NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कांग्रेसका प्रभावशाली यूवा नेता फेरि जुट्लान वा फुट्लान ?

कोरोना भाइरस (कोभिड–१९) को महामारी नभएको भए कांग्रेसलाई यतिखेर १४ औं महाधिवेशनको राप र तापले छपक्कै छोप्ने थियो । आन्तरिक भद्रगोलकाबीच कोभिडको कहरले महाधिवेशन केही समयपछि धकेलिएको छ । फागुनमा घोषणा भएको महाधिवेशन समयमा नहुने पक्का जस्तै भएको छ । यस्तोमा विशेष अवस्थाको थप एक वर्षको सुविधा पनि सभापति शेरबहादुर देउवाले लिइसकेका छन् । अब फागुनबाट बढीमा २०७८ भदौसम्म १४ औं महाधिवेशन कुनै पनि हालतमा गर्नैपर्ने हुन्छ । महाधिवेशनको समय केही पर जस्तो देखिए पनि कांग्रेसमा नेतृत्वका लागि दाबेदारहरु खुल्न थालेका छन् । सभापति पदका लागि संस्थापनमा देउवालाई चुनौती दिने गरी उपसभापति विमलेन्द्र निधि अघि बढेका छन् । पूर्व संस्थापनमा सभापतिका लागि आकांक्षीको ताँती छ । नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, डा. शेखर कोइराला प्रमुख दाबेदार देखिइरहेका छन् । आफूहरु पनि अरु नेताहरु जत्तिकै निरन्तर सक्रिय रहेको भन्दै अर्जुननरसिंह केसीदेखि डा. रामशरण महतसम्मले सभापतिमा योग्यता पुग्ने बताइरहेका छन् । गुटगत राजनीतिको प्रभावले पुराना नेताको होड पार्टी संगठनमा छ । तर, सँगै युवा नेताहरुप्रति आकर्षण र भरोसा पनि कार्यकर्ता पंक्तिमा उत्तिकै देखिन्छ कांग्रेसमा १३ औं महाधिवेशनयता आफूलाई छुट्टै विचार विचारसमूहका रुपमा सिटौला पक्षको दाबी छ । यो समूहका नेताका रुपमा कृष्णप्रसाद सिटौलाको दाबी सभापतिमैं देखिन्छ । तर, उनले खुलेर अरुले जस्तो दाबेदारी दिइरहेका छैनन् । यो समूहसँगै अहिलेसम्म युवा नेताहरु गगन थापा र प्रदीप पौडेल पनि जोडिइरहेका छन् । उमेरमा पनि अलि पाका र कांग्रेसमा सदावहार शक्तिमा रहेका पुराना नेताको दाबेदारी एकातिर छ । सँगै अर्कोतिर नयाँ पुस्तामा आशा र भरोसा गरिएका यूवा नेताहरु प्नि कांग्रेसमा नेतृत्व हत्याउन उत्तिकै दावी गरिरहेका छन् । गुटगत राजनीतिको प्रभावले पुराना नेताको होड पार्टी संगठनमा छ । तर, सँगै युवा नेताहरुप्रति आकर्षण र भरोसा पनि कार्यकर्ता पंक्तिमा उत्तिकै देखिन्छ । महाधिवेशन नजिकिएसँगै प्रभावशाली युवा नेताहरु कता लाग्छन् भन्ने चर्चा सुरु हुन थालेको छ । कांग्रेसका लागि मात्रै नभएर नेपालको सिंगो राजनीतिक वृत्तमा चर्चित अनुहार कता लाग्छन् भन्ने विषयलाई निक्कै चासो पूर्वक हेरिएको छ । पुराना नेताहरुको काम गराईको शैलीले पाटीपर्् ओरालो लागेको भन्दै उनीहरुले युवा नेताहरुले अब नेतृत्वको लागि हस्तक्षेप गर्नुपर्ने गरी सामूहिक अवधारणा पनि अघि बढाएका थिए । पार्टी सुधारका कार्यक्रम उठाएका यी चर्चित नेताहरुले महाधिवेशनको सम्भावित समीकरणलाई नै प्रभाव पार्ने भएकोले पनि उनीहरुले नीतिगत सुधारमा मात्र केन्द्रित हुन्छन् की नेता छान्ने दौडमा आफूहरुलाई पनि निर्णायक बनाउँछन् भन्ने विषयलाई निक्कै चासोपूर्वक हेरिएको छ । जुट्न खोजेका यूवा नेता फेरि बाँडिए आफ्नै पार्टीको नेतृत्वमा संविधान जारी भएपनि निर्वाचनमा कांग्रेसले नमिठो पराजय बेहोरेपछि युवा नेताहरुले ‘जनअपेक्षा अनुरुप काम गर्न नसक्दा पार्टी पराजित हुनु परेको’ निष्कर्ष निकालेका थिए । ५१ पृष्ठ लामो यो अवधारणा २०७५ साल वैशाखमा बसेको केन्द्रीय समितिको बैठकमा पेश भएको थियो । सोही वर्षको असारमा हेटौडामा भएको सभापति भेलामा प्रस्तुत गरेको प्रतिवेदनमा पार्टी सुधारको अवधारणा ल्याए । महासमितिमा त्यसैलाई परिमार्जन गरेर प्रस्तुत गरे पनि त्यसपछि भने यूवा नेताहरुले सामूहिक रुपमा यस्ता राजनीतिक विषयलाई अघि बढाएका छैनन् । यसरी जुट्ने नेताहरुमा डा. चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, गुरु घिमिरे, बद्रि पाण्डे, कमला पन्त, रत्ना शेरचन, रामकृष्ण यादव, जीवन परियार, सरिता प्रसाईं र किरण यादव थिए । यो टिममा थापा र पौडेल मात्र पौडेलसमूह बाहेकका हुन् । तर, संस्थापन इतरसमूहमा पनि यी सबै नेताहरु एक ठाउँमा छन् । राजनीतिमा दुईथरी विषय हुन्छन् नीति र नेतृत्व । १४ औं महाधिवेशनमा अब परम्परागत गुटबन्दी भत्कँदैछ । नयाँ गुटबन्दी सिर्जना हुँदैछ । यस्तोमा जो जता पनि पुग्न सक्छ वर्तमान सभापति शेरबहादुर देउवाको काम गराईको शैलीसँग यी सबै नेताहरुको सामूहिक असन्तुष्टि छ । यस्तो भावनाले पनि देउवाविरुद्धको मोर्चामा यी सबैलाई एकठाउँमा जोड्न सक्छ । यो अभियानको सुरुवातमा अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि सहभागी थिए । पार्टी प्रवक्ता भएपछि उनले भने यो टिमलाई छोडिदिए । केन्द्रीय समिति, हेटौडाको सभापति भेलामात्र होइन महासमिति बैठकमासमेत उनीहरुले पार्टी सुधारको अवधारणालाई प्रस्तुत गरे । तर, अब महाधिवेशनले छोप्दै लाँदा भने युवा नेताहरुले सामूहिक सक्रियता देखाएका छैनन् । तर, युवा नेताहरु पार्टीमा हुने नेतृत्वको लडाईं एकातिर भए पनि नीतिगत सुधारका लागि फरक गुटमा भए पनि आफूहरु एक ठाउँमा उभिने दाबी गर्छन् । ‘राजनीतिमा दुईथरी विषय हुन्छन् नीति र नेतृत्व । १४ औं महाधिवेशनमा अब परम्परागत गुटबन्दी भत्कँदैछ । नयाँ गुटबन्दी सिर्जना हुँदैछ । यस्तोमा जो जता पनि पुग्न सक्छ’ युवा नेता गुरु घिमिरे नेपालवाचसँग भन्छन्, ‘तर, पार्टीलाई कस्तो बनाउने भन्नेमा हाम्रो मतभेद हुँदैन । प्रतिस्पर्धाको मैदानमा नयाँ गुटबन्दी हुँदा हामीहरु आफ्नो ढंगले हिंड्न सकौंला । तर, नीतिगत रुपमा एकठाउँमा उभिन्छौं ।’ अर्का युवा नेता प्रदीप पौडेलले पार्टी सुधारको नीतिमा नेताहरु प्रतिवद्ध हुन जरुरी रहेको बताए । ‘हामीले कुनै नेताको गुट सोचेर यो अवधारणा अघि सारेका होइनौं । पार्टी सुधार हुनुपर्छ भन्ने मुद्दामा सबै गुटका नेताहरु अटाएका छन् । हाम्रो अवधारणा नेतृत्वसँग जोडिंदै जोडिदैन भन्ने होइन’ पौडेल नेपालवाचसँग भन्छन्, ‘मुद्दा उठाएपछि कसले हाम्रो मुद्दा ‘वन’ भन्ने विषय महत्वपूर्ण हुन्छ । भोटका लागि नभई तिमीहरुका मुद्दामा प्रतिवद्ध छु सैद्धान्तिक रुपमा प्रष्ट जान तयार छु भने हामीलाई आपत्ति छैन । हाम्रै साथीहरु पनि मुद्दामा सँगै हुने तर नेतृत्वको सवालमा नहुने भन्ने हुँदैन ।’ चर्चित युवा नेताहरु तीनतिर ? साढे चार वर्ष अघि १३ औं महाधिवेशन हुँदा प्रभावशाली युवा नेताहरु मुख्य गुटमा बाँडिएका थिए । युवा नेता गगन थापा सिटौला गुटबाट महामन्त्रीमा भिडे । नेता विश्वप्रकाश शर्मा देउवा गुटमा रहे । १३ औं महाधिवेशनयता प्रदीप पौडेल सिटौला समूहमा छन् । अब के गर्लान् ? कांग्रेसमा संगठन सुधारका लागि थोरैमात्रै बहस हुन्छ । निर्वाचनमा पराजय बेहोरेपछि महासमिति बैठक भए पनि यसमा संगठनात्मक बहस प्रभावकारी नभएको युवा नेताहरु बताउँछन् । संगठनात्मक सुधारको लागि छलफल हुने फोरमको यस्तै अभाव र कोभिड–१९ ले केही असरले आफूहरु अल्मलिएको उनीहरुको भनाई छ । १४ औं महाधिवेशन अघि पुनः पहिलेको सक्रियतालाई अघि बढाउने दाबी युवा नेताहरुको छ । हामीले हरेश खाएका छैनौं । पार्टी संगठनको समग्र छलफल गर्ने थलो महाधिवेशन भएकोले १४ औं महाधिवेशनमा फेरि मुद्दा बनाएर जाने परिस्थिति बनाउनुपर्छ भन्नेमा छौं । ‘अब दशैं, तिहारपछि हामी फेरि पहिलेको अवधारणालाई थप परिष्कृत गर्दै अगाडि बढाउँछौं । किनकी यो ख्याल ठट्टामा आएको विषय होइन । पदको सुरक्षाको लागि पनि होइन । पार्टीको अवस्थालाई हेरेर आन्तरिक रुपमा व्यापक सुधारको लागि ल्याइएको अवधारणा हो’ घिमिरे भन्छन्, ‘यसैले हामी सकारात्मक हस्तक्षेप हुने गरी अघि बढ्ने तयारीमा छौं । कसैले छोड्ने र जोडिने हुन सक्छ । तर, हामीले यो मिसनलाई छोड्ने मनस्थिति बनाएका छैनौं । किनकी हामीलाई आफ्नोभन्दा, मुलुक, भविष्य, प्रजातन्त्र र आउँदो पुस्ताका बढी चिन्ता छ ।’ आफूहरुले पंचायत फालेको, राजतन्त्र फालेको भन्दै अब देश र जनताको उज्ववल भविष्यका लागि पार्टीलाई नयाँ ढंगमा अघि बढाउन केन्द्रित उनको भनाई छ । अर्का नेता पौडेल पनि कमजोर बनेको पार्टीलाई उठाउन सुधार गर्ने हिसाबले आफूहरुले अवधारणा अघि सारको बताउँछन् । ‘हामीले ल्याएको अवधारणा थियो त्यो । पार्टी विधान, नीतिदेखि नेतृत्व कस्तो हुनुपर्छ भनेर हामीले प्रभावकारी छलफल गराउन खोजेका थियौं । तर, केन्द्रीय समिति, महासमिति कहीं पनि हामीले उठाएको विषयमा ठोस छलफल हुन सकेन’ पौडेलले भने, ‘तर, हामीले हरेश खाएका छैनौं । पार्टी संगठनको समग्र छलफल गर्ने थलो महाधिवेशन भएकोले १४ औं महाधिवेशनमा फेरि मुद्दा बनाएर जाने परिस्थिति बनाउनुपर्छ भन्नेमा छौं । हाम्रो प्रतिवद्धता यथावत छ, हाम्रो अवधारणा अपूर्ण भए पूर्णता दिएर महाधिवेशनमा लाने तयारीमा छौं ।’ के थियो युवा नेताहरुको अवधारणामा ? युवा नेताहरुले कांग्रेसलाई २०४६ सालपछि पटकपटक शासनको अधिकार जनताले दिए पनि पार्टीले कुशलता देखाउन नसकेको आरोप लगाएका छन् । ‘जनताको मन र मत दुवै जित्ने, परिणाम दिन सक्ने मौका कांग्रेसले पाएकै हो । तर, किन जनता कांग्रेससँग निराश र आक्रोशित भए ? पटकपटक तिमीहरुलाई मौका दिएकै हो के गर्यौं ? भनेर जनताले सोध्दा हामीले गरेका कामको लामै सूची देखाउन त सकिएला’ उनीहरुको अवधारणामा पार्टी भूमिकाबाट प्रश्न उठाइएको थियो, ‘तर, आजका दिनमा कुनै पनि नेपाली नागरिकलाई यो कालखण्डमा बनेका सरकारहरुले गरेका काम समग्रमा कस्तो लाग्यो भनेर सोध्ने हो भने उत्तर आउँछ–अस्थिर, अनुत्तरदायी र अप्रभावकारी यस्तै यस्तै ।’ ०४८ सालयता विचार र संगठनमा ढोका बन्द भएको, नेतृत्वमा रहेका पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले एजेन्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको उनीहरुको भनाई थियो । ‘पार्टीको चुस्त संगठन चलाउन प्रष्ट सैद्धान्तिक खाका त को¥यौं तर त्यसलाई चलाउने नेतृत्व सिथिल र यथास्थितिवादी छ भने संगठनमा गतिशीलता कसरी आउँछ’ भन्दै उनीहरुले पार्टीमा विधान, नीतिदेखि नेतृत्वमा समयाकूल परिवर्तनको माग गरेका थिए । ज नतामा भरोसा दिन कांग्रेसले नसकेको भन्दै पार्टीको काम गराईमा प्रभावकारी परिवर्तन गर्नुपर्ने उनीहरुको भनाई थियो । चुनौती परिवर्तन भएको भन्दै परिवर्तनलाई बुझ्ने नयाँ पिढीं र पुस्ताले मात्र कांग्रेसको नयाँ विचार र कार्यक्रम बनाउने हैसियत राख्ने दाबी उनीहरुको थियो । आफूहरुको पुस्ताको कांग्रेस यस्तो हैसियत राख्न सामथ्र्यवान भएको उनीहरुको अवधारणामा उल्लेख थियो ।