NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कोरोना भाइरस विरुद्धको खोप कहिले तयार हुन्छ ? कहिले पाइन्छ ?

कोरोना भाइरसको माहामारीबाट विश्व नै प्रभावित छ । झण्डै पौने पाँच करोड मानिस यसबाट संक्रमित छन् । मानिसमा यो रोगको संक्रमण सुरु भएको एक वर्ष पुग्न लाग्दा हालसम्म पनि यसको उपचार विधि पत्ता लाग्न सकेको छैन । यद्यपि, अमेरिका, रुस, चीन, जर्मन, वेलायत, ब्राजिल लगायतका विभिन्न मुलुकहरूले कोरोना भाइरसको संक्रमणबाट बच्न खोप (भ्याक्सिन) परीक्षण गर्दै छन् । विश्वमा एक सय ५४ वटा भ्याक्सिन ‘प्रि–क्लिनिकल’ परीक्षणको चरणमा छन् । त्यसमध्ये, २१ वटा पहिलो चरणमा, १२ वटा दोश्रो चरणमा तथा ११ वटा परीक्षणको अन्तिम चरणमा रहेका छन् ।परीक्षणको अन्तिम परिणाम अबको केही साता वा महिनामा प्राप्त दावी परीक्षण गराइरहेका मुलुकहरूबाट आइरहेको छ । किन चाहिन्छ कोेरोनाको खोप ? निदान विधि पत्ता नलगाइसकेकाले विश्व नै कोरोनाको मारमा परेको छ । प्रत्येक मानिस कोरोना रोगको जोखिममा छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न एउटै मात्र उपाय भनेको नै खोप हो । विभिन्न परीक्षणहरूले जनाए अनुसार कोरोना संक्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको ‘खोप’ नै हो । त्यसैले पनि संसारको ध्यान त्यतैतिर छ । खोपले शरीरलाई कोरोना संक्रमणविरुद्ध लड्न मद्दत गर्छ । यसको प्रयोगले शरीरमा कोरोनाको संक्रमण हुन दिँदैन । संक्रमण भइहालेको खण्डमा पनि गम्भीर समस्या उत्पन्न हुन दिँदैन । यसले संक्रमित कोषिकालाई मर्नबाट बचाउनुका साथै कोषिकामा आक्रमण हुन दिनबाट जोगाउँछ ।त्यसो भए अहिले संसारमा जति पनि खोप विकसित भएका छन्, ती पर्याप्त छन् त ? यो प्रश्न आफैंमा अनुत्तरित छ । तथापी, विश्वमा विकसित भएका कैयौं भ्याक्सिन असफल भइरहेको अवस्थामा ११ भ्याक्सिन ट्रायलको अन्तिम चरणमा पुगेका छन् । त्यसमध्ये केही त नतिजाकै पखाइमा छन् । यी हुन् खोपको अन्तिम ट्रायल गरिरहेका देश र कम्पनी – द युनिभर्सिटी अफ अक्सफोर्ड एण्ड एस्ट्राजिनिका भ्याक्सिन, वेलायत– फाइजर एण्ड बायोएनटेक, जर्मनी– मोर्डना, अमेरिका– क्यान्सिनो विथ बेइजिङ इन्ष्टिच्युट अफ बायोटेक्नोलोजी, चीन– गामालिया रिसर्च इन्ष्टिच्युट, रुस– जनसेन – बेइजिङ इन्ष्टिच्यूट अफ बायोलोजकिल प्रोडक्ट एण्ड सिनोफार्म, चीन– सिनोभ्याक एण्ड इन्ष्टिच्युटो बुटानटान, ब्राजिल– वुहान इन्टिच्युट अफ बायोलोजिकल प्रोटक्ट एण्ड सिनोफार्म, चीन– नोभावाक्स, अमेरिका कहिलेबाट आउँछ खोप ? धेरैको अनुमान छ, क्लिनिकल परीक्षणले सन् २०२० मै नतिजा दिनेछ । जबकी केही विशेषज्ञहरूले सन् २०२१ मध्यसम्ममा पनि भ्याक्सिन सहज रुपमा उपलब्ध हुनेमा आशंका व्यक्त गरेका छन् ।कहिलेकाहीं एउटा सामान्य रोेगविरुद्धको भ्याक्सिन तयार पार्न पनि अनुसन्धानकर्ताहरूलाई वर्षौं समय लाग्ने गर्छ । यसरी विकसित भएको खोप सबैभन्दा पहिले कसले पाउँछ भन्ने विषय संक्रमणको अवस्था र समुदायमा यसको प्रभावकारीतामा निर्भर गर्छ । बेलायतले उक्त खोप सबैभन्दा पहिले कसलाई दिने भन्ने विषयमा यकिन गरिसकेको छैन । तथापी, ८० वर्ष उमेर पार गरेका वृद्धवृद्धा तथा फ्रन्टलाइनर प्राथमिकतामा पर्न सक्ने धेरैको अनुमान छ । किनकी उमेर जति बढी भयो, कोभिड संक्रमणको खतरा उत्तिकै बढ्ने गर्छ । खोपका अनेक प्रकार खोपको मुख्य उद्देश्य भनेको यसले शरीरलाई कुनै प्रकारको हानी नगरी भाइरसविरुद्ध लड्न सिकाउने हो । यसको लागि अनुसन्धानकर्ताहरूले उपायको खोजी गरिरहेका छन् । फाइजर तथा मोर्डनाले भाइरसको जेनेटिक कोडको टुक्रा इन्जेक्ट गर्छ । यसले शरीरमा भाइरस प्रोटिन बनाउँछ, जसले शरीरलाई भाइरस विरुद्ध लड्न प्रशिक्षित गर्छ । यो उपचार पद्धती विश्वमै नयाँ हो । अक्सफोर्ड तथा रसियन खोपले प्रतिक्रियाको आशमा चिम्पान्जीमा संक्रमण गराउने भाइरससँत मिल्दोजुल्दोे निश्क्रिय भाइरसको प्रयोग गर्छ । जसले सकारात्मक प्रतिक्रिया दिने विश्वास लिइएको छ । त्यस्तै, चीनमा निर्मित दुईवटै भाइरसले निश्क्रिय भाइरसलाई नै मुल भाइरसको रुपमा प्रयोग गरी संक्रमण पैदा गर्न दिँदैन । अब के गर्न बाँकी छ ? – परीक्षणका क्रममा भ्याक्सिन सुरक्षित छ भनेर देखाउन । (संक्रमणले भन्दा भ्याक्सिनले गम्भीर समस्या निम्त्याएमा के गर्ने ?)– क्लिनिकल परीक्षणका क्रममा भ्याक्सिनको प्रयोगपश्चात संक्रमण दर कम भएको वा मृतकको संख्या कम भएको हुनुपर्छ ।– जनस्तरमा लैजानुपूर्व भ्याक्सिनलाई मञ्जुरी दिनुपर्छ ।– विश्वका वहुसंख्यक देशहरूमा ठूलो परिणाममा भ्याक्सिनको उपलब्धताको लागि भ्याक्सिनको निर्माण– अन्तिममा, विश्वभर खोपको उचित व्यवस्थापन कतिलाई चाहिन्छ भ्याक्सिन ? खोपको विकास नआउँदासम्म यसको प्रभावकारीबारे यकिन गर्न सकिँदैन । तथापी, कोरोना भाइरसको संक्रमणबाट बच्न विश्वका ७० प्रतिशत मानिसलाई कोरोना भ्याक्सिनको आवश्यकता पर्ने अनुमान गरिएको छ । यद्यपी, भ्याक्सिनको प्रभाव सबै शरीरमा एउटै नाशले हुँदैन । तथापी, बारम्बार खोप दिएर पनि यस संक्रमणबाट बचाउन सकिन्छ । अन्यथा एडजुभेन्ट नामक केमिकल्सको प्रयोगद्धारा पनि रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोना भाइरसको संक्रमणबाट मानिसलाई जोगाउन सकिन्छ । साभार : बिबिसी