NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पत्रकार केसी अर्थमन्त्रीका प्रेस सल्लाहकार

नेपालवाच । अर्थमन्त्री विष्णु पाैडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् । केसी यस अघि राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत थिए । दुई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय केसीले कान्तिपुर टेलिभिजन, राजधानी दैनिकमा काम गरेका छन् । केसीले सेन्टर फर मिडिया रिसर्चमा अध्यक्ष भइ काम गरेका थिए । केसीले पत्रकारिता र राजनीति शास्त्रमा एमए गरेका छन् । उनी पत्रकारितामा विद्यावारिधी गर्दैछन् । साथै, फिलिपिन्सको एटिनियो युनिभर्सिटीबाट कम्युनिकेशन विषयमा एमए गरेका छन् । युनिभर्सिटी ओस्लो समर स्कुल नर्वेबाट केसीले मिडिया स्टडिजमा पोस्ट ग्र्याजुएट गरेका छन् । केसीले मिडियासम्बन्धी पुस्तकको सम्पादन गर्नुका साथै मिडियासम्बन्धी अनुसन्धानमूलक रिसर्चहरु गरेका छन् । पाैडेल केही दिन अघि मात्र अर्थमन्त्री भएका थिए ।