NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

दाङमा ३५ क्रसर अवैध रुपमा सञ्चालित, स्थानीय प्रशासनकै मिलेमतोमा तस्करी !

दाङको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफ्नै गाउँपालिकामा पर्ने राप्ती नदीमा देउखुरी भ्याली क्रसर उद्योग चलाएका छन् ।तत्कालीन संविधानसभा सदस्य बुद्धिराम भण्डारीले दंगिशरण गाउँपालिकामा गणेश बालुवा वासिङ उद्योग सञ्चालन गर्दै आएका छन् । यो उद्योगमा तुलसीपुर उपमहानगरपालिका–५ का अध्यक्ष वीरेन्द्र शाहको पनि लगानी छ ।त्यस्तै, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले छोरा प्रकाशको नाममा सेयर हालेर सोही गाउँपालिकामा कृप्रभिज्ञा बालुवा वासिङ उद्योग चलाएका छन् ।नेकपाका नेता निर्मल आचार्यको सम्राट क्रसरमा लगानी छ । दाङमा सञ्चालित क्रसर उद्योगका केही उदाहरण हुन् यी । जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योगमा या त स्थानीय प्रतिनिधिको लगानी छ, या उनीहरूको संरक्षण छ । ४५ उद्योग, १० कोमात्र अनुमति घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार जिल्लामा हाल बालुवा र क्रसर उद्योग गरी ४५ उद्योगले नदीजन्य पदार्थ उत्खननका लागि अनुमति लिएका छन् । जसमध्ये १० उद्योगले मात्र क्रसरको काम गर्न अनुमति पाएका छन् । बालुवा प्रशोधनको अनुमति पाएका प्रायः उद्योगले क्रसरको काम पनि गर्दै आएका छन् । जिल्ला समन्वय समिति दाङका उपप्रमुख श्रीधर पौडेलले जिल्लामा थोरै उद्योगले मात्र क्रसरको काम गर्ने अनुमति पाए पनि सबैजसो उद्योगले अवैध रूपमा क्रसरको काम पनि गर्दै आएको भेटिएको बताए । केही समय अघि मात्रै समन्वय समितिको कार्यालयमा क्रसर उद्योगका ५० थान फर्जी विल आएको थियो । विलमा बिक्री मात्रै देखिन्छ, खरिद देखिँदैन । यसको विवरण समितिले नेपालगञ्जको क्षेत्रीय कर कार्यालयमा पठाएको छ । स्थानीय प्रशासनकै संरक्षण जिल्लाका अधिकांश क्रसर उद्योगले मापदण्ड पूरा गरेका छैनन् । स्थानीय तहदेखि स्थानीय प्रहरीकै संरक्षणमा जिल्लामा नदीजन्य पदार्थको दोहन भइरहेको छ । अनुगमनका क्रममा कैफियत देखिएका उद्योगलाई पनि कुनै कारवाही नगरी स्थानीय प्रशासनले ढाकछोप गर्ने गरेको छ ।क्षमताभन्दा बढी लोड बोकेका टिपरहरू आफ्नै आँखाअघि हुइँकिँदासमेत प्रहरी निरीह जस्तै छ । अवैध क्रसरलाई देखाएर स्थानीय प्रहरी प्रशासनले बार्गेनिङ गरेर असुल्ने गरेको स्थानीयको आरोप छ । जिल्लामा सरुवा भएर आउने प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको प्रतिवद्धता नै अवैध क्रसर बन्द गर्ने हुन्छ, तर अवैध क्रसरको जगजगी जिल्लामा वर्षौंदेखि ज्यूँकान्यूँ छ । अवैध क्रसर उद्योग बन्द गर्न सम्बन्धित निकायलाई लिखित रुपमै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कानुन विपरीतको काम बन्द हुन नसकेको घरेलु तथा साना उद्योग कार्यालय निमित्त प्रमुख उमबहादुर वलीले बताउँछन् । जिल्लामा ३९ वटा क्रसर र वासिंङ मेसिनले गैरकानुनी रुपमा क्रसिङ काम गरिरहेको उनी बताउँछन् । उनले विगत दुई वर्षयता वासिङको अनुमति ल्याई क्रसिङ चलाउने र केही क्रसर दर्ता र नविकरण विना नै