NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बिषम् परिस्थितिमा विशेष दायित्व : बेथितिविरुद्धको पत्रकारिता

राजनीतिक नेतृत्वदेखि राज्य संयन्त्रका सबै अंग र सामाजिक अभियन्तादेखि विभिन्न पेसाकर्मीसम्म सवैका लागि सुशासन ‘मन्त्र’ हो । त्यसैले ‘मन्त्र’ चुनावी घोषणापत्रदेखि नीति कार्यक्रमसम्म र सार्वजनिक अभिव्यक्तिदेखि सपथसम्ममा वाचन हुन्छ । तर, विश्व बैंकले कुनै पनि देशको सुशासनको स्थिति बुझाउन तयार गरेका सूचकमा नेपाल पछाडि छ । जनताको आवाज कमजोर छ । उत्तरदायित्व बोकेको शासनप्रणाली छैन । अंकमाबाहेक राजनीतिक स्थिरता अझै तयार भएको छैन । सरकारको प्रभावकारितालाई लिएर सत्तारुढ दलभित्रै प्रश्न छन् । हामीकहाँ विधिको शासन र भ्रष्टाचार नियन्त्रणको अबस्था धेरै कमजोर छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले देखाउने भ्रष्टाचारको स्थिति होस् वा वल्र्ड जस्टिस प्रोजेक्टले देखाउने विधिको शासनकै अबस्था किन नहोस् वा पब्लिक इन्टिग्रिटी जस्ता संस्थाले बताउने पारदर्शिता र उत्तरदायित्वको स्थिति नै होस्, नेपालको अबस्था दयनिय छ । तै पनि राजनीतिक नेतृत्वले ‘रामराज्य’को सपना बाँडिरहेको छ । २१औं शताव्दीमा कैयौ‌‌‌ देशले समाजवादी र जनताप्रत्ति उत्तरदायी राज्य व्यवस्था लागू गरेका छन् । तर, हामी अनेकौ वेथिति भोगिरहेका छौँ । यस्तोमा सुशासन, पारदर्शीता र भ्रष्टाचारमुक्त राज्य संयन्त्र निर्माण सहज छैन । तर, देशमा जे जस्ता वेथति भैरहेका छन्, त्यसलाई जनताले थाहा पाउनु उनीहरुको अधिकार र कर्तव्य दूवै हो । जनताको यही अधिकार सुनिश्चत गर्ने प्रयासमा डिजिटल संचारमाध्यमकारुपमा हामी आएका छौँ । डिजिटल संचारमाध्यमका रुपमा अनलाइनले जबरजस्त र प्रभावशाली रुप लिइसकेको छन् । संख्या, पाठक, प्रभावका दृष्टिकोणले अनलाइन देशको मुल सञ्चामाध्यम बन्ने बाटोमा अघि बढेको छ । यही यात्रामा नेपालवाच डट कम जोडिएको छ । हामी यस्तो बेला आएका छौँ, कोभिड–१९ ले सिर्जित अवस्था सबै क्षेत्रका लागि प्रतिकुल मात्र होइन संघर्षपूर्ण छ । सञ्चार माध्यमका पनि चुनौती बढेका छन् । तर, संचारजगतको सक्रियता र भूमिकाको खाँचो उत्तिकै बढेको छ किनभने संकटको बेला पनि नैतिकता हराएको छ, वेथिति भएकोभयै छन् । यस्तोसम्म कि जनताको जीवन बचाउने औषधी खरिदमा पनि अर्वौ भ्रष्टाचारका मुद्दा उठेका छन् ।त्यसैले जनतालाई सामान्य अवस्थामा भन्दा धेरै सूसूचित गर्ने तथा राज्यलाई थप सचेत गराउने दायित्व सञ्चार जगतको काँधमा छ । विषम परिस्थितीमा यही बिशेष दायित्वको महशुस गरेर चुनौतीको सामान गरी अघि बढ्ने लक्ष्यसहित नेपालवाचको यात्रा सुरु भएको छ । जनताको अभिभावक राज्य हो । अहिलेको विषम अवस्थामा जनताले राज्यको थप अभिभावकत्वको अपेक्षा गरेका छन् । कोरोना महामारीको यस्तो संवेदनशील अवस्थामा पनि राज्यले अभिभावकीय भूमिका निभाउन सकेको छैन । सबैभन्दा ठूलो समस्या राज्यसँग उत्तरदायित्व र जवाफदेहिताको अभाव छ । जनताले बुझाएको करको पारदर्शी खर्च छैन । बेथिती कहाँ मात्र छैन ? वडा कार्यालयदेखि न्यायालयसम्म यसले संस्थागतरुप लिएको छ । अर्कोतिर बेथितिको नियन्त्रण गर्ने निकायले विश्वास गुमाउँदै गएका छन् । राजनीतिक नेतृत्वमाथि प्रश्नैप्रश्न छन् । कर्मचारीतन्त्रको छवि धूमिल छ । जनतालाई विश्वास दिलाउने संयन्त्रको अभाव छ । यस्तोमा सही र तथ्यपरक सूचनाले मात्रै जनताको आत्मभव बढाउन सम्भव छ । राज्यलाई उत्तरदायी बनाउन यस्तै भूमिका पूरा गर्ने सञ्चार जगतको खाँचो छ । यही भूमिका र खाँचो पुरा गर्ने प्रयासमा आजबाट हामीले पहिलो पाइला चालेका छौं । जनतालाई सूसूचित गर्ने र राज्यलाई जवाफदेही बनाउनु नै हाम्रो प्रमुख दायित्व हुने छ । राज्यका हरेक निकायमा हुने बेथितिमाथिको निगरानी र पर्दाफासलाई हामीले प्राथमिकता दिनेछौं । बढेको नीतिगत भ्रष्टाचारमा हाम्रो सुक्ष्म निगरानी हुनेछ । पत्रकारिताका स्थापित असल मान्यतालाई पछ्याउँदै नयाँ मानक स्थापित गर्दै हामी यो यात्रामा अघि बढ्नेछाैँ । यात्रामा आइपर्ने हरेक चुनौति पाठकको बल र हाम्रो खोजबाट नै सामना गर्नेछौँ । तर, हामी कहिल्यै पनि कुनै पनि मुद्दामा आफै न्यायाधीस भएर उत्रिन्नौँ, मात्र अवस्था देखाउँछौँ । समग्रमा हामीले नेपालको पत्रकारितामा अलग पहिचान बनाउने उदेश्य लिएका छौं । त्यसैले हामीले नारा दिएका छौँ–बेथितिमाथि निगरानी । त्यही उदेश्य पुरा गर्न घटनास्थापनाको अवसर पारेर नेपालवाच परीक्षणका रुपमा सुरु भएको छ । पाठककै सुझाव, सल्लाहकै आधारमा हामी छिट्टै पूर्ण रुपमा आउने छौं ।