ओलीले रअ प्रमुखलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गोप्य रुपमा भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले भेटेको पुष्टि भएको छ । रअ प्रमुख गोयलसँग प्रधानमन्त्रीले शिष्टाचार भेटवार्ता गरेको जानकारी प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको ‘प्रेस नोट’मा उल्लेख छ । ‘भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो,’ थापाले भनेका छन्,‘भेटका क्रममा गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो ।’
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया