शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुल्यो तर पर्यटक आएनन्

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुलेको छ । आन्तरिक पर्यटक भित्र्याउन निकुञ्ज खुलेको हो । विगतमा चाडपर्वका बेला यो निकुञ्ज आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुन्थे । यो मौसम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि उपयुक्त समय हो । यसपाली दैनिक एक/दुई जनामात्र आन्तरिक पर्यटक आइरहेका छन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा निकुञ्जमा धेरै पाटे बाघ, विश्वमै दुर्लभ बाह्रसिङ्गेको विशाल झुण्ड, दुर्लभ एकसिंगे गैँडा र हात्तीको लस्कर अवलोकन गर्न सकिन्छ । यहाँ ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, सीमसार क्षेत्र र ऐतिहासिक स्थल पनि निकुञ्जभित्र अवलोकन गर्न सकिन्छ । निकुञ्जले कात्तिक १ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पु¥याएर जङ्गल सफारी गर्न सकिने भन्दै सूचना प्रकाशित गरेको छ । जङ्गल सफारी र वाक सफारी खुलेपनि हात्ती सफारी, फिसिङ, ¥याप्टिङ र क्याम्पिङलगायत गतिविधि भने अझै खुलेको छैन । नेपालको सबैभन्दा ठूलो घासे मैदान हो, शुक्लाफाँट । जैविक विविधताले भरिपूर्ण दर्जनबढी तालतलैया र सयौं प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न पाइने शुक्लाफाँटामा पछिल्ला वर्षहरुमा पर्यटक आगमन बढिरहेको थियो । “बन्दाबन्दीपछि निकुञ्जमा सफारी खुला गर्दा पनि पर्यटकहरु त्यतिधेरै घुम्न आएको देखिएन्”, निकुञ्जका रेञ्जर दीपक चौधरी भन्छन्, “निकुञ्ज खुला गरिएपनि आगन्तुकलाई स्वास्थ्य सुरक्षा मापदढड अपनाएर मात्र घुम्न भनेका छौं ।”
ताजा अपडेट
-
बहुभाषिक नाट्य उत्सव शुरु
-
सिरहामा गोली चल्यो, एकजना घाइते
-
बझाङमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते
-
प्रधानमन्त्रीद्वारा एकीकृत समाजवादीका मन्त्री हेरफेर
-
गायक राईले दिए मेयर साम्पाङलाई बुद्धको मुर्ति
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया