NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कोरोनापछि भेन्टिलेटरमा राखिएका कांग्रेस नेता विश्वकर्माकाे अवस्था उस्तै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणपछि अस्पताल भर्ना भएका कांग्रेस केन्द्रीय सदस्य एवं दलित संघका अध्यक्ष मीन विश्वकर्माको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । शनिबार दिउसो २ बजेदेखि भेन्टिलेटरमा राखिएका विश्वकर्मा अवस्था अहिले पनि उस्तै छ । ‘हिजो भेन्टिलेटरमा राख्दा उहाँको स्वास्थ्य अवस्था जस्तो थियो आज पनि उस्तै छ । अवस्था थप गिर्दो पनि छैन सुधार पनि भएको छैन’ दलित संघका सचिव दिपक सोनीले नेपालवाचसाग भने, ‘उपचारमा संलग्न डाक्टरले ७२ घण्टा भेन्टिलेटरमा अब्जरवेसनमा राखेपछि स्वास्थ्य अवस्थाबारे थप भन्न सकिने बताएको जानकारी दिए ।’ विश्वकर्मालाई भेन्टिलेटरमा राखिएकाे २४ घण्टा बितेकाे छ । ढिलो भेन्टिलेटरमा राख्दा अवस्था कठिन पनि हुन सक्ने भन्दै स्वासप्रश्वास प्रणालीका ग्रन्थी नथाक्दै भेन्टिलेटरमा राख्न डाक्टरहरुले विश्वकर्माका परिवारसँग अनुमति लिएको जानकारी सोनुले दिए ।विश्वकर्माको फोक्सोमा निमोनिया र श्वासप्रश्सासमा समस्या देखिएको छ । ९ कात्तिकमा वीर अस्पतालमा भर्ना भएपनि समस्या बढेपछि उपचारका लागि विश्वकर्मालाई ग्रान्डी अस्पताल लगिएको थियो । डा. सुवास आचार्य विश्वकर्माको उपचारमा खटेका छन् । यस अघिदेखि विश्वकर्माले प्रेसरको सामान्य औषधी खाँदै आएको जानकारी सोनीले दिए । विश्वकर्मालाई १ कात्तिकमा कोरोना पुष्टि भएको थियो । त्यसपछि ८ दिनसम्म उनी होम आइसोलेसनमा नै बसेका थिए । तर, अवस्थामा सुधार नभएपछि वीर अस्पतालमा भर्ना भएका थिए । वीरमा तीन दिन उपचार गराउँदा पनि सुधार नभएपछि विश्वकर्मालाई ग्रान्डी लगिएको हो ।