NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कोभिड–१९ बाट अहिलेसम्म कुन प्रदेशमा कतिको मृत्यु (हेर्नुहोस् सूची)

नेपालवाच । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना रोगको संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय १२ रहेको छ । अहलेसम्म मृत्यु हुनेमा ५७५ पुरुष तथा २३७ महिला रहेका छन् । मृत्यु हुने अधिकांश व्यक्ति ६१ वर्ष देखि ७० वर्ष उमेर समूहका रहेका छन् । कोरोनाबाट सबैभन्दा कम मृत्यु हुनेमा ८० वर्ष माथिका उमेर समूहका वृद्धवृद्धा रहेका छन् । उनीहरुमध्ये अधिकांश व्यक्तिमा मुटु रोग, मधुमेह, हाइपो थाइराइडिज्म, मृगौला रोग, फोक्सोको संक्रमण, निमोनिया, दम, लगायत स्वासप्रश्वास सम्बन्धी समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मृत्यु हुनेको सूचीमा बागमती प्रदेश पहिलो स्थानमा रहेको छ । नेपालमा कोभिड–१९ सुरु भएयता कोरोना संक्रमणका कारण बागमती प्रदेशमा सबैभन्दा धेरै तीन सय ७८ जनाको मृत्यु भएको छ । जबकी कोभिड–१९को संक्रमणका कारण सबैभन्दा कम मृत्यु हुनेमा कर्णाली प्रदेश छ । कोभिड–१९का कारण कर्णाली प्रदेशमा हालसम्म दश जनाले मात्र ज्यान गुमाएका छन् । प्रदेश नम्बर २ दोश्रो स्थानमा छ । प्रदेश २ मा १४९को ज्यान गएको छ । यसबाहेक, कोरोना संक्रमणकै कारण प्रदेश एकमा १०४, गण्डकीमा ४०, लुम्बिनी प्रदेशमा ११५, र सुदुर पश्चिम प्रदेशमा १६ जनाले ज्यान गुमाएका छन् । ‘नेपालमा कोभिड–१९ का कारण हालसम्म ८१२ जनाको मृत्यु भएकोमा त्यसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । त्यसमा पनि दिर्घरोगी एवं वृद्धवृद्धाको संख्या धेरै भएकोले कोभिड–१९को संक्रमणबाट बच्न उनीहरुले विशेष ध्यान दिन जरुरी छ ।’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले नेपालवाचसँग भने ।