उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गरेको छ । नागरिकको शान्ति सुरक्षा एवं अपराध नियन्त्रणका क्रममा विभिन्न विधामा उत्कृष्ट काम गर्ने प्रहरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आयोजित ६५औँ प्रहरी दिवसको अवसर पुरस्कृत गरिएको हो । ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी नायब निरीक्षक भीमबहादुर बस्नेत, अस्थायी प्रहरी चौकी तालखर्कमा कार्यरत प्रहरी सहायक निरीक्षक देवेन्द्रप्रसाद पौडेल, प्रहरी हवल्दार खेमप्रसाद बास्तोला, प्रहरी जवान अनिल नेपाली, रमेश बस्नेत र विमल कार्कीलाई पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले बताए । जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आयोजित कार्यक्रममा उत्कृष्ट हुन सफल प्रहरीलाई जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेका हुन् । प्रहरी दिवसकै अवसरमा जिल्लाका तीन जना अमर प्रहरीका परिवारलाई पनि सम्मान गरिएको छ । जिल्लाका २८ जना अमर प्रहरी परिवारमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सरस्वती ठाकुर, सोही ठाउँका कमलादेवी आचार्य र वडा नम्बर–४ खाल्लेका लक्ष्मी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए । उनीहरुलाई सांसद विशाल भट्टराई र संविधासभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले सम्मान गरेकी थिइन् । प्रहरीले विभिन्न माध्यमबाट आफ्नो अभियानमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र उद्योग वाणिज्य सङ्घलाई प्रशंसा–पत्र प्रदान गरेको छ । यस्तै, प्रहरीलाई निःशुल्क जग्गा प्रदान गरेकामा खोटेहाङ गाउँपालिका–८ सिम्पानीका रवीन्द्र खड्कालाई कदर–पत्रले सम्मान गरिएको छ ।
ताजा अपडेट
-
बहुभाषिक नाट्य उत्सव शुरु
-
सिरहामा गोली चल्यो, एकजना घाइते
-
बझाङमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते
-
प्रधानमन्त्रीद्वारा एकीकृत समाजवादीका मन्त्री हेरफेर
-
गायक राईले दिए मेयर साम्पाङलाई बुद्धको मुर्ति
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया