NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नेकपाको भाँडभैलोबारे बाबुराम : ओली कुबाटोमा हिँडेको भन्दै गरम, प्रचण्डप्रति नरम !

काठमाडाैं । सत्तारुढ दल नेकपा फुटको संघारमा पुगेको भन्दै चर्चा भइरहेको बेला पूर्व प्रधानमन्त्री भइसकेका जसपाका नेता डा. बाबुराम भट्टराईले केपी ओलीप्रति तीव्र कटाक्ष गरेका छन् । ट्वीट गर्दै भट्टराईले ओलीसँगै सती जान नहुने भन्दै अरुहरु नयाँ समाजवादी बाटोमा हिंड्नुपर्ने बताएका हुन् । जसपाका नेता डा. बाबुराम भट्टराईले नेकपामा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच अलग भएर जाने चर्चा हुँदै गर्दा ओलीप्रति गरम र माओवादीप्रति नरम आशय व्यक्त गरेका हुन् । माओवादीकै पूर्व प्रभावशाली नेता भएकोले पनि नेता भट्टराईले ओलीलाई छोेडेर अरुहरु मिलेर जानुपर्ने आशय सामाजिक संजालमा व्यक्त गरेका हुन् । ‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापालीमाओवादीले कति छिटो बिर्सेको ? ओली आफ्नो कुबाटोमा दृढ छन् अरु उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ? उनले ट्वीटमा लेखेका छन् । मन्त्री हेरफेर, कर्णाली प्रदेश विवाद, रअका प्रमुखसँग प्रधानमन्त्रीकाे भेटपछि नेकपामा विवाद बढेर गएकाे छ । याे पनि पढ्नुस् नेकपालाई अलग गर्ने ओलीको प्रस्ताव ! नेपाल र खनालले पनि भने ओलीसँग सँगै जान सकिंदैन