असइ हत्या प्रकरणः अनुसन्धानमा सिआईबी खटियो

धनगढी । प्रहरी सहायक निरीक्षक(असइ)को हत्या घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)को टोली खटिएको छ । धनगढी उपमहानगरपालिका– १२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टबाट गस्तीमा गएका असई गोविन्द विकको शनिबार राती घाँटी रेटी हत्या भएको थियो । उनीसँगै डिउटीमा गएका प्रहरी जवान बेपत्ता छन् । घटनाको गम्भीरताका आधारमा अनुसन्धानमा सिआईबीका प्रहरी खटिएका हुन् ।असई विकको शव नेपाल–भारत सिमानामा बग्ने मोहना नदीमा फेला परेको थियो । उनीसँगै मोटरसाइकलमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् । प्रारम्भिक अनुसन्धानमा तस्कर समूहले हत्या गरेको प्रहरी आशंका छ । अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिए पनि हालसम्म केही तथ्य फेला परेको छैन । अनुसन्धानका लागि सिआईबीबाटसमेत प्रहरी टोली खटिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी मुकेश सिंहले जानकारी दिए । असई विकले सीमा क्षेत्रमा हुने तस्करीविरुद्ध कडाई गरेपछि तस्करहरु रिसाएका थिए । सोही कारण उनको हत्या भएको आशंका गरिएको छ ।
ताजा अपडेट
-
नेपाल टी-ट्वान्टी लिगको टेन्डर खुला
-
स्थापितले भने– हारलाई सामान्य रूपमा लिएको छु, बालेनलाई बधाई
-
गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग
-
चेल्सीकी एम्मा हेस र साम केरले जिते ‘एफए वुमेन्स सुपर लिग’ उपाधि
-
अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू
प्रतिक्रिया