NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

लोक सेवा परिक्षामा नागरिक शिक्षाको अन्तरनिहित सिद्धान्तबारे १० नम्बरको प्रश्न हल गर्ने नारायण प्रसाद दुवाडीको तरिका

नागरिक शिक्षाको अन्तरनिहित सिद्धान्त चर्चा गर्दै नागरिक शिक्षा र असल शासन वीचको सम्बन्ध प्रष्ट पार्नुहोस् । ५ +५ = १० नागरिक शिक्षा नागरिक चासो र सरोकारका विषयवस्तुमा मत वा विकल्प निर्माण गर्न सक्ने, विकल्प छनोटमा प्रभाव पार्न सक्ने तुल्याउने शिक्षा नै नागरिक शिक्षा हो । सूचना र सिकाई अनुभवको माध्यमबाट लोकतान्त्रिक विधि र प्रक्रियामा सहभागि हुनसक्ने गरी नागरिकलाई सुसज्जित र सशक्त तुल्याउने एक माध्यमको रुपमा नागरिक शिक्षालाई लिइन्छ । यसले राज्यप्रतिको नागरिक कर्तवय तथा दायित्वको विषयमा समेत सचेत तुल्याउँदै आर्थिक सामाजिक सांस्कृतिक एवं राजनीतिक अधिकारप्रति इमान्दार र जिम्मेवार बन्न योगदान पुर्‍याउँछ । नागरिक शिक्षा लोकतन्त्रको मुख्य अन्तरवस्तु हो । नागरिक शिक्षाको सिद्धान्त शासकीय सबै आयामहरुमा नागरिक शिक्षाको सम्बन्धहरु रहेको हुन्छ । मतदाता शिक्षा, राजनीतिक शिक्षा,अधिकारसम्बन्धी शिक्षा, शान्ति र विकास एवं शक्तिको शिक्षा र प्रजातान्त्रिक शिक्षाका क्षेत्रहरु मुख्य रुपमा समेटिएको पाइन्छ । तसर्थ नागरिक शिक्षाका सिद्धान्तहरु आर्थिक सामाजिक विकासमा यसको योगदानसँग सम्बन्धित रहेको छ । नागरिक शिक्षाका सिद्धान्तहरु निम्न बमोजिम रहेको पाइन्छ । सामुदायिकताको सिद्धान्त :  समुदायको हितमा परिचालित हुन सक्ने तुल्याउने शिक्षा ।मानवअधिकारको सिद्धान्त :  व्यक्तिको आधारभूत मानवअधिकार प्रत्याभूतिको लागि नागरिकको सशक्तिकरण गर्ने शिक्षा ।नैतिकताको सिद्धान्त: समाजको नैतिक मूल्यमान्यता प्रति सजग र संवेदनशील तुल्याउने उपाय ।उत्तरदायित्वको सिद्धान्त : सार्वभौम नागरिकप्रति सरकार उत्तरदायी हुनसपर्दछ र प्रश्न गर्न सक्ने गरी जनतालाई सक्षम बनाउने शिक्षा ।यूवा सामाजिकरणको सिद्धान्त : समाजमा महत्वपूर्ण उपस्थिति रहने यूवालाई स्वच्छ र इमान्दार संस्कार सिकाउने । सामूहिक हितको लागि सहभागिताको सिद्धान्त: सरकारको सम्भावित स्वच्छेचारिता वा बेवास्ता उपर सामूहिक शक्ति आर्जन गर्ने उपाय ।लोकतान्त्रिक मूल्य प्रतिको आस्थाको सिद्धान्त : मतदानको अधिकारमात्र नभई दैनिक दिनचर्यामा लोकतान्त्रिक मूल्य मान्यताको अभ्यास गर्नु ।राष्ट्रिय ऐक्यवद्धताको सिद्धान्त: राष्ट्रप्रेम र राष्ट्रभक्ति नभई मुलुकको समृद्धि र विकास सम्भव नहुने हुनाले आधारभूत र न्यूनतम विषयमा राष्ट्रिय ऐक्यवद्धता प्रदर्शन गर्नु । असल शासन शासकीय क्रियाकलाप र विधिहरुलाई जनमुखी तवरले नतिजातर्फ केन्द्रित गर्ने शासन असल शासन हो । यो एक सापेक्षिक अवधारणा पनि हो । असल शासनमा जनताको इच्छा, चाहना र आवश्यकतालाई केन्द्रविन्दुमा राखी शासकीय जवाफदेहिता, पारदर्शिता र इमान्दारिता व्यवहारमा देखिनुपर्दछ । सामान्य अर्थमा सरकार र जनतावीचको सम्बन्धले शासनको असलपनाको मात्रा मापन गर्दछ भने सरकार जनतावीचको सम्बन्धमा विकास र नागरिक शिक्षाले प्रभाव पार्दछ । सुशासनका अवयवहरुको प्रभावकारी अभ्यास र ती सूचकहरुमा अभिवृद्धि भएको अवस्था असल शासन हो  । वैध सरकारको वैधानिक डेलिभरी एवं कानूनी शासनको माध्यमबाट जनताका आवश्यकता र चाहनाहरु परिपूर्ति गर्न सक्ने शासकीय प्रबन्ध नै असल शासनको व्यवहारिक रुप हो । असल शासन र नागरिक शिक्षावीचको सम्बन्ध लोकतान्त्रिक समाजमा असल शासन साध्य हो भने नागरिक शिक्षा लोकतन्त्रको साधन र साध्य दुवै  हो । नागरिक शिक्षाको गुणात्मक अभिबृद्धि हुन सकेमा लोकतन्त्र सुदृढ हुने र सुदृढ लोकतन्त्रको माध्यमबाट असल शासनको व्यवहारिक अभ्यास हुन सक्दछ । नागरिक शिक्षा र असल शासनका तत्वहरुको अन्तरसम्बन्ध तल चित्रमा उल्लेख गरिएको छ । नागरिक शिक्षाले शासकीय व्यवस्था प्रति नियन्त्रण, एकिकरण, मध्यस्तथा, समन्वय र दबावकारी भूमिका मार्फत असल शासन प्रवर्द्धन गर्न योगदान दिनसक्दछ । यी भूमिका र क्षमताले जनमत स्वस्थ बन्छ । स्वस्थ्य जनमतबाट निर्वाचित सरकार वा शासन पनि स्वस्थ बन्ने अपेक्षा गर्न सकिन्छ । स्वस्थ जनमत र उत्तरदायी सरकारबाट शासकीय खराबीहरु जस्तै विभद, असमानता, जातीय तथा क्षेत्रीयता, द्वन्द्व, वहिष्करण, असिहष्णु र निरकंशुता न्यूनीकरण हुन गई असल शासन निर्माण र विकासमा योगदान पुग्दछ ।