नेकपालाई अलग गर्ने ओलीको प्रस्ताव ! नेपाल र खनालले पनि भने ओलीसँग सँगै जान सकिंदैन

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले केपी ओलीले नेकपामा अब अलग भएर अघि बढ्न प्रस्ताव गरेको दाबी गरेका छन् । खुमलटारस्थित आफ्नै निवासमा नेताहरुसँग प्रचण्डले ओलीबाट यस्तो प्रस्ताव आएको खुलासा गरेका हुन् । लामो समयको संवादहीनतापछि प्रचण्ड ओलीलाई भेट्न शनिबार बालुवाटार पुगेका थिए । सोही भेटमा ओलीले शनिबार आफूसँग यस्तो प्रस्ताव राखेका प्रचण्डले आफू निकट नेताहरुलाई बताएका हुन् । खुमलटार भेलामा प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’सहितका नेताहरु सहभागी थिए । खुमलबाटार स्रोतका अनुसार प्रचण्डको बिफ्रिङपछि नेता खनाल र नेपालले पनि ओलीसँग अब सँगै अघि बढ्न नसक्ने बताएका थिए । तर, भेटमा सहभागी नेता बादलले भने स्थायी समितिको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताएको स्रोतको दाबी छ । तर, शनिबार ओलीले पार्टी र बैठकको निर्णय आफूले नमान्ने भन्दै अब अलगअलग भएर जाने बताएका थिए । मन्त्री हेरफेर गर्ने, कर्णालीका मुख्यमन्त्रीविरुद्द अविश्वास अघि बढाउनेसहितका गतिविधिपछि दुई अध्यक्षबीच दुरी बढ्दै आएको छ ।
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया