NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कोरोना उपचारको महंगो सूचीविरुद्ध सामाजिक संजालमा आक्रोस

काठमाडौं । केही दिन अघि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले काेरोनाका बिरामीको परीक्षण र उपचार सरकारी अस्पतालमा व्यक्ति स्वयंले बेहोर्नुपर्ने सन्देश दिएकाे थियो । तर, दुई दिन अघि सरकारी अस्पतालमा प्राइभेटको झैं महंगो शुल्क तिरेर उपचार गर्नुपर्ने सूची आएपछि सामाजिक संजालमा तरंग नै पैदा भएको छ । भेन्टिलेटरमा उपचार गर्दा दैनिक खर्च १५ हजार र धरौटी ५० हजार, आइसियुको सात हजार पाँच सय र धरौटी ३० हजार, क्याविनको सात हजार पाँच सय दैनिक र ३० हजार धरौटी, सामान्य बेडमा तीन हजार पाँच दैनिक र २० हजार धरौटीको सूची आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको यस्तो सूचनालाई नागरिकहरुले प्राइभेट अस्पतालको भन्दा पनि लुटको संज्ञा दिएका छन् । जहाँ नेता, संचारकर्मी, सर्वसाधारणसम्मले अस्पतालको सूचनासहित सरकारप्रति आक्रोस व्यक्त गरेका छन् । सूचीसहित आक्रोस व्यक्त गर्नेहरु केहीलाई हामीले समेटेका छाैं