NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ १० गते

प्रजिअलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय सात दिनलाई बन्द

काठमाडौं । प्रमुख जिल्ला अधिकारीलाई कोरोना भाइरस (कोभिड–१९) देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेबाट दिइने सेवा एक हप्ताको लागि बन्द भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईं (खतिवडा)ले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवाहरु एक हप्ताका लागि बन्द भएको जानकारी गराएकी छिन् । प्रजिअसँगै कार्यालयका अरु कर्मचारीलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै सेवा प्रवाह एक हप्तालाई स्थगित गर्नुपरेको कार्यालयको भनाई छ ।

ताजा अपडेट

नेपालवाच विशेष