NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कोरोनाबाट १७ को मृत्यु, २३६४ संक्रमित

नेपालवाच । नेपालमा थप दुई हजार तीन सय ६४मा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार सात सय ६९ जनाले पिसिआर परीक्षण गराएकोमा दुई हजार तीन सय ६४ मा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ । कूल संक्रमितमध्ये नेपालमा ३८ हजार ९ सय ५२ जना संक्रिय संक्रमित पुगेका छन् । कोभिड–१९ संक्रमण हुनेमा ६८ प्रतिशत पुरुष र ३२ प्रतिशत महिला रहेका छन् । कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ सुरु भएयता कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ सय चार पुगेको छ । गत २४ घण्टामा काठमाडौ उपत्यकामा थप १ हजार ६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष