NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

देउवा र पौडेलको टिम भत्किन्छ, गगन सभापति हुने बेला भएकाे छैन

कोरोना भाइरस (कोभिड–१९)को प्रकोप नभएको भए यतिखेर कांग्रेसमा १४ औं महाधिवेशनकाे दौडधूप निक्कै चल्दै हुन्थ्यो । कोरोनाको कारण केही समय अवरुद्ध भए पनि महाधिवेशन गर्नैपर्ने अन्तिम मिति अब एक वर्ष पनि बाँकी छैन । नियमित चार वर्षे कार्यकालमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गर्न सकेनन् । एक वर्ष कार्यकाल थपे । तर, फागुनमा पाँच वर्ष पुग्दासमेत महाधिवेशन हुन सक्ने अवस्था छैन । समयमा महाधिवेशन नगरेको विषयलाई संस्थापन इतर पक्षले महाधिवेशन कब्जा गर्ने नियत भएको आरोप लगाउँदै आएका छन् । तर फागुनपछि पनि संविधानको व्यवस्थालाई टेकेर थप ६ महिनाको सुविधा लिने तयारीमा सभापति देउवा छन् । यिनै सेरोफेरोमा १३ औं महाधिवेशनमा निर्णायक भएका नेता कृष्णप्रसाद सिटौलासँग नेपालवाचका लागि पुष्प ढुंगाना र रमेश सापकोटाले गरेको कुराकानी : कांग्रेसको महाधिवेशन नियमित चार वर्षमा हैन पाँच वर्षमा पनि नभएर फेरि समय थप्ने कुरा हुँदैछ । कोरोनालाई छोड्ने हो भने अरु कुनै विशेष अवस्था नभए पनि महाधिवेशन हुन सकेन । यस्तो हुनुमा सभापतिले इच्छा देखाउनु भएन वा तपाईंहरुले पर्याप्त दवाव बढाउन सक्नुभएन ? फागुनमा महाधिवेशन गर्न केन्द्रले बनाएको कार्यतालिका नै गलत थियो । ७७ जिल्लाले साउनभदौसम्ममा क्रियाशील सदस्यको टुङ्गो लगाउने कार्यतालिका थियो । त्यतिबेला मैले केन्द्रीय समितिमा भनेको थिएँ यो बर्षाको समयमा, बाढी पहिरो, कोरोना संक्रमणको त्रास भएकाले सम्भव छैन । कार्यतालिकालाई परिमार्जन गरेर फराकिलो कार्यतालिका बनाउँ, फागुनमा महाधिवेशन भने पनि वैशाखमा पुग्थ्यो नै । यस्तोमा असफल हुनु भन्दा सुरुमै कार्यतालिका परिमार्जन गरौं भन्दा सभापति, वरिष्ठ नेता लगायत कसैले नमानेपछि यो कार्यतलिका पारित भयो । तर, विडम्बना कार्यतालिका बनाएर लागू गर्न नसकी समय घर्कियो । जुन कार्यतालिका अहिले पूरै असफल भैसकेको छ । कुनै पनि जिल्लाले अहिलेसम्म क्रियाशील सदस्यको टुङगो लगाएर केन्द्रमा पठाएका छैनन् । तीनवटा जिल्लाको समायोजन अझै टुङ्गिएको छैन । त्यसैले अब हुने कन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारीले प्रस्ताव ल्याउनुभएन भने म आफैले बैशाख या जेठसम्ममा महाधिवेशन कार्यतालिकाको प्रस्ताव पेश गर्नेछु । गत फागुन महिनाभित्रमा हामीले गरिसक्नुपर्ने थियो तर अब सकिएन भनेर लम्पसार परेर पनि त भएन । यो गर्न नसक्नुको जिम्मेवारी अहिलेको सभापति लगायत