दशैं सकिएसँगै रोजीरोटीका लागि भारत जानेको लर्को

बझाङ । दशैं सकिन लागेसँगै जिल्लाका गाउँ–गाउँबाट भारत जानेको लर्को लाग्न थालेको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएका र दशैं मान्न घर आएकाहरू गाउँमा आम्दानीको बाटो नदेखेपछि पुनः भारत फर्किन थालेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपालीहरू कोरोना महामारी फैलिएसँगै गाउँ फर्किएका थिए । तर, यही आम्दानी नभएर विदेशिएकाहरूको गाउँमा रोजीरोटी चल्न सकेन । खेतीपातीको कामले वर्षभरी खान पनि नपुग्ने र हातमुख जोर्ने अन्य विकल्प नभएपछि जिल्लाबाट दैनिक सयौं मानिसहरू भारत पलायन हुन थालेका छन् । अहिले सुदूरपश्चिमका जिल्लाहरूबाट रोजगारीका भारत जानेको लर्को लाग्न थालेको छ । ‘गाउँघरमा आम्दानीको केही स्रोत छैन, बालबच्चा पाल्नलाई नै समस्या हुन थाल्यो,’ रोजगारीका लागि भारतको चेन्नइ जाँदै गर्दा देउरामा भेटिएका थलाराका हरी गिरीले भने, ‘अब उतैतिर (भारत) फर्किन लागेको ।’ गिरी एक जना प्रतिनिधि पात्रमात्र हुन् । अहिले उनीजस्ता भारत जानेहरूको लर्को राजमार्गभरी देख्न सकिन्छ । स्थानीयदेखि प्रदेश सरकारसम्मको बेवास्ता गाउँमा बेरोजगार युवाको समस्या स्थानीय सरकारले पनि देखेको छ । तर, कुनै पनि स्थानीय तहहरूले रोजगारी सृजना गर्ने खालका कार्यक्रम ल्याउन सकेका देखिँदैन । तलकोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले कृषिसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा छलफल भइरहेको बताए । चालु आर्थिक वर्ष ०७७/७८ मा मा सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालय अन्तरर्गत स्वारोजगार कार्यक्रमका लागि मात्रै करिब ५ करोड बजेट विनियोजन गरिएको सूदूरपश्चिमका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए । ‘कृषि लगायतका विभिन्न अनुदान तथा रोजगारमूखी कार्यक्रमको लागि बजेट विनियोजन गरीएको छ,’ उनले भने, ‘प्रदेश सरकार त्यसलाई कार्यान्वयन गर्न अन्तिम चरणमा पुगेको छ, काम गर्न खोज्नेलाई पूँजीको अभाव हुन दिँदैनौं ।’ तर, कोरोना कहरकै बीचमा सुदूरपश्चिमका जिल्लाहरूबाट हजारौं मानिसहरू रोजगारीको खोजीमा भारत हिँडे । उनीहरूलाई केन्द्रदेखि स्थानीय सरकारसम्मले हेरेनन् । सरकारका कार्यक्रमले किन गरीब बेरोजगार युवालाई छुदैन भन्ने प्रश्नमा मन्त्री बोहराले भन्छन्, ‘ठूलो जनशक्तिलाई एकै पटक रोजगारी दिन सकिन्न, अहिले यसको सुरुवात गर्दैछौं ।’ रोजगारीको सिलसिलामा १६ वर्ष भारतमा विताएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अनुभव छ । २०७४ साल फागुन ५ गते सूदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको शपथ ग्रहरण गर्दा उनले चौकीदारी गर्न भारत जानुपर्ने दिनको अन्त्य गर्ने बताएका थिए । मूख्यमन्त्रीको त्यो भाषण सुदूरपश्चिमेली युवाले विर्सिएका छैनन् । स्वयं मूख्यमन्त्री र प्रतिनिधिले आफूले गरेका बाचा विर्सिएको परदेशिने युवाहरूको गुनासो छ ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया