NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कुटपिट गर्नेलाई पक्रन कांग्रेसमा माग

नेपालवाच । प्रमुख प्रतिपक्षी दल कांग्रेसले कांग्रेस बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टलाई निर्घात कुटपिट गर्नेमाथि कारवाही गर्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी असोज २८ मा निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाइएका घटनाका दोषीलाई फक्रेर कारवाही गर्न माग गरेका हुन् । घटना घटेको दुई दिन बितिसक्दा पनि विष्टलाई कुटपिट गर्ने आपराधिक मनोवृत्तिका व्यक्तिहरुलाई राज्यले कुनै पनि कार्वाही नगर्नुलाई कांग्रेसले दुःखद भनेको छ । गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधि माथि गरेको कुटपिटको यो घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कार्वाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।