NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जहाज चाहिएको छ, तर नगदमा नयाँ किन्ने अवस्था छैन : सुशील घिमिरे (अन्तर्वार्ता)

नेपाल वायु सेवा निगमले नयाँ विमान तत्काल किन्न नसक्ने भन्दै प्राइभेट एयरलाइन्सका पुराना विमान भाडामा लिएर चलाउने तयारी गरेको छ । यति एयरलाइन्सको भगिनी कम्पनी तारा एयरका ट्वीनअटर जहाज भाडामा लिने गरी निगमले प्रक्रिया थालेको हो । यसै सन्दर्भमा निगमका अध्यक्ष सुशील घिमिरेसँग नेपालवाचले गरेको कुराकानी अध्यक्षज्यू, तपाईले अच्युत पहाडीको संयोजकत्वमा कुन प्रयोजनका लागि उपसमिति गठन गर्नुभएको हो ? नेपाल एयरलाइन्ससँग डोमेस्टिकतर्फ जहाजको कमी छन् । हामीसँग जम्मा दुईवटा टुइनेटर रहेकोमा एउटा बनाउनु पर्नेछ । दुर्गम क्षेत्रमा नीजि क्षेत्रका एयरलाइन्सले उडान गर्दैनन् । सामाजिक उत्तर दायित्वको हिसाबले हामीले जहाज उडाउनु पर्ने हुन्छ । त्यसका लागि जहाज चाहिन्छ । ऋण धेरै भएका कारण नगदमा नयाँ जहाज किन्ने अवस्था छैन । सरकारले पनि दिन सक्ने अवस्था छैन । तर पनि जहाज चाहिएको छ । कुन मोडलमा जहाज लिन सकिन्छ भनेर अध्ययन गर्न उपसमिति बनेको हो । यसको मतलब नयाँ जहाज नकिनी जहाज लिजमा लिएर चलाउने योजना हो ? अहिले नै यही भन्ने भएन । पहिला अध्ययन गरौँ न भनेर काम अघि बढाएका छौं । विश्वमा जहाज खरिद तथा लिजका चारपाँच वटा मोडलहरु छन् । नयाँ खरिद, ड्राइ लिज, वेट लिज जस्ता अभ्यासहरु छन् । पाएसम्म भाइकिङ नै लिने हो । साधन स्रोतको उपयुक्त व्यवस्था नहुँदै हामी प्रो–एक्टिभ भएर काम गरिराखेका छौं । सरकारले अघि बढ् भन्ने वित्तिकै अर्को हप्तादेखि जहाज ल्याउन प्रक्रिया सुरु गर्ने गरी काम गरिराखेका छौँ । जस्तो पहिला पनि साउथ चाइनाको, लाउडाको जहाज लिजमा लिइएको थियो । त्यसमा के–के भयो फरक कुरा हो । समान्यतः ड्राइ लिज पर्चेज हामीलाई सहज हुन्छ । किनभने त्यहाँ हाम्रै पाइलट, हाम्रै इन्जिनियरिङ हुन्छ । अर्काे इन्सुरेन्स टाइपको पर्चेज पनि हुन सक्छ । लिजमा लिंदा नेपालका नीजि एयरलाइन्सका जहाज लिन सक्ने सम्भावना कति छ ? टेन्डर गरेर जाँदा ४५ बर्षभन्दा पुराना नभएका जहाज आयो भने लिन सकिन्छ । नीजि क्षेत्रका जहाज पनि धेरै पुराना छन् । नेपालमा जहाजको बारेमा प्रक्रिया अघि बढ्नुअघि नै अनेक प्रश्न उठ्ने विषय बन्छ । त्यसकारण हामी पारदर्शी हुन आवश्यक छ । काम गरेर पनि सुख नपाउनु राम्रो होइन । कुनै गुनासो नआओस भन्नेमा हामी सचेत छौँ । कसिसनको कुरा नहोस् भन्ने चाहना छ । निगमलाई कति वटा ट्वीनअटर जहाज लिन आवश्यक हो अहिले ? तत्काल तीनवटा लिने की भन्ने सोचेका छौं । उपसमितिले प्रतिवेदन पनि बुझाइसक्नु भएको छ । तर प्रतिवेदनमा के छ मैंले हेरेको छैन । नेपालको हिमाली र पहाडी क्षेत्रको लागि, इन्धन, दुरी र मर्मतको हिसबले सबैभन्दा उपयुक्त जहाज चाँही ट्वीनअटर हो । नेपाल एयरलाइन्सले ४० वर्षदेखि ट्वीनअटर जहाज चलाएको हुनाले यसमा राम्रो ज्ञान छ । क्यानले हामीलाई मर्मत गर्ने, तालिम दिने स्वीकृति पनि दिएको छ । ट्वीनअटरमा पनि क्यानडाको भाइकिङ कम्पनीको जहाज हाम्रो लागि सबैभन्दा उपयुक्त हो । यसलाई लिज पर्चेजमा पनि लिन सकिन्छ । मिलेसम्म भाइकिङ नै लिने चाहाना हो ? पाएसम्म भाइकिङ नै लिने हो । साधन स्रोतको उपयुक्त व्यवस्था नहुँदै हामी प्रो–एक्टिभ भएर काम गरिराखेका छौं । सरकारले अघि बढ् भन्ने वित्तिकै अर्को हप्तादेखि जहाज ल्याउन प्रक्रिया सुरु गर्ने गरी काम गरिराखेका छौँ । भाइकिङको नयाँ जहाज किन्न पैसा अभाव छ । लिजमा लिंदा पनि भाइकिङकै जहाज लिंदा नेपालका नीजि कम्पनीसँग भएका भाइकिङ कम्पनीका जहाज लिन खोजिएको हो ? नेपालका नीजि एयरलाइन्ससँग डाइरेक्ट लिंदा आलोचनाको विषय हुनसक्छ । त्यसकारण टेन्डरमा प्रतिस्पर्धा गराउनु पर्छ । सरकारी निकायले नीजि क्षेत्रले जस्तो टेवलमा डिल गर्न सक्दैन । हामीले खोजेको जस्तो विमान छ भने आन्तरिक बजारबाट लिन सकिन्छ । कोभिड–१९ का कारण अर्थतन्त्र डामाडोल छ, यस्तो बेलामा विमान खरिदको तयारी हुँदैछ, भएका चाइनिज विमान थन्किएर बसेका छन् । नयाँ खरिद गर्न पैसा छैन, यस्तो अवस्थामा जहाज ल्याउन किन हतार गर्नुभयो ? हतारिएको होइन । जम्मा दुईवटा ट्वीनअटर जहाजले १४ वटा ठाउँमा अवतरण गरिरहेको छ ।त्यो ठाउँमा अरु कुनै एयरलाइन्सले उडान गर्दैनन् । सामाजिक उत्तर दायित्वको कुरा हो । चाइनिज जहाजहरु पुराना भए । चाइनिज जहाज ल्याएर संस्थालाई नाफा हुँदैन भने घाटाको व्यापार गर्न सक्दैन । घाटाको व्यापार गरेर कुनै पनि संस्था टिक्न सक्दैन । अहिले नै निगमलाई दुई अर्ब जति घाटा लागिसक्यो । त्यसमा दुईवटा जहाज नै आउन सक्थ्यो होला । जहाज नउडेपनि सबै जहाजको बिमा र किस्ता तिरिरहनु पर्ने बाध्यता छ । अब चाइनिज जहाजलाई के गर्नुहुन्छ ? जहाज सरकारले किनेको हुनाले सरकारबाट जे निर्देशन आउँछ त्यही गर्छाैं । अच्युत पहाडीको नेतृत्वमा उपसमिति बनाउन बोर्डमा एक्कासी ठाडो प्रस्ताव लानुपर्ने गरी तपाईंलाई के समस्या आइलाग्यो ? ठाडो प्रस्ताव लान नपाउने भन्ने हुँदैन । अनि बोर्डको एजेण्डा सदस्यहरुलाई पहिला नै खबर गर्नैपर्छ भन्ने पनि हुँदैन । बोर्डबाट निर्णय गर्दा बोर्डका सदस्यहरुलाई जानकारी गराउनुपर्ने हुन्छ । त्यो उपसमितिबाट आएको प्रतिवेदन बोर्डमा छलफल हुन्छ । नीजि क्षेत्रको जस्तो एउटा टेवलमा टुङ्याउने विषय हुँदैन । विमान लिजमा लिने, पहाडीको नेतृत्वमा उपसमिति बनाउने र उपसमितिले कस्तो सुझाव दिने भनेर तारे होटलमा योजना बनाएर त्यही अनुसार बोर्डबाट निर्णय गराउँदा तपाई‌ंमाथि किन शंका नगर्ने ? को–कहाँ बसे त्यो मलाई थाहा छैन । शंका गर्ने की नगर्ने भन्ने विषय पछि थाहा हुन्छ । सकारात्मक कुरा गर्नुस् । काम शुरु नहुँदै पछि के होला भन्ने कुरा नगरौं । याे पनि पढ्नुस् यती एयरका पुराना जहाज भाडामा लिएर चलाउने निगमको तयारी