NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

व्यापारी अपहरण गर्ने ६ वर्षपछि समातिए

काठमाडौं । ६ वर्षअघि एक झापामा व्यापारीलाई अपहरण गर्ने अभियुक्त काठमाडौंको होटलबाट पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका–१२ घर भएका नरेश मेचेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो । उनी लगायतका व्यक्तिले २०७१ सालको माघ १८ गते झापाका सुनिल कुमार अग्रवालको अपहरण गरेका थिए । अपहरितलाई मुक्त गर्न गएको प्रहरी टोलीमाथि नै अपहहरणकारीले गोली हानेका थिए । गोली लागेर एक प्रहरी घाइतेसमेत भएका थिए । सो घटनाका मुख्य अभियुक्त मेचे आइतबार पक्राउ परेका हुन् । पुरानो बसपार्ककको होटल काठमाडौं इनबाट उनलाई पक्राउ गरिएको सिआईबीका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले बताए । उनलाई अदालतले समेत दोषी ठहर गरी १७ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइसकेको छ ।