NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

देहरादुनमा नेपाली विद्यार्थी कुटिएकोमा नेविसंघको आपत्ति

काठमाडौं । नेविसंघले भारतको देहरादुनमा नेपाली विद्यार्थीमाथि भएको कुटपिट घटनाबारे छानविनको पहल गर्न सरकारसँग माग गरेको छ । ५१ जना नेपाली विद्यार्थीहरुहरुमाथि १० कात्तिकमा निर्घात कुटपिट भएको भन्दै नेविसंघले सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही गर्ने वातावरणका लागि नेपाल सरकारले भारत सरकारसँग छिटो संवाद थाल्नुपर्ने माग गरेको छ । नेविसंघले घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरिएको अध्यष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जुनसुकै विश्वविद्यालयमा गएर पढ्न पाउने अधिकार रहेको भन्दै नेविसंघले आधारभूत मानव अधिकारको हनन भएकोमा आपत्ति जनाएको छ । अहिलेको विश्वव्यापिकरणको युगमा विश्वको जुनसुकै शिक्षालयमा गएर शिक्षा लिन चाहने व्यक्तिले असल शैक्षिक वातावरणमा शिक्षा लिन पाउनु आधारभूत मानव अधिकारको विषय भएको र मानव अधिकारको यो आधारभूत विषयलाई सबै देशले सम्मानका साथ लागू गर्नुपर्नेमा कुनै पनि व्यक्तिलाई मानव अधिकारबाट बञ्चित गर्ने अधिकार कुनै पनि देशको सरकारलाई नभएकोले सो घटनाको सत्यतथ्य छानविन गरि दोषी उपर कडाभन्दाकडा कारवाही गर्न माग गरिएकाे नेविस‌ंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए । तदारुकताका साथ पहल गर्न नेपाल सरकारलाई र आवस्यक तत्परता गेखाउन भारत सरकारसँग नेपाल विद्यार्थी माग गरेको तिमल्सिनाले बताए ।