सबै पदाधिकारी साथीहरुले लिनै पर्छ । अब वैशाख जेठको कार्यतालिका बनाएर सबै तहले अनिवार्य रुपले पालना गर्नुपर्छ । यदि पालना गर्न सक्दैन कसैले भने उसले महाधिवेशनमा भाग लिन पाउँदैन । यस्तो मान्यताको कार्यतालिका बनाउने तयारीमा अब जुट्नुपर्छ । कार्यतालिका असफल हुनका कारणहरु के के हुन्, को–को हुन् ? लामो समय लिएर पनि समायोजन नटुंग्याउनु केन्द्रीय निर्वाचन समितिको लापरवाही हो । केन्द्रीय कार्यसमितिले समायोजन सम्बन्धमा निर्देशिका बनाएको छ । त्यो निर्देशिका बमोजिम उहाँहरुले निर्णय लिने हो । यसमा विवेक प्रयोग गर्नुपर्ने कुनै ठाउँ छैन । निर्देशिकाले भने बमोजिम समायोजन टुङ्याउने काम केन्द्रीय निर्वाचन समितिको हो । त्यो काम नहुनु लापरवाही हो । तुरुन्त टुङ्ग्याउन निणय गरेर दबाब दिनुपर्छ । सभापतिले समयमा निर्वाचन महाविधेशन गराउन नसकेको आरोप लागिरहेको छ, उहाँले समयमा महाधिवेशन गराउन नचाहनुको मूल कारण के हुन सक्छ ? यसमा सभापति र वरिष्ठ नेता दुबै जनाले कार्यतालिका परिमार्जन गर्न मानेनन् । सभापति, वरिष्ठ नेता र पदाधिकारी सबै साथीहरुको अव्यवहारिकता पनि हो । पदाधिकारीहरु जसले कार्यान्वयनको लागि भूमिका खेल्नुपर्छ उनीहरुले आफ्नो क्षमता प्रयोग गरेनन् । महाधिवेशनको नतिजा आफ्नो पक्षमा नआउँला भनेर हो उहाँले ढिलाई गरेको ? रामचन्द्र पौडेलहरुको फरकमतमा लिखित रुपमा नै महाधिवेशनलाई प्रभावित पार्ने उद्देश्य भनिएको छ नि ? रामचन्द्रले लिखित रुपमा उठाएको इस्यु कार्यतालिका भन्दा बेग्लै विषय हो । कार्यतालिका बनाएर लागू गर्ने जिम्मेवारी त महामन्त्रीहरुकै हो तर उनीहरु नै लिखित प्रतिवेदन दिएर बसिराखेका छन् । पार्टीभित्र यस्तै कुराले समस्या उठेको छ । सदस्यहरुले कार्यतालिकालाई कार्यन्वयन गर्न निर्देशन दिने कुरा आउँदैन । यो विधानले जसलाई जिम्मेवारी दिएको छ त्यो वहन नगरेपछि हुने समस्या हो । अब हामीले पदाधिकारीहरुमाथि हस्तक्षेप गर्नुपर्छ । महाधिवेशन नै हुन नसक्ने अवस्थामा पार्टीलाई धकेल्नु हुँदैन । संस्थापनले काम गर्न नसकेको हो कि परिणाम आफ्नो पक्षमा नआउँला भनेर ढिलो गरेको हो ? गएको कार्यतालिका लागू गर्न नसक्ने साँघुरो हो । त्यो मैले कार्यसमितिमै उठाएको कुरा हो । दशैं अगाडि नै पदाधिकारीमात्रै बसेर भएपनि कार्यतालिका परिमार्जन गरौं भनेर कार्यसमितिको बैठकमा भनेको थिएँ तर यो भएन । अब दशैं तिहारको बीचमा बैठक बस्दै छौं । समय गइसकेकाले धेरै ढिलो गर्नु भएन । त्यसैले जित या हारको मनोविज्ञानले कसैले पनि ढिलाई गर्दै जानुहुन्न । पौडेलसमूहले भने अनुसार समायोजनमा अरु पार्टीबाट आएकाहरुलाई मनोमानी सदस्यता वितरण गरियो, विभाग गठन विधान विपरीत भयो, भ्रातृ संस्थामा मनोमानी गरियो भन्ने आरोप महाधिवेशन कब्जा गर्न खोजे भन्ने होइन ? महाधिवेशन कसैले कब्जा गर्न सक्दैन बेकारको कुरा हो । १३ औं महाधिवेशको कुनै समीकरण १४ औं महाधिवेशनमा टिक्दैन । शेरबहादुरको टिम, रामचन्द्रको टिम कुनै टिक्दैनन् । यो यथार्थ हो । नयाँ समीकरणहरु बन्छन् । सातवटा प्रदेशहरुको महाधिवेशन पछि समीकरणको बारेमा टुंगो लाग्छ । अहिले हाम्रो संघीय संरचनाअन्तर्गत प्रदेश कार्यसमितिको प्रदेश अधिवेशन भएको छैन । केन्द्र र जिल्लाको बीचमा प्रदेश अधिवेशन छ । प्रदेश अधिवेशनले प्रदेश कार्यसमिति गठन गर्छ । त्यसले नयाँ परिस्थिति निर्माण गर्छ । त्यसको आधारमा नयाँ समीकरणहरु बन्छन् । नयाँ समीकरणमा तपाईंको तेस्रो समूह रहन्छ कि रहँदैन ? हाम्रो सानो टिम कतै जाँदैन । यसको विस्तारित रुप प्रदेश महाधिवेशनपछि मात्र थाहा हुन्छ । देउवाको र रामचन्द्रको टिम पनि नरहने अवस्था हो ? उहाँहरुको ठूलो ठूलो टिम भएकाले छरपस्ट हुन्छ । मेरो सानो टिम भएकाले बढ्छ । आगामी महाधिवेशनमा तपाईंको टिमबाट सभापतिको उम्मेदवार को हो ? को हो भन्ने कुरा मैले भनिरहनु पर्दैन तपाईंहरु आफैंले बुझ्ने कुरा हो । सभापतिमा उम्मेदवारी मेरै हुन्छ । अरु भ्रममा नपर्नुहोस् । उनीहरुको टिम ल्याएर तपाईंले जित्ने सम्भावना कत्तिको छ ? केन्द्रमा पहिले एक निर्वाचन क्षेत्रबाट १२ जना महाधिवेशन प्रतिनिधि आउँथे भने अब २५ जनाका दरले आउँछन् । वडा तहदेखिनै समावेशी प्रतिनिधित्वबाट धेरै नयाँ मानिसहरुको पहुँच हुन्छ । त्यसैले यसपाली महाधिवेशनको दृश्य नै नयाँ हुन्छ । तपाईं सभापतिमैं उठ्ने गगन महामन्त्रीमैं उठ्ने अभ्यास गर्दै हुनुहुन्छ भने यो त १३ औँ कै जस्तो अभ्यास भयो नी । के नयाँ भयो र ? अभ्यास त पहिलेदेखिकै निरन्तरता हो । महाधिवेशन भनेको पार्टीको संगठन निर्माणको अभियान हो । यो चार वर्षको लागि परिवर्तन नहुने गरी महाधिवेशन मात्र नभएर वडादेखि केन्द्रसम्म संगठन निर्माण हुन्छ । यसको विस्तारित रुप परिवर्तन नहुने हुन्छ । वडादेखि केन्द्रसम्मको आगामी चार वर्षको लागि बन्ने पार्टीको संगठनको यसपालीको दृष्य परिवर्तित छ । त्यो परिवर्तित दृष्यको तीनवटा आधारहरु छन् । पहिलो आधार पार्टी संगठनमा संघीय संरचना पहिलो पटक लागू हुँदैछ । जसमा प्रदेश अधिवेशन सबैभन्दा महत्वपूर्ण संस्थाको रुपमा नयाँ जन्म लिंदैछ । दोस्रोमा राजनीतिक व्यवस्थामा परिवर्तन भएको छ । १३ औं महाधिवेशनमा देशमा संविधान मात्र थियो । संघीय संरचनाको राज्य