NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

नेकपाका कार्यकर्ताको हत्यापछि जाहेरी नै नलिएकोप्रति ३७ नेताको आपत्ति

काठमाडौं । नेकपाका ३७ नेताहरुले पर्सामा आफ्नै पार्टीका कार्यकर्ताबीच भएको झडपमा हत्या भएका मुकेश चौरसियाका हत्यारालाई कारवाहीलाई गर्न माग गरेका छन् । नेकपाका स्थायी समिति सदस्य मातृका यादवसहित विश्वनाथ साह, नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झा, शत्रुधनप्रसाद महतोसहितका नेताहरुले हत्याबारे आफूहरुको गम्भीर चासो रहेको भन्दै संलग्नलाई कारवाही गर्न माग गरेका हुन् । सामूहिक रुपमा विज्ञप्ति निकाल्दै उनीहरुले गाउँ कमिटीका सचिव चौरसियाको हत्यापछि जाहेरीसमेत नलिइएकोमा उनीहरुले आपत्ति जनाएका छन् । विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ पसौनीमा ६ कात्तिकमा नेकपा गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरुको सपथग्रहण कार्यक्रममा नेकपाकै दुई पक्षबीच झडप भएको थियो । तर, नेताहरुले घटनामा आपराधिक व्यक्तिहरुको संलग्नता रहेको भन्दै घटनालाई सुनियोजित भनेका छन् । घटनापछि जाहेरी दर्तासमेत नलिएर प्रहरीले कानुनी राज्यको खिल्ली उडाएको आरोप उनीहरुले लगाएका छन् । नेकपा अध्यक्ष प्रचण्डले पनि विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन् । यस्ताे छ उनीहरुकाे विज्ञप्ति :