चलिरहेको उनले बताए । उनका अनुसार दर्ता र नविकरण विना क्रसर चलिरहेको वारे जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र स्थानीय तह सबैलाई जानकारी छ । तर, कारवाही हुन सकको छैन । दाङमा पछिल्लो दुई वर्ष यता नविकरण र दर्ता विना नै अवैध क्रसरहरु सञ्चालन भइरहेका छन् । जिल्लाको राजनीतिक र प्रशासनीक संरक्षणकै आधारमा अवैध रुपमा क्रसरहरुले धमाधम ढुंङ्गा, बालुवा जस्ता नदीजन्य सामाग्रीको तस्करी गरिरहेका छन् । राजनीतिक आडमा आर्थिक चलखेल गरी दोहनलाई प्रश्रय दिइएको छ । तर, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य भने यसबारेमा अध्ययन भइरहेको बताउँछन् । उनले भने, ‘म भर्खरै सरुवा भएर आएको हुँ । अध्ययन गरिरहेको छु । यसबारे छिट्टै निर्णय लिन्छु ।’ अवैध क्रसरलाई प्रदेश सरकारको संरक्षण गत ३१ भदौ ०७५ मा लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले नदीजन्य वस्तु उत्पादन तथा बिक्रीवितरण सम्बन्धी मापदण्ड बनायो । सो मापदण्डअनुसार प्रकृयामा आउन घरेलु कार्यालयले पटक–पटक अवैध क्रसर सञ्चालकलाई पत्र पनि पठाएको छ । प्रदेश सरकारले नयाँ मापदण्ड ल्याए लगत्तै कार्यालयले २८ कात्तिक ०७५ मा पत्राचार ग¥यो । त्यसपछि अटेर गर्दे दर्ता तथा नविकरण गर्न नआएपछि त्यसको दुई महिनापछि १५ पुसमा फेरि पत्र पठायो । क्रसर सञ्चालकले दुईदुई पटक पठाएको पत्रको बेवास्ता गरेपछि कार्यालयले अन्तिम पटक भन्दै २० चैत ०७५ मा पत्राचार ग¥यो । त्यतिबेला कार्यालयले तत्काल क्रसरका दर्ताका कागजात, स्थानीय तह र विषयगत कार्यालयको सिफारिससहित उपस्थित हुने निर्देशन दियो । तर, प्रदेश सरकारले जारी गरेको मापदण्डअनुसार घरेलु कार्यालयमा दर्ता तथा नविकरणका लागि अझै आएका छैनन् । दर्ता र नवीकरण विना खुलमखुला जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलाई चुनौति दिँदै नदीजन्य सामग्रीको अवैध तस्करी गरिरहेका छन् । खोलामा जेसिभी, डोजर लगाएर खुलेआम ढुङ्गा, गिट्टी, वालुकालगायत नदिजन्य सामाग्रीको तस्करी जारी छ । प्रदेश सरकारको मापदण्ड अनुसार दर्ता र नविकरण हुन ३ वटा क्रसर उद्योग मात्रै आएका छन् । घोराही १५ स्थित खड्गबहादुर बुढाथोकीको नाममा रहेका समृद्धि माइनिङ एण्ड क्रसर उद्योग प्रालि, तुलसिपुर १ का देवराज भण्डारीको भाग्यलक्ष्मी क्रसर उद्योग प्रालि र घोराही १५ कै मीनबहादुर शाहीको सगरमाथा क्रसर उद्योग मात्रै मापदण्ड अनुसार दर्ता भएका हुन् । यी क्रसरहरु वातावरणीय प्रभाव मूल्यांकन गरेर स्थानीय तहमा दर्ता भइसकेका छन् । त्यस्तै, वालुवा वासिङ उद्योगमा गैडाकोट– १४ नवलपरासिका धनप्रसाद सापकोटाको स्वर्गद्वारी स्क्रिन ल्पान्ट प्राली विजौरी, मानपुर ७ का अनोदकुमार देवकोटाको जनविश्वास बालुवा वासिङ उद्योग, विजौरी ६ र तुलसीपुर २० मा सञ्चालित गेहेन्द्रबहादुर भण्डारीको गणेश बालुवा वासिङ उद्योग, तुलसीपुर १२ का सुदन बुढाथोकीको के.एण्ड.एस. वालुवा प्रशोधन उद्योग सरकारी मापदण्डअनुसार सञ्चालित छन् । तर, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका, तुल्सिपुर उपमहानगरपालिका र घोराही उपमहानगरभित्र रहेका अधिकांश क्रसर उद्योगले अवैध रुपमा नदीजन्य सामाग्रीको तस्करी गरिरहेका छन् । यी हुन् अवैध क्रसर – घोराही– ११ का माधव पन्थीको शिवाज दाङ कंक्रीट उद्योग,– गोवरडिहा– ३ का सुभासचन्द्र योगिको योगी व्रर्दश क्रसर उद्योग प्रालि,– लालमटिया– ३ का नुमानन्द सुवेदीको देउखुरी भ्यालि क्रसर उद्योग,– गोवरडिहाकै सुभासचन्द्र योगीको स्वर्गद्वारी क्रसर उद्योग– गोवरडिहा– १ का शंकरनाथ योगीकै ॐ नमः शिवाय क्रसर उद्योग– तुलसिपुर– ६ का योगेश्वर लामिछानेको न्यु राप्ती क्रसर उद्योग– गढवा– ४ का युवराज पोख्रेलको मध्यपश्चिम क्रसर उद्योग प्रालि रहेका छन् । अवैध बालुवा वासिङ उद्योग – तुलसिपुर ९ का संजात धितालको राप्ती बालुवा वासिङ उद्योग– तुलसिपुर ८ र तुलसिपुर ५ मा सञ्चालित दीपेन्द्र रिजालको मंगलम बालुवा प्रशोधन उद्योग– तुलसिपुर १२ र लमही ११ मा सञ्चालित रवि श्रेष्ठको एम.एन.एम बालुवा वासिङ उद्योग– लमही ५ र सतवरीया १ मा सञ्चालित सतनारायण चौधरीको एस.आर.बालुवा वासिङ पलान्ट उद्योग– सतवरीया २ स्थित खिमबहादुर बुढाथोकीको वगारवावा बालुवा प्रशोधन उद्योग,– रामपुर ६ का भरतकुमार पोख्रेलको पाण्डवेश्वर बालुवा वासिङ उद्योग लमही,– सतवरीया ५ का निकिता महतोको शिव शक्ति बालुवा प्रशोधन उद्योग– सतवरीया ६ र ९ मा सञ्चालित पूर्णबहादुर बस्नेतको जय वागेश्वरी बालुवा प्रशोधन उद्योग,– मानपुर ७ कि वविता देवकोटाको शुक्रेश्वर एग्रीगेट बालुवा प्रशोधन उद्योग– लमही ६, साविक खलंगा ५ सल्यालका टोपेन्द्रकुमार शर्माको सम्राट एग्रीगेट बालुवा वासिङ उद्योग– लमही १ र ७ का हुर्मत गिरीको हिमांशु एण्ड राजेश बालुवा प्रशोधन उद्योग– लमही ८ का तिलक विसीको पाण्डव वालुवा प्रशोधन उद्योग– वंगलाचुली ८ का दुशराम गहा मगरको राप्ती अर्जुन बालुवा प्रशोधन उद्योग– लमही ७, बुटवल १९ का कपिलदेव खनालको सूर्य एग्रीगेट वासिङ उद्योग गोवरडिहा रहेका छन् ।विना दर्ताका बालुवा प्रशोधन उद्योग – वाँणगंगा– १३ कपिलवस्तुका अर्जुनप्रसाद खरेलको स्वर्गद्वारी बालुवा स्क्रिन ल्पान्ट– गोवरडिहा १, शिवपुर १ कपिलबस्तुका तिलकमणि अधिकारीको सप्तऋषि एग्रीगेट बालुवा वासिङ उद्योग– गोवरडिहा १, गोवरडिहा ३ का कविता योगीको श्री लक्ष्मी एग्रीगेट बालुवा प्रशोधन उद्योग– गोवरडिहा २ का लालमणि गिरीको श्री वावा वासिङ ल्पान्ट उद्योग– पवननगर ९ का कुलबहादुर वलीको दाङ एग्रीगेट बालुवा वासिङ उद्योग– गढवा ७, गोवरडिहा १ का सागर मरासिनिको सफल बालुवा प्रशोधन उद्योग– गढवा ५ का हरिप्रशाद पाण्डेको पूर्णागिरी बालुवा प्रशोधन उद्योग– गढवा १ का सतार मियाको जनप्रिय बालुवा प्रशोधन उद्योग– गढवा १ कै शंकर सापकोटाको न्यु मनकामना बालुवा प्रशोधन उद्योग– शिवराज नगरपालिका ९ कपिलवस्तुका गणेशबहादुर केसीको शिवराज एग्रीगेट बालुवा प्रशोधन उद्योग– गढवा १ र तुलसिपुर ५ का जिवन सिंहको समावेशी एग्रीगेट बालुवा वासिङ उद्योग– गढवा १, स्युजा ३ मीनबहादुर शाहीको मनकामना एग्रोगेट बालुवा वासिङ उद्योग– वेला १ का प्रकाशकुमार जिसीको पूर्णागिरी एग्रीगेट बालुवा वासिङ उद्योग– ववई गाउँपालिका ६ का भीमबहादुर केसीको कृप्रभिज्ञा बालुवा वासिङ उद्योग