NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पूर्व प्रमुख सचिव खनालको निधन

तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको हो । मधुमेह र दमको बिरामी रहनुभएका खनाल घरमै उपचाररत थिए। मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका थिए ।तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरे । उनको श्रीमती, दुई छोरा र एक छोरी छन् ।