हुम्लामा पनि पुग्यो कोरोना

जिल्ला अस्पताल हुम्लाले मंगलबार ३२ जनाको पिसिआर परिक्षणका लागि स्वाब सङ्कलन गरेको छ । कात्तिक दुई गते स्वाब सङ्कलन गर्दा ४ जनामा कोरोना पोजेटिभ आएको थियो । उनीहरुमा एक अनमी र तीन सशस्त्र प्रहरी जवान थिए । जिल्ला अस्पताल हुम्लाले उनीहरुको सम्पर्कमा आएका थप ३२ जनाको स्वाब परिक्षणका लागि सुर्खेत पठाएको हो । पोजेटिभ देखिएका चार जना सहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब बुधबार विहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए । हुम्लामा हालसम्म नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
ताजा अपडेट
-
नेपाललाई दक्षिण एशियामा शिक्षाको हब बनाउन सकिन्छ ?
-
नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ
-
बञ्चरेडाँडामा फोहर व्यवस्थापनमा भइरहेको अवरोध अन्त्यका लागि ३ बुँदे सहमति
-
पूर्वयुवराज्ञी हिमानी अस्पताल भर्ना
-
मुख्यमन्त्री केजरीवालले सुरु गरेको ‘भारतलाई पहिलो बनाऔँ’ अभियान के हो ?
प्रतिक्रिया