कोरोनाबाट थप १२ को मृत्यु, ३१६७ संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार देशभरमा थप १२ जनाको मृत्यु भएको छ । देशभर तीन हजार एक सय ६७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कुन संक्रमितको संख्या एक लाख २९ हजार तीन सय चार जना पुगेको छ । यी मध्ये ८९ हजार ८ सय ४० जना संक्रमणमुक्त भइसकेका छन् । उपत्यका पछिल्लो २४ घण्टामा एक हजार सात सय ४६ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार आठ सय जना कोरोनामुक्त भएका छन् । अब देशभर संक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ छ ।कोभिडका कारण नेपालमा अहिलेसम्म सात सय २७ जनाको ज्यान गइसकेको छ ।
ताजा अपडेट
-
चेल्सीकी एम्मा हेस र साम केरले जिते ‘एफए वुमेन्स सुपर लिग’ उपाधि
-
अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू
-
बालेनले काठमाडौंको मेयरमा जितेपछि के भनिन् उनकी श्रीमतीले ?
-
उपमेयरमा निर्वाचित सुनिता भन्छिन् : शासक होइन सेवक भएर कर्तव्य पूरा गर्छु
-
इन्धनमा लगाइँदै आएको कर घट्यो, शीर्षकबारे निर्णय हुन बाँकी
प्रतिक्रिया