कुटपिट गरी युवकको हत्या, तीन पक्राउ

टीकापुर । कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राती युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेलेका अनुसार तिमल्सिना राती साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहको आक्रमणमा परी गम्भीर घाइते भएका थिए । उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका न्यौपानेले जानकारी दिए । तिमल्सिनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेले अनुसन्धानका लागि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । घटना भएको ठाउँ जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमानामा पर्दछ ।
ताजा अपडेट
-
सरकारको नीति तथा कार्यक्रमबारे आयो मिश्रित प्रतिक्रिया, कसले के भने ?
-
किरणलाई हटाएर नवयुगलाई कप्तान बनाइयो
-
बालेनबारे लाउरेको प्रतिक्रिया : मेरा मितज्यूले बबालै गरे
-
ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु, मतगणना नसकिँदै दिए व्यञ्जनकारले बधाई
-
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रतिक्रिया