व्यवस्था नभैसकेकाले देशमा केन्द्रिकृत शासनप्रणाली थियो । अहिले देशमा संघीय राज्य व्यवस्था छ । अर्काे अहिले कम्युनिष्ट पार्टीको केन्द्र, प्रदेश र स्थानीय तहमा संख्याको हिसाबमा बलियो सरकार छ । यी तीनवटा पक्षमा परिवर्तनको अवस्था छ । साथै नेपाली कांग्रेसको समावेशी प्रतिनिधित्वको कारण संख्या बढेर नयाँ दृष्य देखिनेछ । अब नयाँ दृष्यमा पुरानै परिस्थिति त रहँदैन । शेरबहादुर र रामचन्द्रको टिमका साथीहरुको कुरा सुन्दा नयाँ परिस्थितिमा हिजोको उनीहरुको टिम पनि एक ठाउँमा हुने छैन । उनीहरुको टिम पनि भत्किनेछ । सातवटा प्रदेशको महाधिवेशन नभइकन यो कहाँ टुङ्गिन्छ भन्ने कुरा अन्दाज गर्न सकिंदैन । तर, अवस्था धेरै फेरिनेवाला छ । १३ औँ महाधिवेशनमा तपाईं निर्णायक हुनुभएको थियो । सहजताको हिसाबमा देउवा अथवा पौडेल कोसँग तपाईंको राम्रो सम्बन्ध छ ? सम्बन्ध विगतको जस्तो नै छ । पार्टीभित्र परिवर्तन सबैले खोजेका छन् । पदीय हिसाबले अहिलेको सभापति र वरिष्ठ नेता शेरबहादुर र रामचन्द्र नै हो । गएको आम निर्वाचनबाट उहाँहरुलाई मूल्याङकन गर्दा समानुपातिकमा ६० प्रतिशत र ४० प्रतिशत भागवण्डा गर्नुभयो । भागबण्डाको आधारमा पार्टीमा असमझदारी अपारदर्शी तरिकाबाट निर्णय भयो । त्यसले अत्यन्त ठूलो विकृतिको प्रवेश पार्टीमा गरायो । पार्टीमा पैसावालाहरु हाबी भए । आम निर्वाचनको समानुपातिकतर्फको टिकट वितरणमा ठूलो विकृति देखिन्छ । पार्टीभित्र मूल्याङ्कन, विवेक, न्याय भएन भन्ने देशभरका साथीहरुकोे गुनासो रहेको छ । त्यसको असर पनि आम निर्वाचनमा परेको भन्ने लाग्छ । त्यसको बाबजुत निर्वाचन पश्चात् पार्टी जसरी संगठित भएर जनतासामू जानु पथ्र्यो त्यो पनि शून्य अवस्थामा छ । संसददेखि प्रदेशसभासम्मको विपक्षको मुद्दा हेर्ने हो पने पनि निष्प्रभावी छ । त्यसको असर पार्टीलाई परिराखेको छ । अहिले कम्युनिष्ट पार्टीको सरकारको कामबाट जनता निराश छन् । यस्तो बेलामा नेपाली कांग्रेस पार्टीले निरास भएको जनताको मनोवल उठाउने, लोकतान्तिक पद्धतिको पक्षमा जनतालाई साथ दिएर अगाडि जानुपर्ने अवस्थामा पार्टी चुकिराखेको छ । यो कार्ययोजना दिएर नेतृत्व अगाडि बढ्न सकेन । आवधिक निर्वाचनमा पराजय हुनु ठूलो कुरा होइन । तर निर्वाचनको परिणाम पश्चात् पार्टीको गतिविधि जनताको माझमा विपक्षीको हैसियतले जुन तरिकाले जानुपथ्र्यो त्यो हुन सकेन । जसकारण ठूलो क्षति भइराखेको छ । त्यसैले महाधिवेशनबाट बन्ने पार्टी संगठनले छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था छ । कम्युनिष्ट पार्टीले खडा गरेका चुनौतीहरुको सामना गर्न, उनीहरुसँग प्रतिस्पर्धा गर्न निर्वाचन स्वतन्त्र र निष्पक्ष गराई नेपाली कांग्रेस पार्टीले नयाँ संघर्षको बाटो निर्माण गर्न आवश्यक छ । सरकारलाई जनदबाब सिर्जना गर्न आवश्यक छ । आगामी महाधिवेशनबाट उही ढंगको संगठन, शैलीमा फेरि कांग्रेस स्थापित भयो भने आगामी निर्वाचनमा मुकाविला गर्न सक्दैनौं । विगतकै निर्वाचन परिणम दोहोरिने सम्भावना बढी हुन्छ । उही ढंगको भन्नाले देउवा अबको नेतृत्वमा दोहोरिनु हुँदैन भन्नुभएको हो ? देउवामात्र भनेर एक जनालाई दोष दिन्न । मूल जिम्मेवारी सभापतिकै हुन्छ । अर्को वरिष्ठ नेता हुनुहुन्छ । समानुपातिकको ४० प्रतिशत टिकट वहाँले पनि बाँडेकै हो । त्यसैले कमजोरीमा उहाँले पनि हिस्सा लिनैपर्छ । भागवण्डाको कुरामा तपाईंहरुले समानुपातिकमा नपाए पनि भातृ संस्थामा, विभाग त भागबण्डा पाउनुभएकै हो नी । तरुणदलमा विकृति खडा भयो निर्वाचन गरौ भन्दा मान्नुभएन । अधिवेशन राखेको नेविसंघ लाई भंग भएपछि दुर्भाग्य भयो । त्यसलाई पूर्णता दिनुभएन । निर्वाचित नेविसंघलाई २ वर्षमा किन भंग गर्नुपर्ने थियो ? कही न केही त गरेकै थियो । त्यसलाई नगर्नुस भन्दा दुवै जनाले मान्नुभएन । उहाँहरुले नमानेपछि केन्दी्रय कार्यसमितिमा निर्णय भैहाल्छ । महाधिवेशन भनेको नेता छान्ने मात्रै कार्यक्रम होइन । नीतिगत, सुधार, चुस्त संगठनको बलमा पार्टीलाई प्रभावशाली बनाउने संकल्प गर्ने थलो पनि हो तर, बहसमा नीति धेरै पर देखिन्छ, नेताकै बढी बहस हुन्छ नी सधैं किन होला ? महाधिवेशन वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला, प्रदेशदेखिकै नीतिगत छलफल र चार वर्षको लागि स्थायी संगठन निर्माण हो । त्यो संगठनमा आउने नेतृत्वले हरेक तहमा पार्टीलाई कसरी एकतावद्ध गर्न सक्छन् त्यो महत्वपूर्ण छ । जस्तो, केन्द्रले बनाएको कार्यतालिका जिल्लाले गर्न सक्दैनौं भनेर जवाफ पनि पठाएको छैन काम पनि गरेका छैनन् हो यस्ता समस्याहरुको मूल्याङ्कन गरेर आगामी महाधिवेशनपछिको संगठनले त्यस्ता समस्याहरु दोहोरिन नदिइ दु्रत गतिमा काम गर्न सक्ने संगठन चाहिन्छ । त्यसको लागि पार्टीमा आमूल परिवर्तन चाहिन्छ । तपाईं सभापतिको कार्यशैलीसँग पनि सहमत हुनुहुन्न । रामचन्द्र पौडेल पक्षलाई पनि रुचाउनुहुन्न । तर, तपाईंहरु आफ्नो समूहको बलमा मात्रै जित्न सक्ने अवस्थामा हुनुहुन्न । पहिले पनि कोइराला परिवारसँग राम्रो सम्बन्ध भएका हिसाबले तपाईंले अवको महाधिवेशनमा शशांक कोइरालालाई समर्थन गर्ने सम्भावना छ कि छैन ? यस्तो बेकारको चर्चाहरु हुन् । मेरो सबैसँग राम्रो सम्बन्ध छ । म सबैसँग सम्वादमा छु । नेपाली कांग्रेस पार्टी महाधिवेशन पछि संगठित भएर जान सकेन भने आफैं ध्वस्त हुन्छ । वडाको एउटा कार्यकर्ता रिसाउदा वडा हार्छ, वडा हार्दा गाउँपालिका हार्छ, स्थानीय तहमा हार्दा केन्द्रले हार्ने अवस्था आउँछ । आगामी महाधिवेशनपछि पार्टीभित्र सम्पूर्ण एकता हुन सकेन र एकता भएर कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टीविरुद्ध संघर्षमा जान सकेन भने कांग्रेस पार्टीलाई इतिहासमा नभएको क्षति हुन्छ । यसरी सम्पूर्ण पार्टीभित्र सम्पूर्ण एकता खोजी गर्ने मान्छे को नजिक र को टाढा हुन् भन्ने मलाई हुँदैन । तपाईं १३ औं महाधिवेशनमा पनि निर्णायक बन्नुभएको थियो । फेरि पनि निर्णायक बन्ने देखिनुहुन्छ यस हिसाबले सभापतिमा दाबेदारी दिनेहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइरालाहरु सहयोग माग्न आएका छैनन् ? तपाईंले भन्नुभएको नामका कसैले पनि म सभापति उठ्छ् भनेर मलाई भनेका छैनन् । हामीसबै मिलेर जानुपर्छ मात्र भनेका छन् । उनीहरुलाई तपाईंले के भन्नुभयो त ? मैंले तत्काललाई केही भनेको छैन । अहिले नै भन्ने बेला आइसकेको छैन । संस्थापनमा उपसभापति विमलेन्द्र निधि पनि सभापतिमा दाबेदारी दिंदै नेताहरुसँग सहयोग माग्न हिंड्नुभएको छ । तपाईंलाईचाँहि के भन्नुभयो ? विमलेन्द्रले म आफ्नो तयारी गर्दैछु सल्लाहले काम गर्छु भन्नुभएको छ । मलाई दुईपटक भेटेर कुराकानी गर्नुभयो । म समापतिमा उठ्ने विचारमा छु । शेरबहादुरलाई पनि भनेर तयारीहरु गर्दै जाने हो सहयोग मलाई गर्नुपर्छ सल्लाहले काम गरौं भन्नुभएको थियो । त्यसरी शशांक र शेखर आउनुभएको छ कि छैन ? छैन । सल्लाह गरेर काम गरौं भन्नुभएको थियो अरु त्यस्तो केही छैन । म सभापति उठ्छु मलाई कसैले भनेको छैन । र कुनै नेताले अर्काे नेतालाई यस्तो भन्ने समय भएको पनि छैन । तर उहाँहरु दावेदार त देखिनु भएको छ नि ? त्यो बाहिर आफ्नो तयारी गर्नु स्वभाविक हो । इच्छा गर्न उठ्न, आफ्नो मूल्याङ्कन गर्न पाइन्छ । त्यो अनौठो होइन । जति नेपाली कांग्रेसका साथीहरु उठ्छु भनेर दावी गरिरहेका छन् त्यो स्वभाविक प्रकृयाभित्र पर्दछ । १३ औं महाधिवेशनमा तपाईं सभापतिको उम्मेदवार हुनुभयो तर, सफल हुन सक्नुभएन । १४ औं महाधिवेशन तपाईंले नेतृत्व गरेको समूहको पक्षमा पार्न गगन थापालाई सभापतिको उम्मेदवार बनाएर जाने सम्भावना कति छ ? यसमा अलमल हुनुपर्ने केही पनि छैन । सभापतिको उम्मेदवार म नै हुँ । गगन मेरो टिमको महत्वपूर्ण नेता हुन् । कसको के भूमिका हुने भन्ने यी सबै प्रश्नको उत्तर सातवटा प्रदेशको अधिवेशनपछि मात्रै मिल्छ । यति चाँहि