NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सम्पत्ति छानविनबारे दीप बस्न्यातसँगकाे अन्तर्वार्ता – मलाई केही थाहा छैन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातसँग करिब एक अर्ब गैरकानुनी सम्पत्ति भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छानविनमा उनले विभिन्न व्यक्तिको नाममा लुकाएको सम्पत्ति फेला परेको हो । चर्चित ललिता निवास जग्गा हिनामिनाको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका बस्न्यातमाथि विभागले एक वर्षयता विशेष टिम बनाएर अनुसन्धान गरिरहेको छ । अहिले अनुसन्धान अन्तिम चरणमा पुगिसकेको विभाग स्रोत बताउँछ । उनको सबै चल अचल सम्पत्ति विभागले रोक्का राखिसकेको छ । उनै बस्न्यातसँग नेपालवाचले गरेकाे कुराकानी : देशमा सुशासन कायम राख्ने जिम्मेवारी बोकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुनुभएको तपाईंमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तपाईंको गैरकानुनी सम्पत्ति खोजिरहेको तपाईंलाई थाहा छ ? यो उतै सोध्नुहोला । भाइ, छोरा, ज्वाईं र भिम रोका नाम गरेको मेनपावर व्यवसायीको नाममा तपाईंले गैरकानुनी सम्पत्ति परिचालन गरेको विभागको दावी छ, यसमा के भन्नुहुन्छ ? यो अनुसन्धान गर्नेलाई सोध्नुस् । मलाई यी विषयमा केही पनि थाहा छैन । जसले अनुसन्धान गर्छु भनेको छ उसैलाई सोध्नुस् । कहाँकहाँ कति सम्पत्ति छ खोज्ने र देखाउने काम अनुसन्धान गर्ने निकायकै हो । उसले देखाउला नि ! सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तपाईसँग सम्पर्क गरेको छ की छैन ? यो सबै गलत कुरा हो । तपाईंले गैरकानुनी सम्पत्ति कमाउनु भएको हो की होइन ? होइन । होइन । कहाँबाट हुन्छ ? तपाईं कसरी भन्न सक्नुहुन्छ ? अख्तियारको प्रमुख हुँदा अकूत सम्पत्ति आर्जनको मुद्दा मिलाइदिने भन्दै राजस्व समूहका उपसचिव टिका भूषालसँग ५० लाख लिग्नुभएको रहेछ । तर अख्तियारले मुद्दा लैजाने भएपछि भुषाललाई पैसा फिर्ता गर्नुभएको रहेछ नी ! होइन । टिका भुषाल को हो म चिन्दिनँ । मलाई थाहा छैन । याे पनि पढ्नुस् : पैसा कमाउने ‘अख्तियार मोडल’ : पूर्वप्रमुखसँग एक अर्ब गैरकानुनी सम्पत्ति