NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ७ गते

काठमाडाैं उपत्यकामा काेराेनाबाट नयाँ संक्रमित हुनेकाे संख्या एक हजार पाँच सय ५२

नेपालवाच । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नयाँ संक्रमित हुनेको संख्या एक हजार पाँच सय ५२ जना रहेको छ संक्रमित हुनेमध्ये सबैभन्दा धेरै काठमाडौंमा १२८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर नयाँ कोरोना संक्रमितको संख्या ३६३७ रहेको छ । यस सँगै नेपालमा सक्रिय संक्रमित हुनेको संख्या ४४ हजार ८ सय ७० रहेको पुगेको छ । आज देशभरमा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । यो संँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय १२ पुगेको छ । नेपालमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या एक लाख दुई हजार आठ सय २० रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष