कोरोनाबाट २४ घण्टामा २४ को ज्यान गयो, २९३३ संक्रमित

नेपालवाच । नेपालमा थप दुई हजार ९ सय ३३ मा कोरोना संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार चार सय ४६ जनाले पिसिआर परीक्षण गराएकोमा दुई हजार नौ सय ३३ मा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ७६ हजार पाँच सय रहेको छ । कोभिड–१९ संक्रमण हुनेमा ६७ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला रहेका छन् । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमण निको हुनेको संख्या तीन हजार एक सय ५० रहेको छ । कोरोना संक्रमणकै कारण देशभर थप २४ जनाले ज्यान गुमाएका छन् भने ७४ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै, आईसीयुमा रहनेको संख्या तीन सय ४७ रहेको छ । नेपालमा कोभिड–१९ सुरु भएयता कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ सय ८४ पुगेको छ । गत २४ घण्टामा काठमाडौ उपत्यकामा थप एक हजार छ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा नौ सय २८ पुरुष तथा सात सय दुई महिला रहेका छन् ।
ताजा अपडेट
-
यस्तो छ रविको अबको योजना, तर छैनन् प्रधानमन्त्री तयार
-
प्रधानमन्त्रीलाई थाहै नदिई मुख्यसचिवको नेतृत्वमा ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने निर्णय
-
सिंहदरबार फर्किन रविको पहल
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
प्रतिक्रिया