्य सेवा दिनुपर्छ । गुणस्तरीय हेल्थ सर्भिस सबैले दिनुपर्छ । सरकारी होस या प्राइभेट त्यसले सेवा दिन सकेन भने त्यसको दर्ता काम गर्ने प्रकृया खारेज हुन्छ । यो विषय नेपाल सरकारको नीति तथा कार्यक्रमभित्र पनि आएको छ । त्यसको लागि बजेटको पनि व्यवस्थापन भएको छ । कुन हस्पिटलले कसरी काम गरिराछ ? हामीसँग डकुमेन्टस र प्रमाणहरु छन् । म स्वास्थ्य समन्वय महाशाखाको प्रमुख पनि भएको हुनाले यसका गुनासाहरु सबैभन्दा पहिला सुन्ने म नै हो । मेरो नम्बर सबै जनताहरुलाई थाहा छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ताको मोवाइन नम्बर सबैलाई दिइएको छ । मकहाँ गुनासाहरु, जिज्ञासाहरु आइरहेका छन् । त्यसलाई हामीले व्यवस्थापन गर्छाैँ । जनताको स्वास्थ्यको खातिर सरकारले गर्नुपर्ने कामहरु राम्रोसँग गर्दछौ । कोरोना यति धेरै बढिराछ की काठमाडौंमा त नियन्त्रण गर्न नै गाह्रो परिरहेको छ । बढ्दो प्रकोप नियन्त्रमा सरकार कहाँ चुक्यो ? पटकपटकको लकडाउनले मात्रै समाधान दिन्छ त ? कोभिड–१९ को साइन्स बुभ्mनु प¥यो । यो कोभिडले आफैं हावाबाट उडेर लाग्ने रोग होइन । बोल्दा, हाच्छ्यु गर्दा वा खोक्दा वा उसले प्रयोग गरेका सामानहरु प्रयोग गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने हो । मान्छेहरु घरमै बस्दिए भने एक आपसमा धेरै भेट हुँदैन । यस्तो हुँदा रोग सर्ने जोखिम कम हुन्छ । मानिसहरु घरमा बस्नभन्दा बाहिर निस्कने क्रम बढेपछि पटकपटक लकडाउन गरिएको हो । स्वास्थ्यकर्मी, पूर्वाधार र औषधीजन्य सामानको तयारीको लागि पनि केही समय लकडाउन गर्नु परेको हो । सरकारले मान्छेहरुलाई जसरी नियन्त्रण गर्नुपथ्र्यो कतै नियन्त्रण गर्ने क्रममा एकाध ठाउँमा कहिँनेर कमी कमजोरी भएका हुन् की ? स्वास्थ्य मन्त्रालयले व्यवस्थापन पनि त गर्नुप¥यो डाक्टर, नर्स, औषधि, जाँच गर्ने सामग्रीको, रि एजेन्टको व्यवस्थापन गर्नलाई पनि केही समय लकडाउन गर्न परेको थियो । हाम्रो लकडाउनको तरिकाले राम्रो नतिजा ल्यायो । धेरै संक्रमित हुँदा थोरैको मात्रै मृत्यु हुनुले यही पुष्टि गर्छ । सबैले मास्क लगाएर दुई मिटर दुरी कायम ग¥यो भने त यो रोग सर्दै सर्दैन । हामीले नियमित सुसुचित गराएकै छौं तर खै त मान्छे सचेत भएको छ ? मेरै उमेरको म जस्तै विशेषज्ञ साथीको कोभिडकै कारण मृत्यु भयो । संसारभरि झण्डै ११ लाख बढी मान्छेको मृत्यु भइसक्यो । तर पनि मान्छेहरु यो उब्जाइएको रोग हो भनेर गफ दिन्छन् । त्यस्ता मान्छेहरुले पनि केही वातावरण धमिल्याएका छन् । सरकारले आफ्नो काम गर्न छोड्नु हुँदैन । जथाभावी बोल्नेलाई नियन्त्रणमा लिएर केरकार गराएर पनि छोडिएको छ । तर मलाई लागेको कुरा के छ भने सरकारले मान्छेहरुलाई जसरी नियन्त्रण गर्नुपथ्र्यो