भन्छु गगनहरुको सभापति हुने बेला भएको छैन । यसमा अन्यथा मान्नुपर्ने केही पनि छैन । कांग्रेस पार्टी त्यत्ति सजिलो छैन । सभापतिका उम्मेदवारमा पुरानै अनुहारका नेता हुन्छन् । यस्ता प्रश्न र उत्तरहरुले पार्टीको महाधिवेशन नहुने अवस्थासम्म पनि पुग्न सक्छ । लाेकप्रिय युवालाई दिँदा नयाँ सन्देश जान्थ्यो नि ? दिने नदिने भन्ने होइन । युवाले जितेर देखाए भइहाल्यो नी । पार्टीमा दिएर हुने होइन । बिपी कोइराला पनि चुनाव लडेर सभापति बन्नुभएको हो । संगठन निर्माण पार्टीको विधानअनुसार नै हुन्छ । यस अघि एक निर्वाचन क्षेत्रबाट १२ जना आउथे । अब २५ जना आउँछन् । एक निर्वाचन क्षेत्रबाट २ जना महिला आउँथे भने अब ८ जना आउँदा स्वतः यूवाहरु माथि त आउँछन् तर कति माथिसम्म आउँछन् त्यो थाहा छैन । अघिल्लो पटक निर्णायक बनेको, युवाहरुको साथ पनि भएको हिसाबले यसपटक फेरि पनि म नै निर्णायक हुँ भन्ने भित्री रुपमा तपाईंलाई लागेको छ कि छैन ? म आफैं सभापतिकाे उम्मेदवार हुने हो । पार्टीको हरेक कार्यकर्ता निर्णयक हुन् । प्रत्येक महाधिवेशन प्रतिनिधि निर्णयक नै हुन् । मेरो पनि एक मत उनीहरुको पनि एक मत हो । कांग्रेसको बारेमा संचारमाध्यमले कोइराला परिवार, गणेशमान परिवार नीधि, देउवा रामचन्द्र जे भनेर लेख्नुहुन्छ यी सबै काल्पनिक कुराहरु हुन् । उनीहरु सबैको आ–आफ्नै हैसियत छ । मुख्य कुरा के हो भने महाधिवेशन पछि पार्टी एकता नभई कोही निष्क्रिय हुने, कोही उत्साहित हुने भयो भने पार्टी के हुन्छ भन्ने कुरा कसैले सोचेको छैन । पार्टीभित्र समग्र एकता बेगर कसैले हाक्छु भन्नु महामुर्खता हो । महाधिवेशनपछि पार्टीभित्र एकता कसरी गर्न सकिन्छ भन्नेमा मेरो चिन्तन छ । अहिलेचाहिँ निष्पक्ष प्रतिस्पर्धा हुन्छ । त्यसको परिणपछि बन्ने नेतृत्वले सबैलाई समेट्न पर्यो । निर्वाचित नहुनेले निर्वाचितलाई साथ दिनुपर्छ । त्यसको लागि महाधिवेशन पारदर्शी र निष्पक्ष हुनुपर्छ । पारदर्शी भनेको कस्तो हो ? केन्द्रले समायोजन सम्बन्धी निर्देशिका बनाएर निर्वाचन समितिलाई दियो । समायोजन नटुङ्गिनु नै पारदर्शी नहुनु हो । भदौ महिनामा क्रियाशील सदस्यहरु केन्द्रमा दाखिल गर भन्ने तर केन्द्रमा बनेको निर्वाचन समितिले जिल्लाको समायोजन नटुङ्ग्याउने अनि महाधिवेशन भएन त यो जिम्मेवारी कसले बोक्ने ? उहाँहरुले काम गर्न नसकेपछि निर्वाचन समितिलाई भन्नु सक्नुपर्छ कि त काम गराउनु पर्छ कि त छोड्नुपर्छ भनेर । शेरबहादुरले राखेको ३ जना र रामचन्द्रले राखेको २ जना गरेर ५ जनाको कमिटि छ । पार्टी केन्द्रको काम गर्ने त्यही कमिटीले हो । उहाँहरुले नै खटाउनुभएको होे । तर एक वर्षसम्म पनि उहाँहरुले समायोजन टुंग्याउन सक्नुभएन । समायोजनमा छान्ने ठाउँ छैन एउटा नीति बनेको छ त्यो नीतिमा जो मान्छे पर्छ पर्छ । ७७ जिल्ला सभापतिहरु मध्ये ५० बढी जिल्लाका सभापतिहरु तपाईं र पौडेलसमूहका छन् । संस्थापन निकटका जिल्ला सभापतिहरु धेरै नहुँदा समस्या भएको पो हो की ? जिल्ला सभापति कसको पर्छ भनेर हैन । रामचन्द्रजीलाई महाधिवेशन गर्न मन थियो भने उहाँका ४५ वटा सभापति भएका भए उनीहरुले क्रियाशील सदस्य पठाएको भए शेरबहादुरले करले गर्नुपर्ने हुन्थ्यो । तर कसैले पठाएको छैन । काठमाडौं जिल्लामा पौडेल समूहले नै टुंग्याउन सकेको छैन ।आफू अनुकूल नभएका जिल्लामा केन्द्रीय सभापतिले फर्म नपठाएको भन्ने आरोप छ नि । सबै बेकारका कुरा हुन् । सभापति र वरिष्ठ नेता मिलेर निर्वाचन समिति बनाएर सबै जिम्मा समितिलाई दिने अनि आरोप लगाउने ? समायोजन कसेर क्रियाशील सदस्यको विषय साउन भदौमा टुंग्याउने भन्ने थिया । तर, जिल्ला सभापतिहरु सभापतिहरु कसैले पनि क्रियाशील सदस्यहरु टुंग्याएनन् अनि महाधिवेशन भएन भनेर किन एक अर्कालाई आरोप लगाउनुप¥यो । तपाईंहरुको जिल्ला सभापति भएका १०/११ जिल्लामा चाँहि के गर्नुभयो ? यो कार्यतालिका त लागू हुनै सक्दैन भन्दै आएको हुँ । वर्षायाममा बाढी पहिरोमा परेकाको उद्धार गर्ने कि बैठक गरेर सदस्यताको टुंगो जिल्लाहरुले लगाउने ? जसले गर्न सक्थ्यो आफ्नो सभापतिलाई लगाउनु पर्थ्यो । आफूहरु केन्द्रमा लुकेर बस्ने, मिटिङ भन्दा अगाडि पिसिआर गर्नुपर्छ पोजेटिभ देखिएमा सबै आइसोलेसनमा बस्नुपर्छ आफैं भन्ने तल चाहिँ त्यो समस्या छैन र ? त्यहाँ चाहिँ मिटिङ गर्नु पर्दैन र ? एउटा वडामा नयाँ क्रियाशील सदस्यहरु बनाउँन पुराना सबै क्रियाशील सदस्यहरुको बैठक वडा समितिले गर्नुपर्ने विधान छ । एउटा वडामा पाँच सयसम्म क्रियाशील सदस्य छन् । तिनीहरुको बैठक गर्दा त्यहाँ कोरोना सर्देन ? आफूचाहिँ सामन्त भएर बिल्डिङमा बस्ने, आफूलाई मात्र सर्छ कोरोना ? वडामाचाहिँ गर भन्न मिल्छ ? त्यसैले मैले भनेको फराकिलो कार्यतालिका दिनुहोस् । साथीहरुले घर घरमा गएर सही गराउँनुपर्ला । अहिले यहाँ १ जनामा कोरोना देखियो भने बैठक हुँदैन । जिल्लामा कति साथीहरु कोरोनाबाट मरिराछन् । साथीहरु अस्पतालमा बेड नपाएर बाटा बाटामै मरिराछन् । केन्द्रले यो हेर्नुपर्दैन ? भनेपछि कोरोनाको बेलामा आन्तरिक निर्वाचनको लागि विकल्प नै छैनन् ?विदेशमा त धमाधम निर्वाचन नै भइरहेको छ नी ? हुन सक्छ तर इच्छाशक्ति, अठोट, जिम्मेवारी चाहियो । दोष मात्रै दिएर हुँदैन ।