NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ असोज १४ गते

प्रहरीले एक लाख रुपैयाँ नगदको झोला भेटाएपछि ..

कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले एक लाख रुपैयाँ नगदसहितको सामान भएको झोला भेट्याएको छ । करिब रु एक लाख नगद, मोबाइल र गहना रहेको उक्त झोला प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ । बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका हुन् । फेला परेको झोलाभित्र रु ९९ हजार ६४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो । झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उहाँलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष