NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेस नेतालाई नेकपा कार्यकर्ताको चिन्ता

काठमाडौं । कांग्रेस युवा नेता नैनसिंह महरले नेकपाको दुई समूहबीच भएको झडपमा कार्यकर्ताका हत्या आरोपितविरुद्ध प्रहरीले जाहेरी लिन नमानेकोप्रति आपत्ति जनाएका छन् । आफ्नै पार्टीका कार्यकर्ताको हत्या हुँदा पनि केन्द्र सरकारको दबाबमा जाहेरी दर्ता नभएको भन्दै महरले आपत्ति जनाएका हुन् । ‘पर्साको विन्ध्यवासनी गाँउपालिका नेकपाको एक कार्यक्रममा पुर्व एमाले र माओवादी बीचको झडपमा नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको कार्तिक ६ गते भएको हत्याका आरोपीमाथि आजसम्म कारवाही त कता हो कता केन्द्र सरकारको दवावमा प्रहरी घटनाविरुद्धको जाहेरी दर्ता गर्न समेत तयार नहुनुले कानुनी शासनको खिल्ली मात्रै उडाएको छैन कि पंचायतकालमा मण्डलेहरुले प्राप्त गरेको सरकारी पक्षपातको झझल्को स्मरण भएको छ’ सामाजिक संजाल फेसबुकमा महरले लेखेका छन् । नेकपा नेता एवं पूर्वमन्त्री मातृका यादवले प्रधानमन्त्री केपी शर्मा ओलीकै आदेशमा दोषी बचाउने षड्यन्त्र भइरहेको आरोप उनको छ । ‘दिनदहाडै पार्टी कार्यकर्ताहरुको भिडमा एकजना नेताको हत्या हुन्छ । घटनामा संलग्न दोषीहरुको नामै किटेर पीडित परिवारले जाहेरी दिन्छ । त्यो जाहेरी दर्ता गर्नसम्म प्रहरीले आलटाल गर्छ । सरकार अहिले असफलताको चरम चुलीमा पुगेको छ । यो मातृका यादवको मात्रै सरोकारको विषय रहेन । हरेक न्यायप्रेमी नेपालीको सरोकारको विषय बन्नु जरुरी छ । एक नागरिक त्यसमा पनि आफनै कार्यकर्ताको हत्यारा विरुद्ध किन उजुरी दर्ता गर्न दिदैन ओली सरकार ? गरिव जनतालाई ऐन, सरकारको तावेदारी गर्नेलाई चैन ? कस्तो लोकतान्त्रिक पद्धति बसाउन खोजिंदै छ ?’ उनले भनेका छन् ।