कतै नियन्त्रण गर्ने क्रममा एकाध ठाउँमा कहिँनेर कमी कमजोरी भएका हुन् की ? स्वास्थ्य मन्त्रालयलाई यो महसुस भएकै छ । किनभने जे पायो त्यही बोल्ने मान्छेलाई तुरुन्त पक्रेर थुन्नुप¥यो नि त । त्यस्तोमा चाहीँ रिक्वेष्ट गर्नुपर्ने, लेख्नुपर्ने चिठी त्यस्तो भएको छ । बढी मूल्य लिएर सेवा दिनेहरुलाई पनि बाणिज्य विभागले कार्यवाही गरीहाल्नुपर्नेमा पनि कहीँ कहीँ अलिकति ढिलाई भएको छ । सरकारले गरेको लकडाउनको शैली र जनताको बुझाईमा फरक परेको हो ? जनताले राम्रोसँग सहयोग गर्नुभएको छ । जनताको सहयोगविना यति सफल हुने थिएन । सफल त भयो नि । यो भन्दा अझ बढी राम्रो गर्न सकिने ठाउँ नै नभएको होइन । सरकारी क्षेत्रबाट पनि कहीं कहीं कमीकमजोरीहरु भएका छन् । क्वारेन्टिन आइसोलेसनको व्यवस्थापन गर्ने कुरामा, गाउँ पलिकाहरु, नगरपालिकाहरुको गतिविधिमा अलि कमजोरी भएको छ । जनस्वास्थ्यका मापदण्डबिना कोभिड नियन्त्रण गर्न सकिँदैन । यो सरकारले मात्रै गरेर सम्भव छैन । सबैले मिलेर यसको विरुद्धमा लड्नुपर्छ र जित अवश्य पनि हाम्रो हातमा छ । अहिले काठमाडौं भ्यालीभित्र भन्नुहुन्छ भने अरु नगरपालिको दाँजोमा काठमाडौं नगरपालिकामा अलि ढिलो भएको छ । एकदमै धेरै जनसँख्या भएकोले महानगरपालिकाभित्र अघि गाह्रो भएको हो । कमी कमजोरी भए सुधार्दै जानुपर्छ । अहिले ७५३ पालिका मध्ये ५२० पालिकामा एउटा पनि बिरामी छैनन् । संक्रमितहरु घना बस्ती भएका सहरी क्षेत्रमा धेरै छन् । जनस्वास्थ्यका मापदण्डबिना कोभिड नियन्त्रण गर्न सकिँदैन । यो सरकारले मात्रै गरेर सम्भव छैन । सबैले मिलेर यसको विरुद्धमा लड्नुपर्छ र जित अवश्य पनि हाम्रो हातमा छ । कोभिडको जोखिम कम गर्न अब स्वास्थ्य मन्त्रालयको आगामी योजना र प्रयास के के हुन्छन् ? हामीले अहिले अपनाएको टेष्टिङ र पोजेटिभ आउनेलाई आइसोलेट गर्ने हो । लक्षण नदेखिएकालाई घरमैं बस्न भनिएको छ । लक्षण देखिनेलाई अस्पताल भर्ना गर्ने हो । तर, कोभिडको खास उपचार छैन । हामीले गर्ने उपचार भनेको ‘सपोर्टिभ ट्रिटमेन्ट’ हो । बाच्नलाई सहयोग गर्ने हो । बिरामीलाई रोगसँग लड्ने इम्युनिटी पावर बढाउँदै लाने हो । सपोर्टको लागि स्वास्थ्य मन्त्रालयले पर्याप्त काम गरेको जस्तो लाग्छ तपाईंलाई ? हामीले राम्रोसँग काम गरेका छौँ । अहिले स्वास्थ्य मन्त्रालयले मात्रै एक्लै गरेर हुने होइन । प्रदेश सरकार, पालिकाहरु छन् र कति ठाउँमा लोकल सपोर्ट अलि पाइएको छैन । त्यस्ता ठाउँमा अलि समस्या परेको छ । तर समग्रमा भन्दा हामीले राम्रोसँग काम गरेका छौँ । हामीले पनि राम्रोसँग सहयोग पनि पाइराखेका छौँ । विश्वका केही देशहरु कोभिड विरुद्धका भ्याक्सिनलाई अन्तिम रुप दिन लागिरहेका छन् नेपालको निजी क्षेत्रले भ्याक्सिन पनि बुक गरिसकेको छ । अरु निजी क्षेत्र पनि प्रतिस्पर्धामा छन् तर सरकार आफैंलेचाँहि भ्याक्सिन ल्याउने अग्रसरता किन नदेखाएको ? यो भ्रमपूर्ण बुझाई हो । नेपालको विद्यमान कानुनले नेपाल सरकारबाहेक अरु कसैले पनि भ्याक्सिनको व्यवस्था गर्न सक्दैन । हामीले ३४ महिना अगाडिबाट नै भ्याक्सिनको उपलब्धताको लागि काम गरिरहेका छौं । मन्त्रालयमा त्यो काम गर्ने महाशाखा नै मेरो महाशाखा हो । हामीले त्यो काम गरिरहेका छौँ । हामीले भ्याक्सिनको लागि अन्तर्राष्ट्रिय संस्था गाभी र विश्व स्वास्थ्य संगठनको समन्वयमा कोभ्याक्स फ्यासिलिटिमा हामीले एप्लाइ गरेका छौँ । त्यो भनेको कोभिडको भ्याक्सिनको एउटा फ्यासिलिटि हो । त्यसले नेपालको २० प्रतिशत जनसंख्यालाई भ्याक्सिन दिने भएको छ ।जुन भ्याक्सिन पहिला आउँला विश्व स्वास्थ्य संगठनले ओके गर्ला त्यो भ्याक्सिन चाहीँ नेपाल आउने हो । हामी आफैले मगाउँने होइन । त्यो २० प्रतिशतका लागि हुनेछ । त्यो २० प्रतिशत भनेको ६० वर्ष पुगेका वृद्धवृद्धा, अन्य क्रोनिक रोग लागेकाहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु जो–जो फ्रन्टलाइनमा खटेर काम गर्दछन् उनीहरुको लागि हो । बाँकी रहेको ८० प्रतिशतको लागि त्यो किन्नुपर्ने हुन्छ । त्यसको लागि नेपाल सरकारले खोप कोषमा पैसा जम्मा गर्नको लागि अहिले हामी होमवर्क गरिराखेका छौ । खोप पाउनका लागि अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति जनाइसकेका छौं । अहिलेसम्म एउटा पनि खोप तयार भएको छैन । तयार नभएको खोप कहाँबाट ल्याउने कसैले कुनै देशसँग सम्झौता गरे रे भन्ने मैले पनि मिडियामा देखेको सुनेको हो । त्यो तरिकाले नेपालमा भ्याक्सिन आउँदैन । त्यो चाहीँ विल्कुल गलत र फरक पाटो हो । हामीले पहिलेदेखि भनेको जस्तै आजका दिनमा यो रोगले तत्काल छोडेर जानेवाला छैन । जबसम्म भ्याक्सिन सजिलै उपलब्ध हुँदैन तबसम्म हामीले केही वर्ष कोभिडसँगै बाँच्नुपर्छ सरकारले १२१४ वटा भ्याक्सिन अहिले उपलब्ध गराएको छ । इन्क्रुडिन हेपटाइटिस बि को भ्याक्सिन, पाठेघरको मुखको क्यान्सरको विरुद्धमा लगाउँने खोप पनि २०२३ बाट नेपालमा उपलब्ध गराउने भनेर हामी लाइनमा छौं । अरु खोप ल्याइरहेको सरकारले कोभिड–१९ को लागि नगर्ने भन्ने छैन । तर के हुन सक्छ भने काम गर्दे जाँदा जसले किनेर लगाउँन सक्छन उनीहरुले किनेर लगाउँने पनि वातावरण बन्न सक्छ । जसले सक्दैनन् उनीहरुलाई हामीले लगाइदिनुपर्छ भनेर होमवर्क भइरहेको छ । यो निजी क्षेत्रले जसरी भ्याक्सिन ल्याउने भनिराछ त्यो आउला कि के हुन्छ ?निजी क्षेत्रले भ्याक्सिन ल्याउने विषय अहिलेसम्म गफ मात्रै हो । नेपाल सरकारले अनुमति दियो भने मात्रै ल्याउला । सरकारले अहिलेसम्म अनुमति दिएको छैन । अबको काम गर्ने मोडेल केही फरक हुन्छ की ? अबको काम गर्ने मोडालिटि भनेको अहिलेसम्म गरेको कामको मूल्याङ्कन गर्दै हामीले गरेका राम्राँ कामहरुलाई अझै प्रभावकारी बनाएर जाने हो । कोभिड एक दुई महिना तीन चार महिनामा ठीक होला भन्ने मानिसहरुलाई भ्रम थियो । तर मैंले सुरुदेखिनै भनेको थिएँ यो कोभिडले २४ वर्ष हामीलाई छोड्दैन । यसकारण कोभिडबाट सिर्जित समस्याका लागि अल्पकालीन मात्रै होइन दीर्घकालीन योजना बनाउनुपर्छ । स्वास्थ्य मन्त्रालयमा आउनु अगाडिदेखि नै मैंले यस्तो विचार राख्दै आएको थिएँ । यो रोग अहिले पाण्डेमिक छ भविश्यमा यो इन्डेमिक हुन्छ । इन्डेमिक भनेको समुदायमा बसिराख्छ मौका पुग्यो कि बढ्छ । जस्तो टि.बि. रोग जस्तो यो रहन्छ भन्ने कुरा मैले पूर्वानुमान गरेको थिएँ । अवस्था त्यस्तै रहन्छ । त्यतिबेलादेखि नै हामीले के भनेका थियौ–यसको बारेमा अली अध्ययन चाहिन्छ, अलि धैर्यता पनि चाहिन्छ र म्यानेज गर्दै जानुपर्छ । हामीले पहिलेदेखि भनेको जस्तै आजका दिनमा यो रोगले तत्काल छोडेर जानेवाला छैन । जबसम्म भ्याक्सिन सजिलै उपलब्ध हुँदैन तबसम्म हामीले केही वर्ष कोभिडसँगै बाँच्नुपर्छ । डि.पि.टी., पोलियो, मिजसको भ्याक्सिन पनि धेरै वर्ष लागेर बनेको हो । यस अघिका रोग नगए जस्तै यो रोग पनि बसिरहन्छ । भनेपछि नागरिक तहले कसरी सामना गर्ने त ? अझै केही वर्ष यो रोग रहने हुनाले हामीले हाम्रो बानी व्यहोरामा परिवर्तन गर्नुपर्छ । सरकारले गर्ने काम त गर्छ । तर सरकारले मात्र गरेर यो रोग नियन्त्रण हुँदैन । मास्क लगाउने, दुरी कायम गर्ने, हात मिलाउँने, हगिङ गर्ने कुराहरु छोड्नुपर्छ । भीडभाडजन्य गतिविधि गर्नुहुन्न । एक सय प्रतिशत पि.सि.आर. भन्दै बालुवाटारमा बाहिर सरकारको विरोध गर्ने नाउँमा जुलुस गर्ने, मत्स्यन्द्रनाथको रथ तान्ने बेलामा गरेजस्तै अहिले पनि कोही डाक्टरको विरोधमा कोही डाक्टरको समर्थनमा जुलुसहरु गरिराछन् । यस्तो कुराहरु तुरुन्त रोक्नुपर्छ । परिस्थितिलाई जनताले पनि साथ दिनुपर्छ । यसो गरियो भने हामीले अहिलेकै मोडालीटिलाई परिष्कृत गर्दै यसलाई रोक्न सक्छौ । सरकार र स्वास्थ्यमन्त्रालयले चाँहि अब के गर्छ त ? उपचार नहुन्जेल गर्ने भनेको ‘सपोर्टिभ ट्रिटमेन्ट’ हो । हामी यसको मोडालिटिलाई थप उन्नत बनाएर जानुपर्छ भन्नेमा छौं । आइ.सि.यु. , भेन्टिलेटरहरु बढाउँनुपर्छ, औषधी सजिलै उपलब्ध गराउनुपर्छ । मेनपावरलाई ट्रेन गर्नुपर्छ । कोभिडविरुद्ध सबै मिलेर लड्नुपर्छ । कमान्डरले भनेपछि सबैले होस्टेमा हैंसे थप्नुपर्छ । तर, नेपालमा दुःखको कुरा पक्ष, प्रतिपक्ष, नागरिक समाज मिडिया भनेर एक आपसमै हिट गरिराको छ । यो कुराहरु गर्न छेड्नुपर्छ अगाडि बढ्नुपर्छ अनि नियन्त्रण हुन्छ ।